संसदीय समिति क्रियाशील
०३ जेष्ठ २०८०
•
६ मिनेट पाठ
संसदीय समिति क्रियाशील
प्रतिनिधिसभा बैठक बसेको चार महिनापछि बल्ल मिनी संसद्का रूपमा परिचत संसदीय समितिले आफ्ना काम सुरु गरेका छन्। गत मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएपछि पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। तर, दलीय भागबन्डा नमिल्दा अहिलेसम्म संसदीय समिति गठन हुनसकेको थिएन। संवैधानिक परिषद्मा रहेको संख्या देखाउँदै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय समितिमा बार्गेनिङ गरेपछि वैशाख ११ गते मात्र समितिका संख्या र नेतृत्वका विषयमा प्रमुख तीन दलबीच सहमति भएको थियो। समितिको नेतृत्वमा पनि सहमति जुटेसँगै मंगलबार प्रतिनिधिसभाका सबै दसवटा समितिको बैठक बसेको हो।




ज्येष्ठ सदस्यको अध्यक्षतामा बसेका समितिका बैठको अजेन्डा थिएन। परिचयातमक कार्यक्रम मात्र थियो। तर समितिले भावी काम कसरी गर्ने भन्ने विषयमा भने सांसदहरू चिन्तित थिए। सबै समिति बैठकमा सांसदहरूको उपस्थिति थियो। समितिका बैठकहरूले सरकारको काममा निगरानी गर्ने, सरकारको अनुगमन गर्ने, निर्देशन गर्ने, समितिमा बोलाएर सोध्ने जस्ता काम मात्र गर्दैनन् सार्वजनिक लेखा समितिबाहेक सबै समितिले कानुन बनाउने काम पनि गर्दछन्।

प्रतिनिधिसभा बैठक बसेको चार महिनापछि बल्ल मिनी संसद्का रूपमा परिचत संसदीय समितिले आफ्ना काम सुरु गरेका छन्।
राष्ट्रिय सरोकारका मुद्दामा छलफलका लागि फोरम उपलब्ध गराउने, व्यवस्थापिकामार्फत कार्यपालिकालाई जनताप्रति उत्तरदायी राख्ने काम संसदीय समितिका हुन्। अमेरिकी पूर्वराष्ट्रपति ‘विल्ड्रो विल्सन’ले भनेका थिए, ‘संसद्का बैठक प्रदर्शनी कक्ष मात्र हुन्। संसद्को वास्तविक अभ्यास त संसदीय समितिमा हुन्छ। अमेरिकामा संसदीय समिति निकै प्रभावकारी मानिन्छ।’

यहाँ भने संसदीय समितिको प्रभावकारितामाथि धेरै प्रश्न उठिरहने गरेको छ। संसदीय समिति सरकारको छायाँमा परेकाले समितिले दिएका निर्देशन कार्यान्वयन हुन निकै कठिनाइ भोग्नुपरेको छ। संसदीय समितिले वस्तुगत अध्ययन गरेर सरकारलाई निर्देशन दिने गरेको पाइँदैन। मंगलबार बसेका समितिमा बैठकमा सांसदहरूले आचारसंहिता बनाउनुपर्ने, कार्यतालिका बनाउनुपर्ने, कर्मकाण्डी बनाउन नहुने, नतिजा दिनेगरी काम गर्नुपर्ने, भ्रष्टाचार र अनियमितताका विषयमा निष्पक्ष भएर काम गर्न गर्नुपर्ने आवाज उठाएका थिए।

यहाँ भने संसदीय समितिको प्रभावकारितामाथि धेरै प्रश्न उठिरहने गरेको छ। संसदीय समिति सरकारको छायाँमा परेकाले समितिले दिएका निर्देशन कार्यान्वयन हुन निकै कठिनाइ भोग्नुपरेको छ।
सांसदहरूले उठाएजस्तो गरी समितिले काम गर्नका लागि सरकारको सहयोगको आवश्यकता पर्ने देखिन्छ। तर, सरकारकै एक मन्त्रीले भने सांसदले सहयोग गर्नुपर्ने अवस्था आएको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भने, ‘संसद् र सरकार अरूले नै चलाउने अनुभूति आफूले गरेको छु। उनले मन्त्री अरूले नै चलाउने भन्दै आफूलाई ‘शो केसको मान्छे’ जस्तो भएर बस्नु परेकोसमेत बताए।

सांसदहरूको सहयोगले मात्र यो कुरा असम्भव बनाउन सकिन्छ भन्दै उनले सांसदहरूको सहयोग मागे। ‘त्यसैले तपाईंहरूको सहयोग आवश्यक छ,’ उनले भने। उनले पर्यटन क्षेत्रमा धेरै ऐन बदल्नुपर्ने आवश्यकता रहेको बताए।

राज्य व्यवस्था समितिमा नेपाली कांग्रेस महामन्त्रीसमेत रहेका गगन थापाले समिति सञ्चालनका लागि आचारसंहिता नै बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए। समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै उनले बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरू कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने बताए। राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहेका उनले बैठकमा बोल्दै समितिले विषयहरूलाई तोडमोड गर्नु नहुने पनि बताए।

कांग्रेसका माहामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारको जवाफ माग गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अनुसन्धानको प्रक्रिया कहाँसम्म पु¥याएको हो भन्ने जवाफ गृहमन्त्रीले समितिमा दिनुपर्ने बताए। उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणबारे हामी सुसूचित हुन जरुरी छ,दोषीहरू कोही नछुटुन्, निर्दोष कोही नछुटुन् भनेर हामी सबै राजनीतिक दलहरूले भनेका नै छौं, सबै सहमत नै छौं, यसमा गृहमन्त्री ज्यूको भनाइ हामीले सुन्न पाएका छैनौं।’

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाउन नहुने बताए। राज्य व्यवस्था तथा सुशासन समितिका सदस्य रहेका उनले बैठकमा बोल्दै समितिले विषयहरूलाई तोडमोड गर्नु नहुने पनि बताए।
समितिका अर्का सदस्य माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरे। उनले विगतको संसदीय समितिको जस्तो गरी अब जान नहुने गरी काम गर्नुपर्ने उनले बताएका थिए। सार्वजनिक लेखा समितिको बैठकमा पनि सांसदहरूले मुलुकमा भइरहेका नीतिगत भ्रष्टाचार र अनियमितताका विषयमा निष्पक्ष भएर काम गर्न गर्नुपर्ने आवाज उठाएका थिए।

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मुलुकको बहुदलीय व्यवस्था र संसदीय प्रणालीमाथि नै प्रश्न उठिरहेको बताए। एकीकृत समाजवादीका सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्य नै सहभागिता भएर नालायकी काम गरेको बताए। नक्कली भुटानी शरणार्थीको विषयमा समितिले भर्त्सना गर्न उनले माग गरे। सरकारमा रहेका मन्त्रीहरू पनि कठघरामा जाने अवस्था देखिएको उनले बताए।

समितिका अर्का सदस्य माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि समितिले नतिजा दिनेगरी काम गर्न आवश्यक रहेको उल्लेख गरे।
त्यस्तै, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नीतिगत निर्णयका कारण मुलुकमा बेरुजु बढ्दै गएको बताए। बेरुजु बढ्दै जानुमा नीतिगत भ्रष्टाचारमा वृद्धिको प्रमुख कारण रहेको उनले बताए।

त्यस्तै, समिति सदस्य गोकुलप्रसाद बास्कोटाले सार्वजनिक लेखा समिति कार्यान्वयन कर्ता जस्तो बन्न नहुने बताए। समितिले लोकप्रियका लागि भन्दा पनि आदेश दिएको कुरा ठिक हुन आवश्यक रहेको उनले बताए। समितिलाई निष्पक्ष, पारदर्शिता, जबाफदेहिता बनाउने र बेथितिलाई नियन्त्रण गर्न समिति सक्रिय हुनुपर्ने उनले बताए।

यता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा स्वार्थ बाझिने सांसदहरूलाई नबस्ने स्वघोषणा गर्न सांसदले माग गरे। अर्थ समितिको पहिलो बैठकमा मंगलबार सांसद सूर्य थापाले सो आग्रह गरे। अर्थ समिति सदस्य सांसद थापाले प्रतिनिधिसभा नियमावली, २०७९ को व्यवस्था मानेर स्वार्थ बाझिने सांसदहरूलाई समितिमा नबस्ने स्वघोषणा गर्न आग्रह गरेका थिए।

यता प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा स्वार्थ बाझिने सांसदहरूलाई नबस्ने स्वघोषणा गर्न सांसदले माग गरे। अर्थ समितिको पहिलो बैठकमा मंगलबार सांसद सूर्य थापाले सो आग्रह गरे।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्‍याउनुपर्ने बताए। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त भइरहने बताएका थिए। बेपत्ता विधेयक र सार्वजनिक खरिद विधेयक यतिबेला संसदीय समितिमा पठाइएको छ।  
अर्को समाचार
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
०१ जेष्ठ २०८०
•
२ मिनेट पाठ
दशै वटा संसदीय समिति बैठक मङ्गलबार बिहान
प्रतिनिधिसभा गठन भएको छ महिनापछि अर्थात मङ्गलबारदेखि संसदीय समिति क्रियाशील हुने भएको छ।




सभामुख देवराज घिमिरेले कानून निर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समिति एकैसाथ छन् भन्ने सन्देश प्रवाह होस् भनी बिहान नौ बजे १० वटै समितिका बैठक राख्न सुझाव दिएका थिए।

उनको सुझाव अनुसार प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए।

समितिका सभापति चयन नभएसम्मका लागि बैठकको अध्यक्षता हाल तत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन्। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागत गर्ने, परिचय कार्यक्रम हुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची बनाइएको छ।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि तथा सार्वजनिक लेखा छन्।

समितिको प्रमुख कार्यजिम्मेवारी भनेको सचिवालयमा दर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निकष्कर्षमा पुर्‍याउनु रहेको छ। सभामा ठूलो सङ्ख्या हुने भएको र सबै काम गहिरोसँग अध्ययन तथा अनुसन्धान गरी निष्कर्षमा पुर्‍याउन चुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादन गर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमा आएका हुन्। अधिकांश समिति करिब २५ सदस्यीय बनाइएको छ।

संसद्का काम कारबाहीलाई व्यवस्थितरूपले सम्पादन गर्न संसदीय समिति प्रणाली विकसित भएकाले सभाका कामलाई सघाउने गर्छन्। कतिपय सवालमा दोहोरो संवाद गरी छलफल गर्नुपर्ने, अनुगमन निगरानी गरी प्रतिवेदन तयार गर्नुपर्ने तथा विधेयकमाथि प्रत्येक शब्द र प्रावधानमाथि छलफल हुनुपर्ने भएकाले समितिले सभाको कार्य जिम्मेवारीलाई सहज तुल्याउन सहयोग पुर्‍याउँछ। प्रतिनिधिसभाले यसअघि नै नयाँ नियमावली बनाई कार्यान्वयनमा ल्याइसकेको छ।

नयाँ नियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ। सभाबाट गत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो। अघिल्लो कार्यकालमा प्रतिनिधिसभाका १० समितिमध्ये छ वटा समितिका सभापति महिला थिए।

मुलुकका प्रमुख राजनीतिक दलबीच कुन समितिको नेतृत्व कसले पाउने भन्नेमा मोटामोटी सहमति भइसकेको बताइएको छ। विगतदेखि कै अभ्यास अनुरुप सार्वजनिक लेखा समिति भने प्रमुख प्रतिपक्षी दलले प्राप्त गर्नेछ। विषयगत समितिका केही बैठकपछि समितिको नेतृत्व चयन प्रक्रिया हुने अनुमान गरिएको छ। रासस
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस