उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक
१९ साउन २०८०
•
६ मिनेट पाठ
उच्चस्तरीय छानबिन समिति बनाउन सरकार अनिच्छुक
सुन तस्करी प्रकरणमा उच्चस्तीय छानबिन समिति बनाउन विपक्षी दलहरूले माग गरे पनि सरकारको नेतृत्व अनिच्छुक देखिएको छ। यस मामिलामा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल उच्चस्तरीय छानबिन समिति बनाउन इच्छुक छैनन्। गृह मन्त्रालय र नेपाल प्रहरी पनि सुन तस्करी संगठित अपराध भएकाले उच्चस्तरीय समितिमार्फत अनुसन्धान गर्नुपर्ने पक्षमा छन् । तर प्रधानमन्त्री दाहाल त्यसमा सकारात्मक देखिएका छैनन्।




‘उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले अस्वीकार गर्नुभयो। सुरक्षा अंगले पनि प्रहरीसँग दक्ष जनशक्ति भएकाले संगठित अपराधमा उसलाई अनुसन्धान गर्न दिँदा राम्रो हुन्छ भन्ने अनौपचारिक प्रस्ताव गरेको थियो’, स्रोतले भन्यो।  

उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठले बुधबार साँझ सुरक्षा निकायका प्रमुखसँग बसेर सुन तस्करी अनुसन्धानमा प्रहरीको भूमिकाबारे राय मागेका थिए। गृह मन्त्रालयमा मन्त्री श्रेष्ठले नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी श्याम ज्ञवालीलगायतलाई बोलाएर सुन तस्करीको संगठित जालो तोड्न अनुसन्धानका लागि सघाउन भनेका थिए। तर प्रहरीले यस प्रकरणमा प्रधानमन्त्री मातहतको निकायले अनुसन्धान गरिरहेकाले तत्कालै मन्त्रालयले अर्को समिति बनाउँदा नकारात्मक सन्देश जाने भएकाले मन्त्रालय तह वा प्रहरी तहबाट अर्को समिति बनाएर अनुसन्धान गर्न उपयुक्त नहुने सुझाव दिएको थियो।  

प्रहरी नेतृत्वले सरकारले नै अर्को समिति बनाएर त्यसमा संगठित अपराधमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पनि संलग्न गराउँदा सन्देश राम्रो जाने सुझाव पनि दिएको थियो। ‘गृहमन्त्रीले सुन तस्करी प्रकरणमा प्रभावकारी अनुसन्धान गर्न सुरक्षा अंगले नेतृत्व गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो तर सुरक्षा अंगका प्रमुखले प्रधानमन्त्री मातहत रहेको निकायले अनुसन्धान गरिरहेकाले त्यसमा मन्त्रालय तह वा सुरक्षा निकायबाट अर्को समिति बनाउन उपयुक्त नहुने सल्लाह दिए’, स्रोतले भन्यो। 

‘उच्चस्तरीय छानबिन समिति बनाउन प्रधानमन्त्रीले अस्वीकार गर्नुभयो। सुरक्षा अंगले पनि प्रहरीसँग दक्ष जनशक्ति भएकाले संगठित अपराधमा उसलाई अनुसन्धान गर्न दिँदा राम्रो हुन्छ भन्ने अनौपचारिक प्रस्ताव गरेको थियो’, स्रोतले भन्यो।  
यसैबीच सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राजस्व अनुसन्धान विभागमार्फत नै सुन तस्करी मामिलाको छानबिन प्रभावकारी भइरहेकाले अर्को समिति आवश्यक नभएको बताएकी छिन्। मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले यो प्रकरणको अनुसन्धानका लागि अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने भएकाले त्यता जानु आवश्यक नभएको बताएकी हुन्। प्रधामन्त्री दाहालले पनि बिहीबार साँझ यस मामिलामा रक्षामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री श्रेष्ठ, आइजिपी कुँवर, सिआइबी प्रमुख किरण बज्राचार्य र राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानासँग छलफल गरेका छन्। संगठित अपराध अनुसन्धान र तस्करीको एक सय किलो सुन बरामद भएको विषयमा छलफल हुँदा प्रधानमन्त्री दाहालले राजस्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानलाई सघाउन आग्रह गरेका थिए। प्रहरीका तर्फबाट निजामती कर्मचारीसँग काम गर्न असजिलो हुने कुरा पनि उठेको स्रोतले बतायो। प्रधानमन्त्रीसँगको यो भेट गृहमन्त्रीको पहलमा भएको हो। उनले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न प्रहरीलाई दिन माग गरे पनि प्रधानमन्त्री दाहालले अस्वीकार गरेको स्रोतले बतायो।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले सय किलो सुन तस्करी प्रकरणमा प्रहरीलाई अनुसन्धान गर्न दिन राखेको प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहालले अस्वीकार गरेका छन्। दाहाल राजस्व अनुसन्धान विभागले गर्दै आएको अनुसन्धानमा प्रहरीले पनि सघाउनुपर्ने पक्षमा छन् ।
यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको तस्करीको एक क्विन्टल सुनबारे अनुसन्धान गर्न प्रमुख प्रतिपक्षी एमालेले राखेको माग पनि सरकारले अस्वीकार गरेको छ। ‘राजस्व अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाइरहेको बेला फेरि अर्को अनुसन्धान समिति बनाउँदा यो मामिला डाइभर्ट हुन सक्छ, अनुसन्धान प्रभावकारी नहुन सक्छ,’ सञ्चारमन्त्री शर्माले भनिन्।  

गृह मन्त्रालयले २०७५ सालमा सहसचिव ईश्वरप्रसाद पौडेलको नेतृत्वमा बनाएको उच्चस्तरीय समितिले दिएको प्रतिवेदन पनि अहिलेसम्म कार्यान्वयमा आएको छैन। अदालतलेसमेत सुन तस्करी र अवैध ओसारपसारलाई संगठित अपराध स्वीकारे गरेको छ। २०७१ सालमा सुन तस्कर गिरोहका बालकृष्ण अग्रवाल, आकाशकुमार बज्राचार्यलगायत पक्राउ परेका थिए। त्यसपछि प्रहरीले १४ जनाको गिरोहले संगठित रूपमा चीनबाट सुन ल्याएको दाबीसहित उनीहरूलाई संगठित अपराधमा मुद्दा चलाउन भन्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो। त्यसपछि अदालतले सुन तस्करीलाई संगठित अपराध स्वीकार गरेको थियो। तर अहिले सरकारले प्रहरीलाई बाहिर राखेर राजस्व अनुसन्धान विभागलाई तस्करीको सुन भित्रिएको विषयमा अनुसन्धान गर्ने जिम्मा दिएपछि निष्पक्ष प्रतिवेदन आउनेमा शंका उत्पन्न भएको छ।  

सत्तारुढ माओवादी केन्द्रकै नेताहरूमाथि पनि सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेकाले प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले निष्पक्ष अनुसन्धान गर्न नसक्ने आशंका गरिएको छ ।
अनुसन्धान कमजोर बनाउन संसद् बैठक स्थगित  

प्रमुख प्रतिपक्षी एमालेले तस्करीको सुन प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग राखेर संसद् बैठक सञ्चालनमा अवरोध गर्दै अएको छ। तर सरकार संसद् चलाउनेभन्दा पनि स्थगनतर्फ लागेको छ। एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सुन तस्करीमा सत्ता पक्षका नेताहरूको संलग्नताबारे पनि प्रश्न उठेकाले यस विषयमा संसद्भित्र गम्भीर छलफल हुनुपर्नेमा सरकार विभिन्न बहानमा संसद् बैठक स्थगनतर्फ लागेको बताउँछन्। ‘अहिले संसद् स्थगित हुनुपर्ने होइन, तस्करी रोक्ने विषयमा छलफल हुनुपथ्र्यो। एमालेले उच्चस्तरीय छानबिन समिति गठनका लागि माग गरेको छ तर सरकार त्यसबाट पछि हटेको छ’, गौतमले भने।  

माओवादी नेताहरूको ‘कनेक्सन’

राजस्व अनुसन्धान विभागले तस्करीको करिब एक सय किलो सुन बरामद गरेपछि अनुसन्धानको सिलसिलामा चिनियाँमूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेका छन्। उनको माओवादीका उच्च तहका नेताहरूसँग नजिकको सम्बन्ध र उठबस देखिएको छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल, वर्षमान पुन, नन्दबहादुर पुन र उनको परिवारका सदस्यसँग छिरिङको उठबस देखिएपछि सुन तस्करीमा माओवादी नेताहरूको पनि संलग्नता हुन सक्ने आशंका विपक्षी दलहरूको छ। यस विषमा माओवादी केन्द्रीय समितिको बैठकमा पनि नेताहरूले प्रश्न उठाएका छन्। गृहमन्त्री श्रेष्ठले सुन तस्करीमा माओवादीकै नेताहरू संलग्न भएको पाइए पनि अनुसन्धान नरोकिने बताउँदै आएका छन्।  

निष्पक्ष अनुसन्धानमा शंका

प्रधानमन्त्रीको कार्यालय मातहत रहेका तीनवटा कार्यालय अन्य निकायभन्दा निकै शक्तिशाली छन्। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालय मातहत काम गर्दै आएका छन्। उनीहरूले अनुसन्धानका क्रममा अर्थ मन्त्रालय र गृह मन्त्रालय दुवैलाई बिफ्रिङ गर्नुपर्दैन। सत्तारुढ माओवादी केन्द्रकै नेताहरूमाथि पनि सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेकाले प्रधानमन्त्री कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले निष्पक्ष अनुसन्धान गर्न नसक्ने आशंका गरिएको छ। उच्चस्तरीय छानबिन समिति गठन गर्न प्रधानमन्त्री बाधक बनेपछि विपक्षीको यो आशंकामा बल पुगेको हो।  
अर्को समाचार
उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध
२४ साउन २०८०
•
६ मिनेट पाठ
उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध
सरकारको एउटा अनुसन्धान नसकी कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति गठन नगर्ने र प्रमुख प्रतिपक्षले जसरी पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गर्नुपर्ने अडानले संसद्को कारबाही करिब दुई सातादेखि रोकिएको छ।




मंगलबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उच्चस्तरीय छानबिन समिति गठनको प्रतिबद्धता नगरेपछि संसद् पुनः अवरुद्ध भएको छ। जसबाट सरकार र प्रमुख प्रतिपक्षबीच द्वन्द्व बढेको छ। प्रतिनिधिसभाको मंगबारको बैठकमा गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३५ दिन अनुसन्धान गर्न दिन आग्रह गरे।

उनले भने, ‘सो समयमा सिआइबीले नेक्सस पत्ता लगाउँछ र दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्छ भन्ने हामीलाई विश्वास छ।’ उनले यस अनुसन्धानबाट अपराधी लुकाउने दुर्नियत देखापर्‍ यो भने नयाँ शिराबाट बहस गर्नु उपयुक्त हुने बताए। गृहमन्त्रीले प्रमुख प्रतिपक्षलाई हात जोडेर भने, ‘यसलाई डिरेल गर्न नगरौं, प्लिज।’

संगठित अपराधमा अनुसन्धानका लागि जम्मा ६० दिन समय हुने भन्दै उनले त्यसमध्ये २० दिन राजस्व अनुसन्धान विभागले लिएको बताए। बाँकी ४० दिनमध्ये ५ दिन सरकारी वकिललाई चाहिने उनले बताए। ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई विश्वास गर्न आग्रह गरे।

सरकारको एउटा अनुसन्धान नसकी कुनै पनि हालतमा उच्चस्तरीय छानबिन समिति गठन नगर्ने र प्रमुख प्रतिपक्षले जसरी पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता गर्नुपर्ने अडानले संसद्को कारबाही करिब दुई सातादेखि रोकिएको छ।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने एमालेको मागबारे गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको भए पनि केही पत्ता नलागेको बताए।

यसबीचमा ७ हजार ९ सय ९९ किलो सुन भित्रिएको भनिए पनि अहिलेसम्म १ तोला सुन समेत पत्ता नलगाएको भन्दै उनले राज्यको संयन्त्रलाई जिम्मा दिनुपर्ने बताए।

प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्रीको जवाफ चित्त बुझाउने ठाउँ नभएको भन्दै सदन अघि बढ्न दिएन। आकस्मिक समयमा एमालेका योगेश भट्टराई, कांग्रेसका विश्वप्रकाश शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने सहितले सुन काण्डका विषयमा बोलेका थिए।

गृहमन्त्रीको जवाफपछि संसद् बैठक एमालेले अवरुद्ध गर्न थालेको थियो। त्यसपछि सत्तारुढ दल कांग्रेसका सांसदले आपत्ति जनाए। गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

सभामुख देवराज घिमिरेले बस्न आग्रह गर्दा पनि नमानेपछि गृममन्त्रीले जवाफ दिएकाले कांग्रेसका रामहरि खतिवडा, राजन केसीले कार्यसूचीमा प्रवेश हुनुपर्ने भनाइ राखेका थिए। केहीबेर एमाले नाराबाजी गरेको थियो भने कांग्रेसका सांसदले कार्यसूचीमा प्रवेश हुनुपर्ने भन्दै चर्को स्वरमा आवाज उठाएका थिए। तर एमालेले लगातार उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजी गरेको थियो। नाराबाजीपछि सभामुखले कार्यसूचीमा रहेका सबै विषय हटाएका थिए। उनले अर्को बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने एमालेको मागबारे गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको भए पनि केही पत्ता नलागेको बताए।
मंगलबार बिहान बालुवाटारमा सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली बीचको छलफलमा आकस्किक समयमा प्रत्येक दलको एकजना बोल्न दिने र गृहमन्त्रीले जवाफ दिएपछि सदन चल्ने गरी सहमति भएको थियो। अपराह्न ३ बजे बोलाइएको बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको थियो।

बैठकको सुरुमा एमालेका योगेश भट्टराईले सुन काण्डमा गृहमन्त्री, अर्थमन्त्रीलगायतमाथि शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए। आकस्मिक समयमा बोल्ने क्रममा कांग्रेसका विश्वप्रकाश शर्माले मदन भण्डारीको मृत्युसम्बन्धी फाइल खोल्न तथा निर्मला पन्तको उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने लगायतको माग गरेका थिए। शर्माले विस्तृत अनुसन्धानका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नैपर्ने विषय अरू धेरै रहेको बताए। ३३ किलो सुनको एक तोलासमेत नभेटिएर त्यो प्रकरण यसै सेलाएको उनले बताए।

बैठकको सुरुमा एमालेका योगेश भट्टराईले सुन काण्डमा गृहमन्त्री, अर्थमन्त्रीलगायतमाथि शंका रहेको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका थिए।
२०७५ साल वितेको पाँच वर्ष भएको उल्लेख गर्दै उनले भने, ‘आजका प्रतिपक्षका नेता त्यसबेला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ गइसकेपछि कांग्रेसका सभापति प्रधानमन्त्रीका रूपमा आउनुभयो। अहिले गठबन्धनबाट पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्छ। आयोग बनाउने नै हो भने निर्मला पन्तको हत्याको विषयमा बनाऔं।’

उनले छानबिन नै गर्ने हो भने राज्यका निकायले किन छानबिन गर्न सक्दैनन् त्यसमा छानबिन गरौं भन्दै राज्यको अनुसन्धान निकायलाई कमजोर बनाएर अरू छानबिन गरौ भन्नुको तुक नरहेको बताए।

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा राज्यकै निकायबाट अनुसन्धान अगाडि बढाउन दिन र चित्त नबुझेपछि प्रश्न उठाउन एमालेलाई आग्रह गरे।

‘जुन ठाउँबाट छानबिन भएको छ, त्यो छानबिनको प्रक्रियालाई निष्कर्षमा पुर्‍ याउन दिऔं, त्यसपछि चित्त बुझेन भने यहाँहरूले प्रश्न उठाउन सक्नुहुन्छ। प्रक्रिया अगाडि बढिरहेका बेला बीचमै प्रश्न गरेर विषयान्तर गर्ने काम नगर्न अनुरोध गर्न चाहन्छु,’ उनले भने।

उनले प्रश्न गरे, ‘एउटा सर्जनले थिएटरभित्र बिरामीको अपरेसन गरिरहेका बेला अर्को डाक्टर ढोका फोरेर गयो भने के होला?’

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा राज्यकै निकायबाट अनुसन्धान अगाडि बढाउन दिन र चित्त नबुझेपछि प्रश्न उठाउन एमालेलाई आग्रह गरे।
राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले केही दलका केही नेताहरू बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन भन्दै विरोध गरे।

एमालेलाई उच्चस्तरीय छानबिन समिति किन चाहियो?

सुन प्रकरणमा विगतको पनि छानबिन भइरहेको छ। कतै न कतै एमालेले सरकारमा हुँदा पनि सुन तस्करी भएको अवस्था छ। यस्तो अवस्थामा एमालेले सत्तारुढ दलले प्रतिपक्षको उठिबास खेलाउन खोज्न सक्ने अवस्था आएका कारण पनि विरोध गरिरहेको हुनसक्छ भन्ने सरकारवादी दलको बुझाइ छ।

जुनसुकै अनुसन्धानलाई पनि स्वीकार गर्न सक्नु पर्छ। तर, एमालेले उच्च स्तरीय छानविन समितिको पनि अनुसन्धान माग गर्नुका पछाडि दुईवटा कारण हुनसक्छन्। ‘एउटा कारण अहिलेको अनुसन्धानले सरकारले आफ्ना मान्छे जोगाउने तर प्रतिपक्षका पक्राउ गर्न सक्ने देखेर उच्च स्तरीय छानबिन समितिको माग गरेको हुन सक्छ।

अर्कातर्फ उच्च स्तरीय छानविन समितिको माग गर्नुका पछाडि आफ्ना मान्छे छानबिनमा परिहाले भने विगतका अध्ययन प्रतिवेदन जस्तै दराजमा थन्काएर राखेर पक्राउ पर्नबाट जोगाउन खोजेको हुनसक्छ,’ एक नेताले भने।

सुन प्रकरणमा विगतको पनि छानबिन भइरहेको छ। कतै न कतै एमालेले सरकारमा हुँदा पनि सुन तस्करी भएको अवस्था छ।
त्रिभुवन विमानस्थलबाट सुन क्विन्टलका क्विन्टल प्रवेश हुँदा पनि सरकारले मुख्य दोषी पत्ता लगाउन नसकेकाले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधिसभा ५ पटक र राष्ट्रियसभा तीनपटक अवरुद्ध गरेको छ।

प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षले साउन १० गते अवरुद्ध गरेको थियो त्यसपछि साउन १५ गते सुचनाबाट स्थगित गरी १६ गते बोलाइएको थियो। साउन १६ गतेको बैठक पनि सूचनाबाट स्थगित भएको थियो। त्यसपछि पाँच दिनसम्म स्थगित भई २२ गते बोलाइएको थियो। २२ गते १ बजे बोलाइएको बैठक तत्काल बस्न नसकेपछि ४ बजेसम्मका लागि स्थगित भएको थियो। त्यो बैठक पनि सूचना जारी गरेर २३ गते मंगलबारसम्मका लागि स्थगित गरिएको थियो। मंगलबारको बैठक पनि स्थगित भएपछि बुधबार बोलाइएको छ।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस