रोचक बन्दै काठमाडौं- ६ को निर्वाचन
२४ कार्तिक २०७९
•
३ मिनेट पाठ
रोचक बन्दै काठमाडौं- ६ को निर्वाचन
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन्। उम्मेदवार आफ्ना एजेण्डा बोकर जनतामाझ पुगिरहेका छन्। उम्मेदवारले सबैले आफूले जित्ने दाबी गरिरहेका छन्।




काठमाडौँ क्षेत्र नं ६ मा पुराना उम्मेदवार र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि सत्तागठबन्धनबाट नेपाली कांग्रेसका पुरानै उम्मेदवार भीमसेनदास प्रधान चुनावी मैदानमा छन्। नेकपा ९एमाले०बाट पहिलोपटक सर्वेन्द्र खनाल प्रतिस्पर्धामा छन्।

कांग्रेस नेता प्रधान यसअघि दुईपटक सो क्षेत्रबाट सांसदमा निर्वाचित भइसकेका छन्। विसं २०७४ को निर्वाचनमा प्रधान वाम–गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का झक्कुप्रसाद सुवेदीलाई एक हजार तीन सय मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए।  

पूर्वप्रहरी महानिरीक्षकसमेत रहेका खनाल केही समयअघि मात्र एमालेमा प्रवेश गरेका हुन्। उनी पहिलोपटक प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा उत्रीएका हुन्। काठमाडौँको राजनीतिका लागि खेलाडी मानिने प्रधान आफ्नो जीतलाई कायमै राख्ने कसरतमा छन् भने खनाल कांग्रेसको किल्ला भत्काउने दाउमा छन्।  

कांग्रेसका उम्मेदवार तथा पूर्वरक्षामन्त्री प्रधानको नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जगेर्ना गर्नु प्रमुख एजेण्डा रहेको छ। उनले आफ्नो क्षेत्रभित्र रहेका परम्परा, संस्कृति, सम्पदा र संस्कारको जर्गेना गर्ने मुख्य लक्ष्य लिएका छन्।  

त्यस्तै एमालेका उम्मेदवार खनाल सहरी बस्ती भएका क्षेत्रमा खानेपानी, ढल, विद्युत्को समस्याको समाधान र काठ क्षेत्रमा कृषि तथा घरेलु उद्योगको विकास गर्ने एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन्। आफ्नो क्षेत्रभित्र रहेका संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने उनको प्रमुख योजना रहेको छ।

प्रधान र खनालसहित विवेकशील साझा पार्टीका अजित खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश्वर कार्की, हाम्रो नेपाल पार्टीका मुकुन्द सिलवाल, नेपाल आमा पार्टीका राजेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुप्रसाद आचार्य, मौलिक जरोकिलो पार्टीका कमल न्यौपाने, एकीकृत शक्ति नेपालका काजी कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका तारा रसाइली, जनता समाज पार्टी नेपालका मनोज आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र नेपाल मजदुर पार्टीका सनकमान महर्जनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्।  

यसैगरी किरण इङ्नाम, बलबहादुर केसी, विष्णुप्रसाद ढकाल, राजेश श्रेष्ठ ९मास्के०,खगेन्द्र ढकाल, जनकराज थपलिया, दिपु उप्रेती, निर्देश सिलवाल, प्रेमसागर कर्माचार्य, सञ्जयमान श्रेष्ठ र सानुकान्छा महर्जनको पनि स्वतन्त्र उम्मेदवारी परेको छ।

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य एक पदका लागि कूल २४ जनाको उम्मेदवारी परेको छ। त्यसमध्ये ११ स्वतन्त्र र १३ विभिन्न राजनीतिक दलका उम्मेदवार छन्।  

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिकाका तीन, तारकेश्वर नगरपालिकाका आठ र टोखा नगरपालिकाका पाँच वडा समेटिएका छन्। त्यसमध्ये कांग्रेसले काठमाडौँका वडा नं २६, २७ र २८, तारकेश्वरका वडा नं २, ६, ७, ८, १०, ११ र टोखाको वडा नंं १ गरी १० वडामा विजयी हासिल गरेको छ। एमालेले तारकेश्वरका वडा नं १ र ९, सोही क्षेत्रभित्र पर्ने टोखाका वडा नं ८, ९, १० र ११ गरी छ वडामा विजय प्राप्त गरेको छ।

गत स्थानीय तहको निर्वाचनको मतपरिणामलाई केलाउँदा कांग्रेस गठबन्धनको साथविना पनि बलियो देखिएको छ। कांग्रेसका वडाध्यक्षले १७ हजार दुई सय ७७, एमालेका वडाध्यक्षले १४ हजार दुई सय ५६, नेकपा (माओवादी केन्द्र)ले एक हजार चार सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले सात सय ८० मत प्राप्त गरेका छन्।  

एमालेभन्दा कांग्रेस एक्लै पनि तीन हजार २१ मतान्तरले अगाडि छ। बासठ्ठी हजार एक सय दुई कूल मतदाता रहेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काठमाडौँ–६ मा ३२ मतदानस्थल र ७५ मतदान केन्द्र निर्धारण गरिएको छ। सोमध्ये २९ हजार नौ सय ६३ पुरुष र ३२ हजार एक सय ३८ महिला मतदाता छन्। रासस
अर्को समाचार
सन्तोषजनक निर्वाचन सुरक्षा
२२ मंसिर २०७९
•
४ मिनेट पाठ
सन्तोषजनक निर्वाचन सुरक्षा
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका क्रममा २६० वटा सुरक्षा चुनौतीका घटना भएका छन्। असोज २३ मा मनोनयन दर्ता भएयता मंसिर २० सम्म चलेको मतगणना सकिँदाका ५९ दिनसम्मको अवधिमा २६० वटा सुरक्षा चुनौतीका घटना भएको नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।




मनोनयन दर्ताअघिका केही दिनदेखि मतदानको अघिल्लो दिनसम्म प्रचार–प्रसारका अवधिमा ७९ घटना भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ; जसमा सबैभन्दा बढी ४३ घटना ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ फेलासम्बन्धी घटना भएका छन्। यस्तै प्रचार-प्रसारका अवधिमा दल तथा कार्यकर्ताबीच द्विपक्षीय झडपका १६ वटा घटना भएका छन् भने १६ वटा अन्य घटना भएका छन्। दुईवटा झडपका घटना प्रहरीसँगै भएका छन्।

यस्तै मतदानका दिन १५८ घटना भएका छन्; जसमा ‘शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ’ भेटिएका ५८, द्विपक्षीय झडपका २६, सुरक्षा निकायसँग झडपका दुई, मतपत्र च्यात्ने र मतपेटिकामा क्षति पुर्‍याउने १४, मतदानमा खटिएका कर्मचारीको लापरबाहीका ८ घटना भएका छन्। यस्तै मतपेटिका ढुवानीका क्रममा चारवटा घटना भएको प्रहरी तथ्यांक छ।

मतगणनाका क्रममा ११ वटा घटना भएको तथ्यांक छ भने विजय जुलुसमा ३ घटना भएका छन्। यस्तै ५ घटनामा पुनः मतदान भएको छ।

मधेसमा विस्फोटक पदार्थ नै भेटिएन

सबै प्रक्रियाका दौरान शंकास्पद वस्तु तथा विस्फोटक पदार्थ भेटिएका १०१ घटना फेला परेको प्रहरीले जनाएको छ। यस्ता विस्फोटक पदार्थ सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी २७, बागमती प्रदेशमा २३, लुम्बिनी प्रदेशमा १७, प्रदेश १ मा १६, कर्णाली प्रदेशमा १४, गण्डकी प्रदेशमा चारवटा फेला परेका छन्। यसपटक मधेस प्रदेशमा भने यस्ता घटना देखिएनन्।

त्यस्ता घटनामा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता पाइएको प्रहरीले जनाएको छ। ‘यसमा विप्लव समूहकै संलग्नता देखिन्छ। यद्यपि उहाँहरू स्वीकार गर्नुहुन्न’, नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने, ‘केही ठाउँमा हामीले यस्ता गतिविधिमा संलग्न विप्लव समूहका कार्यकर्ता पक्राउ गरेका छौं। त्यही कारण मूलतः यसमा उहाँहरूकै संलग्नता देखिन्छ।’

१२२ फायर गोली चल्यो, एकजनाको मृत्यु

निर्वाचन सुरक्षाकै दौरान १२२ राउन्ड गोली चलेको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ। यसमा सबैभन्दा बढी कर्णाली प्रदेशमा ३९ राउन्ड चलेको छ भने दोस्रोमा ३८ राउन्ड सुदूरपश्चिम प्रदेशमा चलेको छ।

यस्तै बागमती प्रदेशमा ३० राउन्ड, प्रदेश १ मा ७ राउन्ड, मधेसमा ६ राउन्ड र गण्डकीमा २ राउन्ड गोली चलेको देखिन्छ। जिल्लागत रूपमा सबैभन्दा बढी हुम्लामा ३१ राउन्ड गोली चलेको प्रहरी तथ्यांकले देखाउँछ। यस्तै दोस्रोमा दोलखामा २९ राउन्ड र तेस्रोमा बाजुरामा २८ राउन्ड गोली चलेको देखिन्छ।

बाजुराको त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा तनाव बढ्दै गएपछि प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका सञ्जीव अयडीको मृत्यु भएको थियो। सोही ठाउँमा द्विपक्षीय झडप हुँदा अर्का युवा चेतन अयडीको पनि मृत्यु भएको थियो।

यस्तै ताप्लेजुङ, सिरहा, रौतहट, चितवन, स्याङ्जा, डोल्पा, डोटी, दार्चुला, बझाङ र अछाममा पनि गोली चलेको थियो। बाजुराको एक राउन्डबाहेक बाँकी हवाई फायर मात्रै गरिएको प्रहरीले जनाएको छ।

सुरक्षामा खटिएका ७ प्रहरी र १ म्यादीको मृत्यु

यस्तै निर्वाचन सुरक्षामा खटिएका ७ प्रहरी र एकजना म्यादी प्रहरीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सबै जनाको मृत्यु दुर्घटनामा परेर भएको हो।

मतदानको दोस्रो दिन बैतडीको पाटन नगरपालिका-४ थुममा प्रहरी बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो भने मंसिर ४ मा कपिलवस्तुको बाणगंगा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।

यस्तै कात्तिक १७ गते गस्ती हिँडेकी एक म्यादी प्रहरीको धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा भीरबाट लडेर मृत्यु भएको थियो। यस्तै सुरक्षाकै क्रममा विभिन्न घटनामा परी १८ जना प्रहरी र १९ जना म्यादी प्रहरी घाइते हुन पुगेको पनि प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ।

केही दुःखद् घटनाबाहेक निर्वाचन सुरक्षा सन्तोषजनक रूपमा सम्पन्न भएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी राई बताउँछन्। ‘हामी शून्य घटना नै चाहन्छौं। एक फायर चलाउनु नपरोस्, कुनै हताहती नहोस् भन्ने चाहन्छौं’, उनले भने, ‘त्यति त हुन सकेन तर पनि विगतका निर्वाचनभन्दा यसपटक निकै सहज सुरक्षा देखिएको छ।’

यसपटक अपेक्षा गरेअनुसार नै प्रतिस्पर्धी दल र उम्मेदवारबीचको द्वन्द्व नै प्रमुख समस्या देखिएको डिआइजी राईले बताए। उनले भने, ‘थोरै समन्वय र सद्भावको कमी देखिएको छ। आगामी दिनमा त्यो समाधान हुँदै जाला।’  
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस