तिनकुने-बानेश्वर सडकको संसद भवन अघिको मुल सडक भासिएको छ।
सिभिल अस्पताल नजिकको सडकमा सुरुमा सानो भ्वाङ परेको देखिएको थियो। त्यसलाई मर्मत गर्ने क्रममा डोजरको सहायताले खन्दा ठूलो खाल्डो परेको छ। खाल्डो परेको स्थानतर्फबाट सवारी साधन सन्चालनमा रोक लगाइएको छ।
केहि वर्ष अघि अन्तराष्ट्रियस्तरको भनि विस्तार गरिएको ६ लेन सडकको बानेश्वर बाट तिनकुने तर्फ जाने लेनको मुख्य सडक भासिएको हो। सडक भासिए पछि अहिले उक्त खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा छ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...