राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सेनाविहीन राज्यको परिकल्पना गर्नु दुर्भाग्य भएको बताएको छ।
राप्रपाले एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको बताएको हो।
'राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अङ्गको रुपमा रहेको गौरवशाली संस्था नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ। योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको छ', विज्ञप्तिमा भनिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै राप्रपाले तटस्थ बस्ने घोषणा गरेको हो।
तटस्थमा मतदान गरेर तटस्थ भूमिका निर्वाह गर्ने राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए।
‘१५ महिनाकै बिचमा तेस्रो पटक विश्वासको मत माग्ने अवस्था आएको छ। सुरुमा ४ बाहेक सबै मत पाएका मुख्यमन्त्रीले अब यो पटक कति मत पाउँछन्, हेर्न बाँकी छ’, थापाले भने, ‘गठबन्धन परिवर्तनले अहिले कस्तो व्यवस्था छ भन्ने प्रमाणित भएको छ। ५ वर्षमा कति पटक विश्वासको मत लिने अवस्था आउने हो ?’
हिजोसम्म एक अर्कालाई तथानाम भन्नेहरू आजै मिल्ने कस्तो राजनीति हो भन्दै उनले प्रश्न गरे। हाम्रो नेपाली पार्टी प्रति लक्षित गर्दै उनले एक हप्तामा यो नभई मान्दिन भन्ने, ३ दिनमा समर्थन फिर्ता लिने र २ दिनमा मन्त्रीको शपथ खाने कस्तो संस्कार हो ? भन्ने प्रश्न गरे। नेता थापाले बजेटमा पक्षपात नहोस् भन्ने माग समेत गरे।
अहिले विश्वासको मत सम्बन्धी प्रस्तावमा दलको तर्फबाट धारणा राख्ने काम भइरहेको छ। दिउँसो १ बजेका लागि बोलाइएको बागमतीको प्रदेशसभा बैठक ४ बजे मात्र सुरु भएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...