प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनपछि मात्र प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्। राष्ट्रपति निर्वाचन सँघारमा आएको र सबै राजनीतिक दलका शीर्ष नेता त्यसमै सक्रिय हुनुपर्ने भएकाले त्यसपछि मात्र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन १३ गते र नेकपा एमालेले फागुन १५ गते दाहाल नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू फिर्ता बोलाएका छन्। संविधानको धारा १००को उपधारा २ को व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्नेछ।
प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार पनि हुने भएको छ। एमाले र राप्रपाले सरकार छाडेसँगै अहिले प्रधानमन्त्री दाहालको जिम्मेवारीमा १६ मन्त्रालय छन्। नेतृत्वविहीन रहेका १६ मन्त्रालयमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सरकारमा सहभागी हुनेछन्।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रपतिको निर्वाचनपछाडि नै विश्वासको मत लिने र मन्त्रिपरिषद् विस्तारसहितको कुरा अघि बढ्ने बताइन्। ‘यस विषयमा व्यवस्थित ढंगले गठबन्धन दलभित्र केही छलफल पनि गर्नुपर्ने हुन्छ,’ शर्माले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘सरकारबाट निस्किसकेको अवस्थामा कुनकुन पार्टी सरकारमा प्रवेश गर्ने त्यो कुराको पनि टुंगो लगाइसकेपछि मन्त्रिपरिषद् विस्तार हुनेछ।’
यद्यपि कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस दाहाल नेतृत्व सरकारमा सहभागी हुने दाबी गरेका छन्।