प्रधानमन्त्रीले पाए विश्वासको मत
०७ चैत्र २०७९
•
४ मिनेट पाठ
प्रधानमन्त्रीले पाए विश्वासको मत
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभाको सोमबार बसेको बैठकबाट उनले झन्डै दुई तिहाइ सांसदको समर्थन प्राप्त गरेका हुन्।




बैठकमा विश्वासको मतमा मतदान गर्ने कुल सांसद संख्या २६२ थियो। तीमध्ये विश्वासको मतको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो भने तटस्थमा एक मत खसेको थियो। कुल २७५ सांसदमध्ये हाल कायम रहेका २७२ जनाको बहुमत प्राप्त गर्न १३७ मत आवश्यक थियो। जसबाट दाहालले प्राप्त गरेको मत कुल सांसदको झन्डै दुई तिहाइ हुन आउँछ।

विश्वासको मतको पक्षमा नेपाली कांग्रेसबाट ८८, नेकपा माओवादी केन्द्रबाट ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १९, जनता समाजवादी पार्टी (जसपा) बाट ११, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट १०, जनमत पार्टीबाट ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ४, नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट ४, राष्ट्रिय जनमोर्चा (राजमो) बाट १, आम जनता पार्टी (आजपा) बाट १, स्वतन्त्रबाट ३ गरी १७९ जनाको समर्थन रहेको भए पनि केही सांसद अनुपस्थित रहेकाले १७२ मत मात्र खसेको थियो। विश्वासको मतको विपक्षमा नेकपा एमालेबाट ७८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १४ गरी ९२ सांसद रहे पनि केही सांसदको अनुपस्थितका कारण ८९ मत मात्रै खसेको थियो। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भने तटस्थ बसेको थियो।

गत पुस १० गते प्रधानमन्त्री बनेका दाहालले पुस २६ गते संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत लिएका थिए भने त्यसको दुई महिना १० दिनपछि दोस्रोपटक संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत लिएका हुन्। एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्थाबमोजिम उनले विश्वासको मत लिएका हुन्। राप्रपाले गत फागुन १३ र एमालेले फागुन १५ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।

गत पुस २६ गते विश्वासको मत लिँदा दाहालले उपस्थित २७० सांसदमध्ये २६८ मत प्राप्त गरेका थिए। त्यतिबेला विपक्षमा २ मत र तटस्थमा शून्य मत परेको थियो। विपक्षमा राजमो र नेमकिपाले मात्र मतदान गरेका थिए। त्यतिबेला विश्वासको मत दिएको कांग्रेस सरकारमा नगई प्रतिपक्षमा बसेको थियो। कांग्रेसले पक्षमा मतदान गर्दा राष्ट्रपतिका लागि ‘ढोक्सा’ थापेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका थिए। प्रधानमन्त्रीमा दाहालले विश्वासको मत पाएपछि समर्थन गर्ने दलका सांसदहरूले उनलाई बधाई दिएका थिए। एमाले अध्यक्ष केपी ओली दाहाललाई बधाईसमेत नदिई बाहिरिएका थिए।

एमालेका उपनेता सुवासचन्द्र नेम्वाङ र उपाध्यक्ष विष्णु पौडेलले मात्र दाहाललाई बधाई दिएका थिए।

संसद्मा भएको छलफलमा एमाले अध्यक्ष ओलीले भाग लिनुपर्ने भए पनि उनले उपाध्यक्ष पौडेललाई बोल्न पठाएका थिए। पौडेलले एमालेसँगको सहयात्रा के कारणले टुंग्याएको भनेर प्रश्न गर्दै प्रधानमन्त्री दाहाललको सो कार्यको इतिहासले जवाफ मागिरहने बताएका थिए। पौडेलले फेरि पुरानै गठबन्धनमा फर्किनु थियो भने प्रधानमन्त्री बन्न किन एमालेतिर आएको भनेर प्रश्न पनि गरेका थिए। उनले ‘अर्को विश्वासको मत कहिले लिने, वैशाखमा?’, ‘एमालेबिना राष्ट्रिय सहमति कायम सम्भव छ?’ भन्नेजस्ता प्रश्नको जवाफ पनि दाहालसँग मागेका थिए।

प्रधानमन्त्री दाहालले सहमतिविपरीत संसद्को पहिलो बैठकमै संसद् विघटनको विषय एमाले अध्यक्ष ओलीले कुरा उठाउँदा आफू सशंकित भएको बताएका थिए। विश्वासको मत लिने प्रस्ताव पेस गर्दै प्रधानमन्त्रीले सरकार गठन गर्दा विगतका विषयमा नकोट्याउने सहमति भए पनि त्यसविपरीत संसदमा पहिलो दिनमै संसद् विघटनको संवेदनशील विषयलाई ओलीले प्रवेश गराएको उनले बताए। ‘त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक नै,’ उनले भने। एमालेसँगको सहयात्रा संविधानको रक्षाका लागि भएको र लोकतन्त्रका लागि टुटाएको दाहालले बताए। ‘शान्ति, संविधान र लोकतन्त्र, गणतन्त्र खतरामा पर्ने भएपछि एमालेसँगको सहयात्रालाई टुंग्याएको हुँ,’ उनले भने।

दाहालले प्रधानमन्त्री बनाइदिनुपर्यो भनेर आफू बालकोट नगएको दाबी गरे। आफूले कांग्रेसतिरै बल गरिरहँदा एमाले नेताहरूले अनेक गरेर बोलाएको र आफू पनि जानुपर्ने परिस्थिति बनेको उनले बताए। ‘म यतै बल गर्दै थिएँ, यही प्राकृतिक छ भन्दै थिएँ। तपाईंहरूले अनेक गरेर बोलाउनुभयो,’ उनले भने, ‘अन्ततः म जानुपर्ने परिस्थिति बन्यो, म गएँ।’ आफूलाई प्रधानमन्त्री बनाएकोमा एमाले अध्यक्ष ओलीलाई आभार व्यक्त गरेको पनि उनले सुनाए। आफूले पनि ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएको उल्लेख गर्दै दाहालले भने, ‘तपाईंले मलाई ऋण तिनुपर्ने थियो, तिर्नुभयो। एउटा त तिर्नुभयो, एउटा बाँकी छ, हिसाब राख्नुहोला।’

तर पहिलो पटक विश्वासको मत लिने दिन पुस २६ मै एमाले अध्यक्ष ओलीले संसद् विघटन सही थियो भनेर संसद्मा आफ्नो भनाइ राखेको बताउँदै दाहालले भने, ‘विश्वासको मतको दिन जसरी उहाँले संसद विघटन गर्नु सही हो भन्नुभयो, त्यही दिन यो भंग हुनेतिर गयो भन्नेमा म पुगिसकेको थिएँ।’ त्यहीबेला कांग्रेसले दाहाललाई छाडेर त्रुटि गरेको भनेर पश्चात्ताप गरेपछि उक्त पार्टीसँग आफ्नो लभ परेको उनले सुनाए। ‘त्यो लभ परेको प्रधानमन्त्रीका लागि होइन है, एजेन्डाकै लागि हो,’ उनले भने, ‘शान्ति, संविधान, लोकतन्त्र र गणतन्त्रका लागि, जसमा हिजो संसद् विघटन हुँदा लडेका थियौं, त्यही एजेन्डामा फर्किएका मात्र हौं।’

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वासको मत लिने अवस्था नआउने बताए। यो सरकार पाँच वर्षसम्म चल्ने उनले बताए। अब यो गठबन्धन आउने पाँच वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकासको बाटोमा लिएर जान्छ। राष्ट्रका सबै चुनौतीको सामना गर्न यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्छ,’ उनले भने।
अर्को समाचार
प्रधानमन्त्रीले पाए विश्वासको मत: पक्षमा १५७, विपक्षमा ११०
३० फागुन २०८०
•
२ मिनेट पाठ
प्रधानमन्त्रीले पाए विश्वासको मत: पक्षमा १५७, विपक्षमा ११०
प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन्।




गठबन्धन फेरिएसँगै नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन।

प्रधानमन्त्री दाहालको पक्षमा १५७ र विपक्षमा ११० मत खसेको छ। १ जना तटस्थ रहे।  प्रतिनिधिसभाका २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका थिए। बहुमत पुग्न १३८ मत आवश्यक थियो।

प्रतिनिधि सभाको आज बिहान ११ बजेदेखि सुरु भएको संसद्को बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन।

उनले नेपालको संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि दलीय आधारमा दुई घण्टाका लागि छलफलको समय तोकिएको थियो।

छलफलपछि सभामुख देवराज घिमिरेले विश्वासको मतलाई निर्माणार्थ प्रस्तुत गरेका थिए। पक्ष र विपक्षमा दस्तखतसहितको मत विभाजनबाट निर्णय भएको हो। पक्षमा बहुमत पुगेकाले उनले संसद्बाट विश्वास पाएका छन्।

फागुन २१ गतेपछि बनेको नयाँ गठबन्धनमा नेकपा एमाले ७९, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१, जनता समाजवादी पार्टी (जसपा) १२, नेकपा एकीकृत समाजवादी (नेकपा एस) १० गरी १५४ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ४ सांसद छन्। आम जनता पार्टीका प्रभु शाह र स्वतन्त्र सांसद अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि पक्षमा मतदान गरेका छन्।

प्रधानमन्त्रीले २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका दाहालले पुस २६ गते संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत लिएका थिए। त्यसबेला प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले पक्षमा र २ मत विपक्षमा परेको थियो।

माओवादी र एमालेसँगको गठबन्धनमा कांग्रेसले पनि पक्षमा मत हालेको थियो। त्यसको महिना दिनपछि नै पुनः माओवादी र कांग्रेससँगको गठबन्धन बनेपछि चैत ६ गते प्रधानमन्त्रीले संविधानको धारा १०० को २ बमोजिम विश्वासको मत लिएका थिए।

यसमा २६५ उपस्थित थिए भने पक्षमा १७२ मत परेको थियो भने एमालेसहितका केही दलले विपक्षमा मतदान गरेका थिए। विपक्षमा ८९ मत परेको थियो भने एक तटस्थ मत परेको थियो।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस