मुलुकमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरण गर्दै सैनिक मञ्च टुँडिखेलमा भव्य कार्यक्रमका बिच १९औँ गणतन्त्र दिवस २०८३ मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा आयोजित विशेष समारोहमा राज्यका उच्च पदस्थ अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले विशेष सलामी अर्पण गरेको थियो। सो अवसरमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो। राष्ट्रको सुख, समृद्धि र शान्तिको कामना गर्दै आकाशमा राष्ट्रिय झण्डा फहराइनुका साथै शान्तिका दूत परेवाहरू उडाइएका थिए।
समारोहलाई थप आकर्षक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगर प्रहरी बलका टोलीहरूले सानदार ‘मार्चपास’ प्रस्तुत गरेका थिए। यसका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानीय तहका तर्फबाट नेपालको बहुआयामिक र मौलिक कला-संस्कृति झल्कने विविध सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...