उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री श्रेष्ठले सुन तस्करीमाथीको छानबिनलाई जरैसम्म पुर्याएर सत्यतथ्य बाहिर ल्याउने बताए।
यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कुराकानी भएको बताउँदै उनले भने, ‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भनेर मैले सम्बन्धित अधिकारीलाई पनि कडा निर्देशन दिएको छु। यस विषयमा प्रधानमन्त्रीको पनि जोड रहेको छ। ’
१०० किलो सुन भन्सार जाँचपास भएरै बाहिरिएपछि गृहमन्त्रीसहितको टोलीले शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेका थियो।
गृहमन्त्रीको साथमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल, राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगाना, अध्यागमनका विभागका महानिर्देशक झलकराम अधिकारी, प्रहरी महानिरीक्षक वसन्त कुँवरलगायतका थिए।