१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)
१५ असोज २०७९
•
१ मिनेट पाठ
१० वर्षपछि दशरथ रंगशालामा कन्सर्ट (फोटोफिचर)
दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट भएको छ। शनिबार दशैँको अवसरमा रंगशालामा सांगीतिक कन्सर्ट भएको हो। 




कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रश्तुती दिएका छन्। कन्सर्ट पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा भएको हो। आयोजकले कन्सर्टमा २० हजार भन्दा बढी दर्शक उपस्थित हुने अपेक्षा राखेको थियो। सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको छ। 

महोत्सवको टिकटक प्रतिष्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनाले पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कारहरु प्रदान गरिनेछ।

https://images.nagariknewscdn.com/photos/1664624620_CONSART%20RANGASALA.jpg
अर्को समाचार
हात्तीलाई पियानो कन्सर्ट
२७ मंसिर २०८०
•
२ मिनेट पाठ
हात्तीलाई पियानो कन्सर्ट
बेलायती नागरिक पल बर्टनले जीवनका महत्त्वपूर्ण समय घुमेरै बिताए। जब उनी थाइल्याण्ड पुगे, त्यहाँकी एक मनोरमासँग रमाउन थाले। उनी थिइन्, ख्वान। त, यी ख्वानसँग थाइलाण्डमै जीवन बिताउँदै जाँदा उनी थाइल्याण्डकै बने।




पलको एउटा खुबी थियो। उनी राम्रोसँग पियानो बजाउन जान्दथे। खासमा पियानो बजाएरै ख्वानलाई फकाए भन्दा पनि फरक पर्दैन।ख्वान चित्रकार हुन्। उनले पनि यतिञ्जेलसम्म जंगली जनावरका चित्र बनाएरै जीविकोपार्जन गरिरहेकी थिइन्। यसैमा नाम र दाम कमाइन्।

अचानक पललाई लाग्यो, ओहो हामी दुईले एक ज्यान भएर जीवन बिताउने कसम खाएको पनि निकै वर्ष भयो। जंगली जनावरको अभियन्ताका रुपमा ख्वानले पनि कयौं वर्ष बिताइन् भने नजिकैको एउटा हात्ती केन्द्रमा केही विशेष कार्यक्रम किन नगर्ने ?

नजिकैको हात्ती केन्द्रमा सन् ७० र ८० को दशकमा थाइल्याण्डमा बढ्दो जंगल फँडानीका क्रममा घाइते भएका हात्तीलाई ल्याइएको थियो। केहीका आँखा फुटेर देख्न सक्तैनन्। केही गम्भीर घाइते भएकाले हिँड्न सक्तैनन्।करिब दर्जनको संख्यामा रहेका यी हात्तीलाई किन आफ्नो कौशल नसुनाउने ? यसपछि उनले सो हात्ती केन्द्रमा आफ्नो पियानो कौशलता सुनाउने निधो गरे।

जब हात्तीलाई पियानो कन्सर्ट दिनेबारे सुनाए, हात्ती केन्द्रका कर्मचारीहरु पनि रमाए। कम्तीमा हात्तीका बारेमा सोच्ने यो विदेशी पनि रहेछ ! त्यसपछि छेउमा पियानो राखियो। पियानोको छेउमा रोगी हात्तीहरुलाई लाइनै उभ्याइयो। उनीहरुलाई मनपर्ने घाँस पस्किइयो।यसपछि पलले प्रख्यात संगीतकारहरुका सिर्जना बजाउन थाले।जब जब गज्जबका नोटहरु पलले बजाउँथे, केही हात्तीका कान ठाडा हुन्थे। केही हात्तीले सारा कन्सर्टलाई गम्भीरतापूर्वक लिए। केहीले भने वास्तै गरेनन्। 

तर हात्तीहरुले समग्रमा कन्सर्ट मन पराए भन्ने पलको धारणा छ।उनी भन्छन्, ‘तिनले हामीलाई खेदाउन पनि सक्थे नि, तर खेदाएनन्। शान्त भएर बसे, सुने। केहीले प्रतिक्रिया पनि जनाए। तर हामीलाई खेदाएनन्।’प्रस्तुति अच्युत कोइराला
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस