प्रभु साह आम जनता पार्टीको सांसद
१२ फागुन २०७९
•
१ मिनेट पाठ
प्रभु साह आम जनता पार्टीको सांसद
निर्वाचन आयोगले स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको भन्दै संसद् सचिवालयमा पत्र पठाएको छ।  बिहीबार सचिवालयमा पठाइएको पत्रमा स्वतन्त्र सांसद प्रभु साह आम जनता पार्टीको सांसद भएको उल्लेख गर्दै पत्र पठाएको हो।  संसदमा आम जनता पार्टीको एक सिट हुनेछ।  कानुन बमोजिम एक सिट जिटेको पार्टीले पनि स्वतन्त्र हैसियत प्राप्त गर्नेछ।  




२०७९ साल मंसिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उमेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए।  उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए।  उनको पार्टीलाई आयोगले मान्यता दिएपछि संसद् सचिवालयमा पत्र पठाएको हो। 
अर्को समाचार
समानान्तर सरकार बनाउँछु: प्रभु साह
१२ पौष २०८०
•
३ मिनेट पाठ
समानान्तर सरकार बनाउँछु: प्रभु साह
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्नुपर्ने माग गर्दै आएका आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अर्ध सैनिक बल निर्माणको अभियानमा जुटेका छन्। 




अहिलेको संवैधानिक व्यवस्था असफल भएकाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्थामा जानुको विकल्प नभएको बताउँदै आएका साहले अहिले दलतन्त्र भएकाले आम जनताको शासन हुनुपर्ने बताउँदै आएका छन्।

सरकार र अहिलेका राजनीतिक दल तिनका नेताहरु आफूलाई नसच्याए र अन्तरिम सरकार गठन नभए साहले समानान्तर सरकार निर्माण गर्ने निष्कर्षमा समेत पुगेका छन्। त्यसैको पूर्व तयारी गर्दै साहले छुटै अर्ध सैनिक बल निर्माण गर्दै अगाडी बढ्न खोजेका हुन्।

आजपा साहले तत्काल अन्तरिम सरकार गठन गर्नुपर्ने र मुलुकलाई नयाँ ढंगले अघि बढाउनुपर्ने बताउँदै भने, ‘ढिलो चाँडो हाम्रो माग पूरा हुन्छ । यही तरिकाले देश अगाडी बढ्न सक्दैन। तत्काल यो व्यवस्था खारेजी हुनुपर्छ र अन्तरिम सरकार गठन हुनुपर्छ।’

उनले अहिलेको संविधानले पनि देश र जनतालाई निकास नदिने ठोकुवा गरेका छन्। मुलुकमा ठूला दलका ठूला नेताहरुको हालीमुहाली र एकछत्र राज चल्दै आएको भन्दै यसरी मुलुक अघि बढ्न नसक्ने साहको टिप्पणी छ। उनले भने, ‘देशमा कहाँ लोकतन्त्र छ रु देश लोकतन्त्रको नाममा झन् झन बर्वादीको बाटोमा हिँडेको छ। अहिले लोकतन्त्रको नाममा दलतन्त्र हाबी भएको छ, र नेताहरुको लुटतन्त्र चलिरहेको छ। जनता जागरूक हुने बेला आइसकेको छ। त्यसैले हामीले यो व्यवस्थाले निकास दिँदैन भनेका छौँ।’

यही १४ पुसमा आजपा निकटको आइटी आर्मीको राष्ट्रिय भेला रौतहटको मौलापुरमा बोलाएको छ। एक हप्ता सम्म चल्ने सो भेलामा सहभागी हजारौँ युवालाई सैन्य तालिम दिन लागिएको हो। देश भरीबाट हजारौँ युवा सहभागी सो भेलामा केही विशिष्ट प्रशिक्षकलाई समेत सहभागी गराउँदै युवाहरूलाई एक हप्तासम्म तालिम दिन लागिएको हो। 

आजपा प्रवक्ता समेत रहेका आइटी आर्मीका अध्यक्ष चन्द्रभुषण साहले भेलाबाट नयाँ नेतृत्व चयनका साथै आइटी, प्रविधि, सामाजिक सञ्जाल लगायतको पहुँच एवं प्रयोगका साथै शारीरिक तालिमबारेमा समेत एक हप्तासम्म प्रशिक्षण दिने बताए। सङ्गठनको साङ्गठनिक प्रतिवेदन समेत भेलामा प्रस्तुत गरिने उनले बताए। आवास सहितको हुने सो भेलाबाट दक्ष जनशक्ति निर्माण गर्दै अगाडी बढ्ने उद्देश्य रहेको साहले बताए।

अर्ध सैनिक बल निर्माणको अभियानमा लागेका आजपा अध्यक्ष प्रभु साह भने आज काठमाडौँबाट मधेस झरेका छन्। साह एक हप्तासम्म मधेसमै रहने बताइएको छ। अहिले मौलापुरमा त्यसका लागि तयारी तीव्र रूपमा भइरहेको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए।

आजपाले आइटी आर्मीको पुस १४ गते हुने रौतटहको राष्ट्रिय भेलामा युवाहरूलाई शारीरिक तालिम प्रदान गर्नुको साथै सूचना तथा प्रविधिको पहुँच र उपयोगबारे पनि प्रशिक्षण गरिने केन्द्रीय सदस्य सापकोटाले जनाएका छन्। 

‘अहिले विज्ञान तथा प्रविधिको युग हो, हामी युवाहरूलाई यसको अधिकतम सही उपयोगको लागि सङ्गठित रूपमा तालिम प्रदान गर्दैछौं। भ्रष्टाचारको विरुद्धमा हामीले यही सङ्गठनमार्फत भण्डाफोर गर्नुका साथै जनतालाई सुसूचित गराउनेछौँ। अब हामी देशलाई पूर्ण रुपमा डिजिटल बनाउनेगरि अघि बढेका छौँ’ सापकोटाले भने।
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस