राष्ट्रपतिबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। राष्ट्रपति पदका लागि आज उम्मेदवारी मनोनयन हुने भएकोले उम्मेदवारी दिने-नदिने वा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने बताइएको छ। साथै सत्तागठबन्धनबाट बाहिरिने वा बस्ने सम्बन्धमा पनि आजको बैठकमा छलफल हुने छ।
हिजो आठ दलले कांग्रेसको उम्मेदवारलाई राष्ट्रपति बनाउने सम्बन्धमा सहमति गरेपछि अहिलेको सत्तारुढ गठबन्धन टुटेको एमाले नेताहरुले बताइसकेका छन्। यस्तोमा सरकारमा बसिराख्ने वा छाड्ने भन्ने विषयमा पनि आजको बैठकले निर्णय गर्ने छ।