ओलीद्वारा बजेट सच्याउन माग
२४ जेष्ठ २०८०
•
३ मिनेट पाठ
ओलीद्वारा बजेट सच्याउन माग
प्रमुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्।




बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरूले नभन्ने अध्यक्ष ओलीको भनाइ थियो। प्रतिनिधिसभाको मंगलबारको बैठकमा आव २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा भाग लिँदै उनले बजेटले समग्रतामा कमजोर देखिएको बताए। बजेटले राष्ट्रको हित गर्नेतर्फ ध्यान नदिएको उनको टिप्पणी छ।

प्रमुख विपक्षी दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले सरकारले ल्याएको बजेटले आम रूपमा नेपाल र नेपालीको प्रतिनिधित्व गर्न नसकेकाले बजेट सच्याउन माग गरेका छन्।
बजेटको चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोसेरोको जस्तो भएको उनले बताए। राष्ट्रको हित, विकास निर्माण र समृद्धि, रोडम्याप प्रस्ताव गर्न बजेट चुकेको बताउँदै उनले मौलिक मूल्यलाई बजेटले आत्मसात गर्न नसकेको बताए।

‘प्रस्तावित बजेटको प्रारम्भिक प्रस्तुतिलाई अध्ययन गर्दा यस बजेटले बजेट निर्माणका आधारभूत मूल्य, गतिशिलता र आधारभूत कुरालाई आत्मसाथ गर्न सकेको छैन,’ उनले भने।  

अध्यक्ष ओलीले बजेट संसद्बाट पास मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताए। ‘राष्ट्रमा उत्साहको लहर पैदा गर्ने कार्ययोजना आएको छैन, त्यसकारण यो बजेटले परिणाम दिन सक्दैन,’ उनले भने।

‘कुनै प्रयासविना संकलन हुन सक्ने राजस्व विगतदेखि कार्यान्वयनमा आएका केही अयोजना पूर्वाग्रह राखेर, कुनै लक्ष्य, नतिजा, निर्धारण नगरिकन, अलिअलि रकम छ्यास्सछुस्स मुखबुजो लगाउन खोजेको छ’ उनले बताए।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, उच्चदरको आर्थिक विकास हासिल गर्न यो बजेटले नसक्ने अध्यक्ष ओलीले बताए। व्यापक रूपमा रोजगारीको अवसर सिर्जना गर्न, राष्ट्रिय बचतको वृद्धि गर्न, आन्तरिक र बाह्य लगानीलाई आकर्षित गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, चालु खाता घटाउन, नेपाली अर्थतन्त्रलाई प्रभावकारी र दक्ष बनाउन नसकेको उनको भनाई छ।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, उच्चदरको आर्थिक विकास हासिल गर्न यो बजेटले नसक्ने अध्यक्ष ओलीले बताए।
उनले संविधानले भनेको समाजवाद उन्मुख अर्थव्यवस्थाबाट बजेट विचलित भएको बताए। मौलिक हक कार्यन्वयन गरेर जनतालाई उपलब्ध गराउन बजेट चुकेको तथा राष्ट्रियताप्रति बजेट उदासीन रहेको बताए।

‘यसले देख्दैन, पोलिसी छैन, अकर्मन्यता र शिथिलता छ। परिणाम र उपलब्धिबाट जवाफ दिनुस्। समस्या समाधान गर्न र आयस्रोत बढाउने प्रयासमा अहिलेको सरकारको ध्यान नभएको बरु अजिंगर जसरी सुतेर बसेको उनले बताए। भन्सारबाट आएको बजेट स्वाप्प पार्ने नीतिमा सरकार रहेको ओलीको भनाइ छ।

ओलीले संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ नहुने भन्दै भिजन र क्याल्कुलेशन हुनुपर्ने बताए। अध्यक्ष ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने बताए।

अध्यक्ष ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाएपछि सरकार ‘फेन्सी’ कुुराको पछि लागेको बताए। ‘बजेटमा धान फलाउने, आलु फलाउने, त्यतापट्टि छैन, गहुँ फलाउने खाद्यान्नमा आत्म निर्भर बनाउने कुरा छैन, कसले गर्न खोजिरहेको छ, गाँजाखेती? कसका लागि, कसले गर्न खोजिराख्या छ? अचम्म लाग्छ, गाँजाखेती कसलाई चाहियो?,’ उनले भने।

अध्यक्ष ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टयाएपछि सरकार ‘फेन्सी’ कुुराको पछि लागेको बताए।
उनले आम नागरिकको जीवनस्तर सुधार्न भन्दा पनि अमुक व्यापारीलाई पोस्ने स्वार्थले गाँजा खेती अघि सारिएको बताए। उनले गाँजाको बिउ बोकेर बसेको व्यापारी को हो? भनेर प्रश्न पनि गरे।

‘अहिले मानिसको दृष्टिगोचर भएको छैन, तर कोही छ गाँजा खेती पछाडि। कतिपय माननीयजीलाई परेको होला? हाम्रो गाउँमा गाँजा हुन्छ, त्यसबाट कतिको जीविका चलेको छ? यो त नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो। 
अर्को समाचार
दलका चुनाव लक्षित अभियान अलपत्र
२३ मंसिर २०८०
•
४ मिनेट पाठ
दलका चुनाव लक्षित अभियान अलपत्र
समृद्धि यात्राका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रबार बिहान पोखरामा। तस्बिर: रासस
प्रमुख विपक्षी दल एमालेले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ शुक्रबार कास्की पुगेको छ। संघदेखि प्रदेशसम्म विपक्षमा रहेको एमालेले २०८४ सालको आमनिर्वाचनलाई केन्द्रित गर्दै सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा (बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ) जारी छ।




संकल्प यात्रा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा अघि बढेको छ। यात्राको नवौं दिनमा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राष्ट्रियताको सवालमा वर्तमान गठबन्धन सरकारले टाउको निहुर्‍याउने गरेको आरोप लगाए।

२०६२/६३ सालको आन्दोलनपछि निरन्तर जस्तै सरकारमा रहेको एमालेले संगठन सञ्चालन र परिचालनका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। एमाले अहिले पनि त्यही अभियानमा छ।
२०७९ सालमा भएको संसदीय निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेर नेपाली कांग्रेससहितको तत्कालीन गठबन्धन टुटाउन ओली सफल भएका थिए। तर दाहाल एमाले समर्थनमा प्रधानमन्त्री भएको करिब दुई महिनामा पुरानै गठबन्धनमा फर्केपछि एमाले सत्ताबाहिर छ।

त्यसप्रति सरकारप्रति कठोर बनेको एमाले अर्को निर्वाचनको तयारीमा जुटेको छ। अघिल्लो निर्वाचनमा व्यक्त प्रतिबद्धता पूरा गर्न संसद्बाट सरकारलाई दबाब बढाउनुको साटो थरीथरीका अभियानका नाममा एमाले अलमलिएको स्वयं उसकै समर्थक र शुभचिन्तक बताउँछन्।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीलाई मूल पार्टीमा एकताबद्ध बनाउन लाग्नुको साटो धुलो उडाउँदै नेताहरू लर्को लागेर जिल्लामा पुग्दा मात्र जनताले एमालेलाई भोट नदिने भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
यसअघि मिसन ग्रासरुट अभियानअन्तर्गत एमालेका नेता तथा कार्यकर्ता गाउँगाउँ पुगेका थिए। त्यसपछि एमालेले पालिका तहमै नेताहरूलाई उतारेर प्रशिक्षणसहित संगठन परिचालनका कार्यक्रम गरेको थियो।

पार्टीमा रहेको विभाजित मानसिकता अन्त्य नभएसम्म कुनै पनि अभियान प्रभावकारी हुन नसक्ने निष्कर्ष निकालेको एमाले यतिबेला समृद्धिका लागि संकल्प यात्रामा छ।

त्यस्तै संसद्मा विपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि मिसन २०८४ (संसदीय निर्वाचन) अभियानमा जुटेको छ। सत्ता गठबन्धन दलसँग कुरा मिल्दा सत्ता साझेदारी गर्न पनि तयार रहेको रास्वपा देशभित्र मात्र होइन, विदेशमा रहेका नेपालीलाई समेत पार्टीमा संगठित गर्ने अभियानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजासहितको हिन्दुराज्य र संगठन निर्माण अभियानलाई एकैसाथ अघि बढाउने रणनीतिमा छ। नवीन राप्रपा निर्माण अभियानसहित उसले पार्टी उपाध्यक्षहरूलाई सात प्रदेशमा संगठन निर्माणमा खटाएको छ।

पुससम्म संगठन निर्माणमा केन्द्रित हुने भन्दै उसले केन्द्रीय तहका नेताहरूलाई वडा तहसम्म परिचालन गरेको छ। संसद्मा विपक्षमा रहेका तीनवटै दलले संगठन विस्तार अभियान सञ्चालन गरे पनि त्यो प्रभावकारी बन्न सकेको देखिँदैन।
विपक्षी दलहरू मात्र होइन, सत्तारुढ दलहरूले पनि यसबीच आआफ्नै तरिकाले जनतासँग जोडिन विभिन्न अभियानको घोषणा गरे। सत्ता गठबन्धनमा आबद्ध दलहरूको अभियान पनि प्रभावकारी बन्न सकेको छैन।

साउन १० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले संगठन विस्तारका लागि एक वर्षे कार्यक्रम तयार गरेको थियो। त्यसैअन्तर्गत साउन २० देखि ३० सम्म एउटा अभियान चलाएको कांग्रेसले आन्तरिक किचलोका कारण बाँकी कार्यक्रम सञ्चालन गर्न सकेको छैन।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेसहित विपक्षी दलहरूले अहिलेदेखि नै मिसन २०८४ सञ्चालन गर्दै आएको भन्दै व्यंग्य गर्दै आएका छन्। कांग्रेसले ‘२०८४ को चिन्ता र चिन्तन गर्नैपरे २०८३ मा गरौंला’ भन्दै देश र जनताको हितमा विगतमा गरेका वाचा पूरा गर्न लाग्नुपर्ने बताउँदै आएको छ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले भदौ १६ गतेदेखि तीन महिने संगठन विस्तार अभियान सञ्चालन गर्‍यो। देशभरिका ६ हजार ७ सय ४३ वडामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियानअन्तर्गत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहालले भदौ १६ गते ६ हजार ७ सय ४३ वडामा एकै साथ त्यसको सुरुवात गरेका थिए।

सत्ता राजनीतिमा केन्द्रित माओवादीले संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन भने सकेन। उसले अभियानपछि मंसिरमा विधान सम्मेलन गर्ने भने पनि अहिलेसम्म कुनै तयारी गरेको छैन।

सत्ता समीकरण र आगामी निर्वाचनलाई केन्द्रित गरेर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले कांग्रेससमेतको परामर्शमा समाजवादी मोर्चा गठन गरे। असारमा बनेको समाजवादी मोर्चाले मंसिरसम्म आइपुग्दा कुनै गतिविधि गर्न सकेको छैन।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्व मिलेर समाजवादी मोर्चा बनाएका थिए। मोर्चा बन्नेबित्तिकै प्रदेश तहसम्म संगठन विस्तार गर्न र प्रदेशमा आयोजित सन्देश सभामा शीर्ष नेताहरू पुगे। तर भदौ ४ गतेपछि मोर्चाको बैठकसम्म बस्न सकेको छैन।
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस