‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?
१६ चैत्र २०७९
•
१ मिनेट पाठ
‘१० दिन लगातार अनुपस्थित भए सांसद पद खाली हुँदैन?
प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरी संसद्को बैठकमा लगातार अनुपस्थित रहेको भन्दै सांसद पद खारेजीको माग गरेका छन्। ‘संविधानमा लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सांसद पद खारेज हुने व्यवस्था छ तर १७ वटा बैठक बस्दा पनि फौजदारी अपराधमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी उपस्थित भएको देखिँदैन,’ उनले भने, ‘महोत्तरीबाट निर्वाचित लक्ष्मी महतो कोइरी हराइरहेको सूचना छ। सभामुखलाई जानकारी छ कि छैन जानकारी पाउँ।’




खतिवडाले अगाडि भने, ‘१० वटा बैठकमा अनुपस्थित भए सांसद पद खारेज हुन्छ भनेको सुनेको थिएँ, एकजना सांसद सभामुखलाई जानकारी दिएर हो कि, जानकारी नदिइकन हो, धेरै पटकदेखि संसदमा देखिएको छैन।’

संविधानको धारा ८९ मा सांसदको स्थान रिक्तताको व्यवस्था रहेको छ। सो धाराको खण्ड (घ) मा निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा सांसद सदस्यको स्थान रिक्त हुनेछ।

मधेस आन्दोलनका क्रममा प्रहरी नायव निरीक्षक थमन बिकको हत्या अभियोग लागेका कोइरी फरार अभियुक्त हुन्। उनले फरार रहेकै अवस्थामा महोत्तरी–१ बाट यसपटको प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनलाई संसद सचिवालय लेखा शाखाबाट सांसदको पारिश्रमिक भने उपलब्ध भएको छैन।
अर्को समाचार
पेचिलो बन्दै गृहमन्त्री विवाद: समिति नबने बैठक चल्न नदिने कांग्रेस,ओली भन्छन्,‘सम्भव छैन’
०६ चैत्र २०८०
•
४ मिनेट पाठ
पेचिलो बन्दै गृहमन्त्री विवाद: समिति नबने बैठक चल्न नदिने कांग्रेस,ओली भन्छन्,‘सम्भव छैन’
मंगलबार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनु पर्ने माग गर्‍यो। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले तत्काल छानबिन समिति बनाउनुपर्ने माग राखे।




लेखकलाई साथ दिँदै कांग्रेसका अर्का सांसद रामहरि खतिवडाले प्रतिनिधिसभा बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग समिति नबनेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन हुन नदिने चेतावनी दिए।

यसअघि प्रतिनिधिसभाको मंगलबारकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा नमुछिएको प्रस्टीकरण दिएका थिए। कांग्रेसले नयाँ गठबन्धनको सरकार बने देखिनै रास्वपा सभापति लामिछाने सहकारी प्रकरणमा मुछिएको भन्दै उनलाई उपप्रधान तथा गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्री दाहालसँग मागिरहेको थियो।

कांग्रेसलगायतका प्रतिपक्षको प्रश्नको उत्तरी दिँदै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा बैठकमा मंगलबार रबि लामिछानेको खुलेरै बचाउ गरे। लामिछाने सहकारीको सञ्चालक र व्यवस्थापनमा नरहेको तथा उनको नाममा प्रवाह भएको ऋण फर्स्योट भइसकेकोले अनुसन्धान गर्न नपर्ने ब्रिफिङ प्रहरीबाट आएको प्रस्टीकरण दिएका थिए।

तर कांग्रेसले प्रधानमन्त्री दाहालको जवाफमा चित्त बुझाएन। उसले तत्काल गृहमन्त्री लामिछानेलाई छानबिन गर्न छानबिन समितिनै गठन गर्नुपर्ने माग गर्‍यो।

प्रधानमन्त्री दाहाल र सांसदहरुबीचको प्रश्नोत्तर सकिए लगत्तै कांग्रेस प्रमुख सचेतक लेखकले सभामुख देवराज घिमिरेसँग विशेष समय मागेर संसदीय छानबिन समितिको थप माग तेर्साए। त्यसलाई साथ दिँदै कांग्रेसका अन्य सांसदले पनि समिति नबन्दासम्म प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिए।

प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेलाई छानबिन गर्न पर्याप्त प्रमाणहरू रहेको भन्दै संसदीय छानबिन समिति गठन गर्न आग्रह गरे। उनले भने,  ‘म चुनौती दिन चाहन्छु प्रधानमन्त्री प्रमाण छैन भन्दै हुनुहुन्छ। म प्रमाण छ भन्दै छु। यही सदनभित्र छानबिन समिति गठन गरौँ। प्रमाण छ कि छैन त्यो पनि हेरौँ।,’

लेखकले थपे, ‘यो प्रकरणबारे प्रधानमन्त्रीलाई नै गलत जानकारी दिइएको छ। गलत सूचना प्राप्त हुँदै छ। प्रधानमन्त्री नै अँध्यारोमा हुनुहुन्छ भने अब यो कुराको निष्पक्ष छानबिन होला ? प्रधानमन्त्रीले कुनै प्रमाण छैन भन्दै हुनुहुन्छ। म भन्छु कुनै होइन, पर्याप्त प्रमाण छ। यसको छिनोफानो कसले गर्छरु म आग्रह गर्छु अहिलेसम्म संसद्को अभ्यासमा पनि भएको। संसदीय मान्यतामा पनि स्थापित भएको। यदि सदनभित्र छानबिन समिति गठन गरौँ। प्रमाण छ कि छैन त्यो पनि हेरौँ। यदि सरकारले यी कुरालाई गम्भीरतापूर्वक लिएन, अगाडी बढाएन भने हाउस अवरुद्ध कांग्रेसले गर्दैन सरकार आफैँले सदन अवरुद्ध गरेको मानिनेछ। मेरो माग छ, एउटा छानबिन समिति गठन गरौँ । सांसदभित्र छानबिन समिति गठन गरेर दूधको दूध, पानीको पानी निष्पक्ष छानबिनको वातावरण सुनिश्चित गरौँ।’

प्रधानमन्त्री दाहालले गृहमन्त्रीबारे दिएको जवाफ काँग्रेसलाई चित्त नबुझेको र समिति गठन नभए आगामी बैठक चल्न नदिने कांग्रेस सांसद खतिवडाले चेतावनी दिएका थिए। उनले बैठकपछि सञ्चारकर्मीहरूसँग भने, ‘प्रधानमन्त्रीको जवाफ चित्त बुझेन। त्यसैले हामीले भन्यौँ, उहाँले गृहमन्त्री निष्पक्ष, इमान्दार हुनुहुन्छ। पोखरामा पीडितले दिएको निवेदन पनि अनुहार त्यस्तै मिलेको, दारी पनि भएको रवि लामिछाने हो की गृहमन्त्री फाल्टै अर्को हो भनेर पीडितले सोधेका छन्। त्यही जस्तो लाग्छ, उहाँ चाहिँ दोषी होइन की भनेर जवाफ दिनुभयो। हामीलाई चित्त बुझेको छैन, हामीले संसदीय समिति गठन गर्न माग गरेका छौँ। त्यो माग पूरा नगरे भोलिदेखि संसद् चल्दैन, त्यो काम सरकारको हातमा छ।’

यो सबै दृश्य नियालिरहेको सत्ता गठबन्धनको प्रमुख ठुलो दल नेकपा एमालेले भने समिति बनाउने काम सम्भव नभएको ठोकुवा गरेको छ। छानबिनका लागि कुनै बिषयनै नभएकाले संसदीय छानबिन समिति के का लागि बन्ने ? भन्ने प्रश्न एमालेको छ।

मंगलबार प्रतिनिधिसभा बैठक सकिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष केपीशर्मा ओलीले संसदीय समितिको आवश्यकता नरहेको दाबी गरे। ओलीले नेपाली काँग्रेसलाई परिपक्व प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव समेत दिए।

काँग्रेसले सरकारबाट बाहिरिनुपरेको पीडा पोखिरहेको अध्यक्ष ओलीको आरोप छ। सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेसले आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद् अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु नहुने ओलीले बताए।

उनले सञ्चारकर्मीहरूसँग भने, ‘अहिले उहाँहरू सरकारबाट बाहिर हुनुहुन्छ। सरकार भन्दा बाहिर हुने बित्तिकै नेपाली काँग्रेस जस्तो पार्टीले कुनै आवेश, उत्तेजना देखाउने, प्रतिशोधपूर्ण अभिव्यक्ति, क्रियाकलाप गर्ने र संसद् अवरुद्ध गर्ने जस्ता क्रियाकलाप गर्नु हुँदैन। हामी नेपाली काँग्रेसबाट एउटा परिपक्व प्रतिपक्षको भूमिका माग्दछौँ। संसदीय छानबिन समिति कसरी र केका लागि बन्ने ? सम्भव नै छैन।’

माअ‍ेवादीले काँग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपासँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बनाएका हुन। उनी माथी आफू सदस्य भएको सहकारी संस्थाबाट एक करोड रुपैयाँ लिएर अपचलन गरेको आरोप छ।  
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस