लुम्बिनी प्रदेश सरकारको समर्थनमा रहेका सबै दलहरुले आज समर्थन फिर्ता लिँदै छन्।गठबन्धनमा आवद्ध दलका तर्फबाट सरकारमा सहभागी भएका दलहरु सरकारबार बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिईने लोकतान्त्रीक समाजवादी पार्टी प्रदेश संसदयि दलका नेता सन्तोष कुमार पाण्डेले जानकारी दिए।
उनका अनुसार अहिले सरकारबाट बाहिरिने प्रकृया सुरु भएको र केहि बेरमै यो प्रकृया सकिने उनले बताए । ‘हामी सरकारमा रहेका र सरकारको समर्थनमा रहेका दलहरु सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णयमा पुगेका छौँ, र यो प्रकृया अहिले सुरु भएको छ,’ उनले भने ‘अबको केहिबेरमै यो प्रकृयाले टुंगो पाउँछ र वर्तमान सरकार अल्पमतमा पर्छ।’
गठबन्धनमा आवद्ध दलहरुका बिचमा भएको सहमती अनुसार सरकारमा सहभागी दलहरु सरकारबाट बाहिरिने भौतिक पूर्वाधार विकास मन्त्री तथा माओवादी सांसद ईन्द्रजीत चौधरीले जानकारी दिए। ‘आजै सरकारबाट बाहिरिन्छौँ र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौँ,’ उनले भने।
यसैगरि गठबन्धनमा आवद्ध दलहरुले आजै बहुमत सदस्यहरुको हस्ताक्षर सहित नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखलाई आह्वान गर्ने भएका छन् । गठबन्धनमा रहेका ५२ सांसदहरुको हस्ताक्षर संकलन भैसकेको र नयाँ सरकार गठनका लागि उक्त हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरिने लोसपा संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले जानकारी दिए।