गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ: सांसद खड्का
१२ माघ २०७९
•
२ मिनेट पाठ
गुणस्तरीय शिक्षाका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ: सांसद खड्का
नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधि सभा सदस्य पूर्णबहादुर खड्काले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन्। उपसभापति खड्काले प्रतिष्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताए।




‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माविको ४९ ओैं वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ।’

उनले विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको बताए। ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’ खड्काले भने, ‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्, पढाईको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरूरी छ।’

उपसभापति खड्काले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए। ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवनपद्दती सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अनुशासन, चरित्रवान र जीवनपद्दती बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो।’

उपसभापति खड्काले विद्यालयले राखेका मागहरु पूरा गर्ने प्रतिवद्धता पनि जनाए। नेरामाविले आवासीय विद्यालय सञ्चालन गर्नुका साथै पालिकाभरिका अभिभावक विद्यार्थीहरुलाई पनि पढाउँदै आएको छ। विद्यालयले माग गरेको स्कुल बसलगायत पूर्वाधार निर्माणका मागहरु पूरा गर्ने उनले बताए।

उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिवद्धता पनि दोहो¥याए। ‘सरकार फेरबदल हुँदा चुनावमा गरिएका वाचाहरु पूरा हुँदैनन् कि भन्ने मतदातामा चिन्ता देखियो,’ उनले भने, ‘हामीले पाँच वर्षका लागि जे–जे बाचा गरेका थियौं, ति सबै पूरा हुन्छन्।’

गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले पालिकाभित्रका अभिभावक नभएका बालबालिकाको अभिभावकत्व नगरपालिकाले ग्रहण गरेको बताए। ‘त्यस्ता बालबालिकालाई यसै विद्यालयमा आवासीय रुपमा राखेर राम्रो शिक्षाको प्रवन्ध मिलाएका छौं,’ उनले भने, ‘कुनै पन बालबालिका शिक्षाको उज्यालोबाट बन्चित नहुन भन्नेमा हामी चनाखो छौं।’ उनले आवासीय विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताए।
अर्को समाचार
आधुनिक शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गर्छौं: उपप्रधानमन्त्री खड्का
०८ वैशाख २०८०
•
२ मिनेट पाठ
आधुनिक शहर बनाएर नयाँ पुस्तालाई नासोका रूपमा हस्तान्तरण गर्छौं: उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले २० वर्षपछि भेरी किनारमा नमूनाको आधुनिक निर्माण सम्पन्न गरेर नयाँ पुस्तालाई नासोका रूपमा सुम्पने बताएका छन्।




शुक्रबार सुर्खेतको गुर्भाकोट नगरपालिकामा भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर परियोजनाको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले नयाँ पुस्तालाई भेरी नदी किनारमा सुन्दर बस्ती बसाएर नासोका रूपमा हस्तान्तरण गर्ने बताएका हुन्। उनले स्थानीय  नागरिकहरूसँग छलफलपछि मन्त्रिपरिषद्ले गुरूयोजनालाई कानुनको रूप दिने बताए।

सरकारले आर्थिक वर्ष ०६८/०६९ को नीति तथा कार्यक्रममा भेरीगंगा उपत्यकामा नमुनाको आधुनिक शहर निर्माणको घोषणा गरेपनि झण्डै १० वर्षपछि आयोजना कार्यालय स्थापना गरिएको हो।

रक्षा एवम् कानुन,न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका खड्काले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माणको काम अघि बढिरहेको बताए। उनले गुरूयोजना अनुसार तीन तहका सरकारले भेरीगंगा उपत्यकामा आधुनिक शहर बनाइने बताए।

उनले नयाँ शहरमा सबै किसिमका सुविधा नागरिकहरूलाई उपलब्ध गराइने बताए। 'मानिसको जीवनमा सबै खालका सुविधा र अवसरहरू यो शहरबाट उपलब्ध गराउने उद्देश्य हामीले लिएका छौं,' उनले भने, 'देशका अन्य क्षेत्रले भेरी किनारको नयाँ शहरबाट सिक्ने र आफ्नो क्षेत्रमा लागू गर्न सक्ने बनाउँछौं।'

उनले स्थानीय तहलाई गुरूयोजना अनुसार काम गर्न निर्देशन दिए। 'विकास निर्माणका कामहरू गर्दा कम्तिमा एक सय वर्षलाई सोचेर स्थानीय तहहरूले काम गर्न जरूरी छ,' उनले भने, 'अहिले स्थानीय तहले गरेका विकास(निर्माणका कामहरू दीर्घकालीन छैनन्।'  

उनले भेरी किनारमा निर्माण हुन लागेको नमूनाको आधुनिक शहरका लागि बजेटको अभाव नहुने बताए। 'आधुनिक शहरका लागि स्वदेशी मात्रै होइन्, विदेशबाट पनि स्रोत जुटाउँछौं,' उनले भने, 'बजेट अभावका कारण आधुनिक शहर निर्माणको काम रोकिदैन्।' 

भौतिक पूर्वाधार शहरी विकास मन्त्रालयका सहसचिव एकराज अधिकारीले भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहरको गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको बताए। उनले २१०० सालभित्रमा आधुनिक शहर निर्माणका कामहरू सम्पन्न हुने बताए। उनले नेपालमा बन्दै गरेका नयाँ शहर मध्ये भेरीगंगा नमूनाको शहर ११ ओैं शहर भएको बताए। 'अरू १० वटा नयाँ शहरको कार्यालय स्थापना गरेर काम गरिरहेका छौं,' उनले भने, 'नयाँ शहरको ११ ओैं कार्यालय स्थापना गरेर ओैपचारिक काम सुरू गरेका छौं।'

सहसचिव अधिकारीले पहाडी जिल्लाबाट तराईमा हुने बसाइँ सराई रोक्नका लागि भेरी नदी किनारको आधुनिक शहर महत्त्वपूर्ण हुने बताए। 'पहाडी जिल्लाहरूमा जनसंख्या कम छ, बसाइँ सराइ बढ्दो छ,झ उनले भने, ञयसको सन्तुलन मिलाउन भेरी किनारमा बन्ने नयाँ शहरले महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

नयाँ शहर योजनाले भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेट्ने छ। सहसचिव अधिकारीले तीन वटै पालिकासँग समन्वय र सहकार्य गरेर काम गर्ने बताए। 'यो नेपालकै ठूलो शहर आयोजना हो,' उनले भने, 'अरू नयाँ शहरजस्तो सानो भूगोलमा बन्ने खालको होइन्।'  

भेरीगंगा उपत्यका नमूनाको आधुनिक शहर कार्यालयका निमित्त आयोजना प्रमुख रामकृष्ण आचार्यका अनुसार ४० अर्व हाराहारीको लागतमा नयाँ शहर बन्नेछ।
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
यो पनि पढौँ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस