लोकसेवा तयारी पुस्तकमा महिलाहरुबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।
वन तथा वातावरण मन्त्रालयका सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको लोकसेवा तयारीसम्बन्धी एउटा पुस्तकमा आपत्तिजनक प्रश्नोत्तर भेटिएको भन्दै सोमबार अनेरास्ववियू क्रान्तिकारी केन्द्रीय समितिले विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले पुस्तक जलाएर विरोध जनाएका थिए। प्रदर्शनमा महिला हिंसा बन्द गर, महिला अधिकारको रक्षा गर, लेखिएको प्ले कार्ड बोकिएको थियो। विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ उक्त पुस्तकको पेज नम्बर १४३ मा महिलाहरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिएकाे विरोध प्रदर्शन गरिएको प्रदर्शनमा सहभागी एक विद्यार्थीले बताए।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...