तराईमा मनाइने पर्वमध्ये छठ पर्व पनि एक हो। तराईबासीका लागि छठ पर्व महत्वपूर्ण रहेको छ।
विशेष गरेर तराईबासीले मात्रै मनाउँदै आएको छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ । दुई दिन गरिने छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिने र दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पूजा सम्पन्न हुन्छ। विराटनगरमा सिंघिया खोला, नहर र केसलिया खोलालाई सिंगारेर पूजाआजा गरिन्छ। यसै क्रममा विराटनगरमा गरिएको छठ पूजा।
विराटनगरमा एसआई युके नेपालले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ। बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एसआई युके नेपालले असार ३१ गते विराटनगरमा ‘बृहत एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने जनाएको हो।
राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित वेलायतका विश्वविद्यालयको विषयमा जानकारी गराउने उद्देश्यले शैक्षिक मेलाको आयोजना गर्न लागिएको संस्थाका निर्दैशक विनय अधिकारीले बताए। विराटनगरमा हुने शैक्षिक मेलामा ४ सयको हाराहारीमा विद्यार्थीहरु सहभागी हुने अधिकारीले जानकारी दिए। शैक्षिक मेला मार्फत विद्यार्थी र अभिभावकलाई युकेका १५ विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले प्रत्यक्ष परामर्श दिने छन्।
त्यसबाट युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, पढाइने कोर्स , छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी दिइने छ। एसआई युके ग्लोबलका कार्यालयहरु विश्वका ४० वटा देशमा संचालनमा रहेको अधिकारीले बताए। एसआई युके ग्लोवल १ सय ५८ विश्वविद्यालयसँग आवद्ध भएर विगत १६ बर्षदेखि शैक्षिक सेवामा काम गरिरहेको जनाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...