सन्तोषजनक निर्वाचन सुरक्षा
२२ मंसिर २०७९
•
४ मिनेट पाठ
सन्तोषजनक निर्वाचन सुरक्षा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा २६० वटा सुरक्षा चुनौतीका घटना भएका छन्। असोज २३ मा मनोनयन दर्ता भएयता मंसिर २० सम्म चलेको मतगणना सकिँदाका ५९ दिनसम्मको अवधिमा २६० वटा सुरक्षा चुनौतीका घटना भएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।




मनोनयन दर्ताअघिका केही दिनदेखि मतदानको अघिल्लो दिनसम्म प्रचार–प्रसारका अवधिमा ७९ घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ; जसमा सबैभन्दा बढी ४३ घटना ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ फेलासम्बन्धी घटना भएका छन्। यस्तै प्रचार-प्रसारका अवधिमा दल तथा कार्यकर्ताबीच द्विपक्षीय झडपका १६ वटा घटना भएका छन् भने १६ वटा अन्य घटना भएका छन्। दुईवटा झडपका घटना प्रहरीसँगै भएका छन्।

यस्तै मतदानका दिन १५८ घटना भएका छन्; जसमा ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ भेटिएका ५८, द्विपक्षीय झडपका २६, सुरक्षा निकायसँग झडपका दुई, मतपत्र च्यात्ने र मतपेटिकामा क्षति पुर्‍याउने १४, मतदानमा खटिएका कर्मचारीको लापरबाहीका ८ घटना भएका छन्। यस्तै मतपेटिका ढुवानीका क्रममा चारवटा घटना भएको प्रहरी तथ्यांक छ।

मतगणनाका क्रममा ११ वटा घटना भएको तथ्यांक छ भने विजय जुलुसमा ३ घटना भएका छन्। यस्तै ५ घटनामा पुनः मतदान भएको छ।

मधेसमा विस्फोटक पदार्थ नै भेटिएन

सबै प्रक्रियाका दौरान शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ भेटिएका १०१ घटना फेला परेको प्रहरीले जनाएको छ। यस्ता विस्फोटक पदार्थ सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २७, बागमती प्रदेशमा २३, लुम्बिनी प्रदेशमा १७, प्रदेश १ मा १६, कर्णाली प्रदेशमा १४, गण्डकी प्रदेशमा चारवटा फेला परेका छन्। यसपटक मधेस प्रदेशमा भने यस्ता घटना देखिएनन्।

त्यस्ता घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता पाइएको प्रहरीले जनाएको छ। ‘यसमा विप्लव समूहकै संलग्नता देखिन्छ। यद्यपि उहाँहरू स्वीकार गर्नुहुन्न’, नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘केही ठाउँमा हामीले यस्ता गतिविधिमा संलग्न विप्लव समूहका कार्यकर्ता पक्राउ गरेका छौं। त्यही कारण मूलतः यसमा उहाँहरूकै संलग्नता देखिन्छ।’

१२२ फायर गोली चल्यो, एकजनाको मृत्यु

निर्वाचन सुरक्षाकै दौरान १२२ राउन्ड गोली चलेको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ। यसमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ३९ राउन्ड चलेको छ भने दोस्रोमा ३८ राउन्ड सुदूरपश्चिम प्रदेशमा चलेको छ।

यस्तै बागमती प्रदेशमा ३० राउन्ड, प्रदेश १ मा ७ राउन्ड, मधेसमा ६ राउन्ड र गण्डकीमा २ राउन्ड गोली चलेको देखिन्छ। जिल्लागत रूपमा सबैभन्दा बढी हुम्लामा ३१ राउन्ड गोली चलेको प्रहरी तथ्यांकले देखाउँछ। यस्तै दोस्रोमा दोलखामा २९ राउन्ड र तेस्रोमा बाजुरामा २८ राउन्ड गोली चलेको देखिन्छ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा तनाव बढ्दै गएपछि प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका सञ्जीव अयडीको मृत्यु भएको थियो। सोही ठाउँमा द्विपक्षीय झडप हुँदा अर्का युवा चेतन अयडीको पनि मृत्यु भएको थियो।

यस्तै ताप्लेजुङ, सिरहा, रौतहट, चितवन, स्याङ्जा, डोल्पा, डोटी, दार्चुला, बझाङ र अछाममा पनि गोली चलेको थियो। बाजुराको एक राउन्डबाहेक बाँकी हवाई फायर मात्रै गरिएको प्रहरीले जनाएको छ।

सुरक्षामा खटिएका ७ प्रहरी र १ म्यादीको मृत्यु

यस्तै निर्वाचन सुरक्षामा खटिएका ७ प्रहरी र एकजना म्यादी प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सबै जनाको मृत्यु दुर्घटनामा परेर भएको हो।

मतदानको दोस्रो दिन बैतडीको पाटन नगरपालिका-४ थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने मंसिर ४ मा कपिलवस्तुको बाणगंगा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।

यस्तै कात्तिक १७ गते गस्ती हिँडेकी एक म्यादी प्रहरीको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा भीरबाट लडेर मृत्यु भएको थियो। यस्तै सुरक्षाकै क्रममा विभिन्न घटनामा परी १८ जना प्रहरी र १९ जना म्यादी प्रहरी घाइते हुन पुगेको पनि प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ।

केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी राई बताउँछन्। ‘हामी शून्य घटना नै चाहन्छौं। एक फायर चलाउनु नपरोस्, कुनै हताहती नहोस् भन्ने चाहन्छौं’, उनले भने, ‘त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।’

यसपटक अपेक्षा गरेअनुसार नै प्रतिस्पर्धी दल र उम्मेदवारबीचको द्वन्द्व नै प्रमुख समस्या देखिएको डिआइजी राईले बताए। उनले भने, ‘थोरै समन्वय र सद्भावको कमी देखिएको छ। आगामी दिनमा त्यो समाधान हुँदै जाला।’  
अर्को समाचार
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो
१७ मंसिर २०७९
•
१ मिनेट पाठ
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ।निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा (एमाले) ले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ।




नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ। स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ। यस्तै माओवादी केन्द्र १७, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन्। स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस