तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ पर्व सुरु भएसँगै विराटनगरका घाटहरू सजाउन थालिएको छ। छठ पर्वका लागि विराटनगरका खोला, नहर तथा पोखरी किनारमा रहेका घाटहरू सजाउन थालिएको हो।
पर्वलाई व्यवस्थित र भव्य बनाउन स्थानीयवासी तथा विभिन्न छठ पूजा समितिहरू तयारीमा जुटेका छन्। छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।
घाटलाई आकर्षक बनाउन सरसफाइसँगै विद्युत् बत्ती, पण्डाल र अन्य सजावटका सामग्री राख्न थालिएको छ। पर्वका बेला श्रद्धालुहरूको भीड लाग्ने भएकाले घाटमा आवश्यक व्यवस्थापन मिलाउन स्थानीयवासी सक्रिय भएका छन्। विराटनगरका घाट जाने सडकहरूमासमेत स्वागतद्वारहरू बनाउन थालिएको छ।
सूर्यदेव र छठी माताको उपासना गरिने छठ पर्व धार्मिक आस्था, शुद्धता, अनुशासन र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो। यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरू छठको व्रत बस्ने गर्छन्।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन नहाय-खायबाट विधिवत् सुरुवात हुन्छ। दोस्रो दिन खरना गरिन्छ भने तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्वको समापन हुन्छ।
छठमा व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ व्रत बस्ने गर्छन्। ठेकुवा, फलफूल, उखु, नरिवललगायतका प्रसाद सूर्यदेवलाई अर्पण गर्ने चलन छ। छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यलाई पनि बलियो बनाउँदै आएको छ।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...