मनसुन अभ्यास २: विपद् पूर्व तयारी अभ्यास
२९ जेष्ठ २०७९
•
१ मिनेट पाठ
मनसुन अभ्यास २: विपद् पूर्व तयारी अभ्यास
उद्धारको पूर्व तयारी अभ्यास। तस्बिर: दिनेश/नागरिक
बर्षातको समय नजिकिदै गर्दा पहिरोको उच्च जोखिम मानिएको रोल्पामा उद्धारको पूर्व तयारी अभ्यास गरिएको छ। नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले मनसुन अभ्यास २ सम्पन्न गरेका हुन्।  




जेठ २३ गतेदेखि २९ गतेसम्म गरिएको अभ्यासपछि आइतबार बिहान माडि खोलामा पहिरो र बाढीका समयमा गरिने उद्धारको नमुना अभ्यास गरिएको थियो। स्थानीय माडि खोलामा एकछिन ठूलै घटना घटेको आभाष दिँदै गरिएको अभ्यासपछि एक औपचारिक कार्यक्रम पनि गरिएको थियो। 

मनसुन अभ्यास २ अबलोकन गर्न पुगेका रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले सुरक्षाकर्मीले गरेको अभ्यास कुनै पनि दिन काम आउन सक्ने भन्दै आफू पनि विपद् प्रतिकारमा संगै रहेको बताए। 

जिल्लास्थित बटुक दल गण, नेपाल प्रहरी र सशस्त्र प्रहरीले यहाँका १० वटै पालिकामा विपद् प्रतिकार्य योजना र उद्धारको पूर्व तयारी अभ्यास गरिने बताइएको छ। उक्त अवसरमा बटुक दल गणका गणपति मणिराम थापा, सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, रोल्पा प्रहरी प्रमुख बिनोद घिमिरे, सशस्त्र प्रहरीका डिएसपी होमनाथ भट्टराई, अनुसन्धान रोल्पा प्रमुख चिरन्जीबी बुढा लगायतको उपस्थिती रहेको थियो।

 
अर्को समाचार
सशस्त्र प्रहरी बलको मनसुन पूर्वतयारी : टोल-टोलमा विपद् सूचक, सबै युनिटमा आधारभूत सामान राखिने
०१ जेष्ठ २०८२
•
५ मिनेट पाठ
सशस्त्र प्रहरी बलको मनसुन पूर्वतयारी : टोल-टोलमा विपद् सूचक, सबै युनिटमा आधारभूत सामान राखिने
सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य विपद् न्यूनीकरण तथा उद्वारका लागि आफ्नो तयारी थालेको छ। यसका लागि देशभरी नै विपद् जनचेतना रेस्पोन्स पट्रोल सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्नेदेखि, सशस्त्र प्रहरीका सबै युनिटमा विपद् व्यवस्थापनका आधारभूत सामानको व्यवस्थापन गर्ने, विपद् सम्बन्धी अनुशिक्षण तथा अभ्यास संचालन गर्ने लगायतका रहेका छन्।




अघिल्ला वर्षहरूमा भएको विपद्का घटनाहरूलाई विश्लेषण गर्दै आगामी दिनमा हुनसक्ने जोखिम न्यूनीकरणका लागि अवलम्बन गर्नुपर्ने उपायका बारेमा मंगलबार प्रधान कार्यालय हलचोकमा व्यापक छलफल भएको थियो। उपत्यकाका सबै युनिट कमाण्डर तथा फिल्डमा खटिने सिनियर, जुनियर अधिकृत तथा अन्य दर्जा समेतको सहभागितामा छलफल गर्दै फिल्डमा खटिँदा भोगेका अनुभव र समस्या तथा नयाँ रणनीतिको बारेमा पनि छलफल गरिएको छ। विपद् सूचक अन्तर्गत आफ्ना पूर्व कर्मचारी समेत यसमा सहभागि गराउँदै वडा–वडामा सचेतना मूलक कार्यक्रम गर्ने सशस्त्र प्रहरीले तयारी थालेको छ।

यसबाट विपद्को बारेमा तत्काल सूचना प्राप्त गर्न सकिएमा छिटोभन्दा छिटो उद्वारका कार्यमा खटिन सक्ने विश्लेषण गरिएको छ। यसकासाथै अब प्रत्येक दर्जाको आधारभूत तालिममा अनिवार्य रूपमा १५ दिनको विपद् व्यवस्थापन तालिम संचालन गरिने लक्ष्य समेत सशस्त्र प्रहरी बलको छ। सशस्त्र प्रहरीका युनिटमध्ये विपद् व्यवस्थापन साधनश्रोत सम्पन्न कम साधनश्रोत भएका र नभएका गरी ३ तहमा विभाजन गरेर साधनश्रोत नभएका युनिटमा तत्काल आधारभूत सामाग्री व्यवस्थापन गरिनेछ।  

छलफल कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनको लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र सामान पुगेन भनेर पन्छिने छुट कसैलाई नभएको भन्दै विपद्को समयमा सरकार छ, सुरक्षाकर्मी छन् भन्ने आम जनतामा भरोसा हुनुपर्ने बताए। उनले आगामी मनसुनमा के गर्ने भन्ने बारेको स्पष्ट खाका तयार गर्न समेत विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

विपद्को समयमा तयारी र परिचालन उत्कृष्ट हुन जरुरी रहेको र विपद् भएको स्थानमा छोटो भन्दा छोटो समयमा पुग्न सकेमा मात्र जनधनको क्षती न्यूनीकरण गर्न सकिने बताउँदै उनले २४सै घण्टा परिचालन हुनको लागि सबै युनिटमा टोलीहरू तयारी हालतमा राख्न समेत निर्देशन दिएका छन्। परिचालन ढिला नहोस् र सम्बन्धित ठाउँमा पुग्न अलमल नहोस् भनेर आफ्नो जिम्मेवारी क्षेत्रभित्र सबै युनिटले विपद् जनचेतना तथा रेस्पोन्स पट्रोल संचालन गरी आफ्नो एरिया बारेमा जानकार रहन समेत प्रधान कार्यालयले मातहत युनिटलाई निर्देशन दिएको छ। यसैगरी समुदाय लक्षित विपद् सम्बन्धी स्वयंसेवक तालिम सुरु गरिएको छ।

मनसुनजन्य प्रकोप न्यूनीकरण र उद्वारको स्पष्ट खाका तयार भएसँगै सबै बाहिनीपति, गणपति तथा गुल्मपतिसम्मलाई भर्चुअल माध्यमबाट त्यससम्बन्धी आवश्यक निर्देशन समेत दिइने छ। विपद् व्यवस्थापनमा विगतको अनुभव, सुधान गर्नुपर्ने विषयहरू र आगामी योजना सम्बन्धमा भएको छलफलमा फिल्डमा खटिने कमाण्डर तथा अन्य दर्जाले समेत उद्वारका अनुभव र पूर्व तयारीबारे आ–आफ्नो धारणा राखेका थिए।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हाल कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा काठमाडौंको उपत्यकामा विपद् व्यवस्थापन गण रहेको छ। यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा विपद् व्यवस्थापन वेश स्थापना भएका छन्।

डीएसपी थापाका अनुसार हाल सशस्त्र प्रहरी बलसँग विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति २ हजार ४ सय ८५ जना छन् भने गोताखोरको संख्या १ सय ८ पुगेको छ। सशस्त्र प्रहरी बलसँग हाल ३३ मोटरबोट तथा ९१ र्‍याफ्टबोट रहेको छ। मनसुन प्रतिकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको १३ वटा डोजर, लोडर र एक्जाभेटरसहित तालिम प्राप्त जनशक्ति तयारी छ। जसमध्ये सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा ३ वटा, नं. १ बराह बाहिनी मुख्यालय सनुसरीमा २ वटा, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा १ वटा, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा ३ वटा, नं. २० विपद् उद्धार उपत्यका गण सिनामंगलमा १ वटा र नं. २४ कालिका गण कास्कीमा २ वटा हेभी इक्युपमेन्ट तयारी हालतमा राखिएको छ।

यसैगरी देशका ३९ जिल्लाका ५९ वटा सशस्त्र प्रहरी बल नेपालका युनिटहरूमा १ सय २४ वटा मोटर बोट र र्‍याफ्ट बोट तथा १३ जिल्लाका १५ वटा सशस्त्र प्रहरी बल नेपाल कार्यालयहरूमा २८ वटा डिजास्टर रिलिफ सिस्टम (डिआरएस कन्टेनर) समेत तयारी हालतमा राखिएको छ। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नं. २० विपद् उद्वार उपत्यका गण सिनामंगल १/१ वटा विपद् सामूहिक उद्धार एम्बुलेन्स राखिएको छ।

त्यस्तै ए क्लासको एम्बुलेन्स सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, नेपाल एपीएफ अस्पताल बलम्बु, क्षेत्रीय अस्पताल बाँके र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा १/१ वटा राखिएको छ।

१ सय ८ जना गोताखोरहरूलाई आवश्यक उपकरणसहित सात वटै प्रदेशमा रहेका बाहिनी मुख्यालयहरू तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्वार गण सिनामंगल, विपद् व्यवस्थापन वेश खुर्कोट र सिन्धुलीमा तैनाथ गरिएको छ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित नं. २० विपद् उद्वार गण सिनामंगल, रेस्क्यु टावर फेवाताल कास्की, नारायणी नदि किनार चितवन र सबै विपद् व्यवस्थापन वेशमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू परिचालित रहेका   छन्।

यसका साथै विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई सातै वटा प्रदेशस्थित बाहिनी मुख्यालयहरू, उपत्यकास्थित नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, १० वटा शिक्षालय, सबै गणहरूमा एक/एक प्लाटुन र गुल्म वा सो भन्दा साना युनिटहरुमा १ सेक्सनको दरले आवश्यक स्रोतसाधनसहित तैनाथ रहने छन्। त्यसैगरी उपत्यकामा ७, कास्कीमा २, पश्चिम नवलपरासीमा, बाँकेमा र कैलालीमा १/१ वटा गरी जम्मा १२ वटा डिप ट्युवेल मनसुन प्रतिकार्यको लागि तयारी हालतमा राखिएको छ। 
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस