पाँच वर्षे अवधिमा कर्णाली प्रदेश सभाले ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ। जनसरोकार, सरकार सञ्चालन लगायतका कानुन निर्माण गर्दै प्रदेश सभाले आफ्नो कार्यकाल सकेको हो।
कर्णाली प्रदेश सभा सचिवालय।यो अवधिमा सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा ६ वटा विधेयक पठाएको छ। प्रदेश सभा सचिवालयमा दर्ता भई टेबुल हुन बाँकी ३ वटा विधेयक छन्। प्रदेश सभामा टेबुल भई कारबाही प्रक्रियामा २ वटा विधेयक रहेका छन्।
पहिलो कार्यकालमा २ सय १७ पटक बैठक बसेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ। कर्णाली प्रदेश सभामा ८३ वटा विधेयक दर्ता भएका भएकोमा अध्यादेश ८ वटा, फिर्ता विधेयक ८ वटा र निष्क्रिय विधेयक ३ वटा रहेको छ। अध्यादेश, फिर्ता विधेयक र निष्क्रिय विधेयक बाहेक खुद विधेयक ६४ वटा रहेको छ। कर्णाली प्रदेशसभाले जनसरोकारसँग सम्बन्धी निर्मित १३ वटा विधेयक र कर्णाली प्रदेश सरकार सञ्चालनसम्बन्धी ४० वटा विधेयक बनाएको छ।
कर्णाली प्रदेशमा ४० जना माननीय सदस्यहरू प्रतिनिधित्व गर्ने गरेका छन्। जसमा २४ प्रत्यक्ष चुनावबाट र १६ जना समानुपातिक प्रतिनिधित्व रहेको छ। कर्णाली प्रदेशसभाको पहिलो बैठक २०७४ माघ २१ गते ज्येष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा बसेको थियो। प्रदेश सभाले २०७४ माघ २८ गते सभामुखमा राजबहादुर शाही र २०७४ फागुन ५ गते उपसभामुखमा पुष्पा घर्ती (विष्ट) लाई निर्वाचित गरेको थियो।
प्रदेश सभाको पहिलोदेखि दशौं अधिवेशनसम्म पुग्दा ५ वर्षको अवधिमा २ सय ८४ घण्टा ५२ मिनेट ५९ सेकेण्ड सभा चलेको थियो। कर्णाली प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको कार्यकालको अन्तिम बैठक २०७९ श्रावण १८ गते बसेको थियो।
कर्णालीमा ५ वटा दलहरूले प्रतिनिधित्व गर्छन्। २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बसेको दिनलाई प्रदेश सभा स्थापना दिवसका रुपमा बनाउँदै आएको छ। यस अवसरमा पूर्व माननीय पदाधिकारी र सदस्यहरुलाई सम्मान कार्यक्रम समेत गरिएको प्रदेश सभा सचिवालयका सचिव जीवनराज बुढाथोकीले बताए।
कार्यक्रममा कर्णाली प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, सभामुख नन्दा गुरुग, उपसभामुख यशोदा न्यौपाने, प्रदेशका मन्त्रीहरु, माननीयहरू, पूर्व माननीयहरू, सचिवहरू तथा सुरक्षा निकायका प्रदेश प्रमुखहरू लगायत सहभागी थिए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।
रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।
उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’
उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’
तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...