बहुआयामिक संकटको सँघारमा नेपाल
१७ कार्तिक २०८३
•
७ मिनेट पाठ
बहुआयामिक संकटको सँघारमा नेपाल
नेपाल यतिबेला गम्भीर बहुआयामिक चुनौतीहरूको संगममा उभिएको छ।




एकातिर युवा बेरोजगारी र आर्थिक मन्दीले सिर्जना गरेको सामाजिक असन्तोष छ भने अर्कातिर वातावरणीय क्षय, वायु प्रदूषण र जलवायु परिवर्तनका दीर्घकालीन प्रभावहरूले राष्ट्रिय विकासको गतिलाई अवरुद्ध पारिरहेका छन्।

विश्व आर्थिक मञ्च (२०२६) को प्रतिवेदनले औंल्याएअनुसार आगामी दुई वर्षभित्र विश्वव्यापी रूपमा भूआर्थिक टकराव र आर्थिक मन्दी मुख्य चिन्ताका विषय बनेका छन् भने नेपालजस्ता उदीयमान अर्थतन्त्रहरूका लागि आन्तरिक संरचनात्मक कमजोरीहरू नै समृद्धिका मुख्य बाधक बनिरहेका छन्।

राष्ट्रिय जोखिम परिदृश्य र ‘प्रतिभा अभाव’को विरोधाभास विश्व आर्थिक मञ्च (२०२६) ले नेपालका व्यावसायिक तथा औद्योगिक नेताहरूमाझ गरेको सर्वेक्षणअनुसार आगामी दुई वर्षभित्र नेपालको स्थायित्व र विकासमा सबैभन्दा ठुलो धम्की पुर्‍याउने मुख्य राष्ट्रिय जोखिमहरूमा आर्थिक अवसरको कमी वा बेरोजगारी, आर्थिक मन्दी, मुद्रास्फीति, प्रतिभा तथा श्रमको अभाव र प्रदूषण (वायु, जल र माटो) रहेका छन्। यहाँ एउटा गम्भीर संरचनात्मक विरोधाभास देखा पर्छ : एकातिर देशमा बेरोजगारी र अवसरको कमी मुख्य समस्या बनेको छ भने अर्कातिर उद्योग तथा व्यवसायहरूले आवश्यक दक्ष जनशक्ति र प्रतिभा नपाएको गुनासो गरिरहेका छन्। यो संरचनात्मक बेमेलका कारण उत्पादकत्व घट्नुका साथै शिक्षित युवा वर्गमा व्यापक निराशा छाएको छ। 

विश्वव्यापी रूपमा जलवायु परिवर्तन र जीवाश्म इन्धनको दोहनले कति भयावह रूप लिइसकेको छ भन्ने उदाहरण सन् २०२६ को ग्रीष्मयाममा युरोपमा देखिएको अभूतपूर्व तातो लहरले स्पष्ट पार्छ। युरोप से (२०२६) को प्रतिवेदनअनुसार युरोपका सहरहरूमा अत्यधिक गर्मीका कारण ५० हजारभन्दा बढी मानिसको मृत्यु भयो। उक्त अध्ययनले स्पष्ट पारेको छ कि तीमध्ये करिब दुई तिहाइ मृत्यु जीवाश्म इन्धन बालेर सिर्जित जलवायु परिवर्तन नभएको भए हुने थिएन।

हरित यातायात र इभी क्रान्तिमा नेपालको सफलता वातावरणीय संकट र जीवाश्म इन्धन आयातको ठुलो आर्थिक भारबिच नेपालले यातायात क्षेत्रको विद्युतीकरणमा भने विश्वलाई नै आश्चर्यचकित पार्ने सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघ पर्यावरण कार्यक्रम (२०२६) को प्रतिवेदन अनुसार सन् २०२५ मा नेपालमा बिक्री भएका कुल नयाँ कारमध्ये ६८ प्रतिशत विद्युतीय सवारी साधन छन्।

युरोपेली युनियनमा २८ प्रतिशत र अधिकांश उदीयमान अर्थतन्त्रहरूमा यो दर निकै कम रहेको सन्दर्भमा नेपालको यो प्रगति अतुलनीय मानिन्छ। सरकारले कर छुट, अनुदान र भन्सार शुल्कमा दिएको सहुलियतले गर्दा इन्धन सुरक्षा, सस्तो यातायात खर्च र सहरी वायु गुणस्तरमा सुधार ल्याउन ठुलो मद्दत पुगेको छ। तथापि, केवल साना निजी कारहरूमा इभीको सफलता पर्याप्त छैन। सहरी वायु प्रदूषण र कार्बन उत्सर्जन पूर्ण रूपमा घटाउन सार्वजनिक बस, ढुवानीका भारी ट्रक र दुई/तीन पांग्रे सवारी साधनमा पनि विद्युतीकरण विस्तार गर्नु अनिवार्य छ।

वर्षायामको बढी बिजुली र सेकेन्ड-लाइफ ब्याट्रीको रणनीतिक उपयोग नेपालको उर्जा क्षेत्रमा एउटा ठुलो मौसमी चुनौती छ। नेपालको जलविद्युत् प्रणाली मुख्यतः नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा अत्यधिक बिजुली उत्पादन भई खेर जान्छ तर हिउँदमा बिजुलीको अभाव हुन्छ। यस समस्याको दिगो समाधानका लागि पुराना विद्युतीय सवारीका ब्याट्रीहरूलाई राष्ट्रिय ग्रिड भण्डारणका रूपमा प्रयोग गर्ने नयाँ मार्ग खुलेको छ। जर्नल अफ इनर्जी स्टोरेजमा प्रकाशित थापा, देव र पौड्याल (२०२६) को अनुसन्धानअनुसार नेपालको ग्रिडमा सेकेन्ड-लाइफ ब्याट्रीको अपार क्षमता रहेको छ : 

१४५ देखि १८४ गिगावाट घण्टा भण्डारण क्षमता 
नेपालको इभी वृद्धि र राष्ट्रिय निर्धारित योगदानको लक्ष्य अनुसार सन् २०४३ सम्ममा नेपालमा १४५ देखि १८४ गिगावाट घण्टा (जिडब्लुएच) क्षमताका पुराना इभी ब्याट्रीहरू उपलब्ध हुनेछन्। 

६७ प्रतिशतदेखि ९४ प्रतिशत बढी बिजुली भण्डारण
सन् २०४० सम्ममा यी पुन:प्रयोग गरिएका ब्याट्रीहरूलाई ग्रिड-लेभल भण्डारणका रूपमा प्रयोग गर्दा वर्षायाममा दैनिक रूपमा खेर जाने जलविद्युत्को ६७ प्रतिशतदेखि ९४ प्रतिशतसम्म बिजुली सफलतापूर्वक सञ्चय गर्न सकिनेछ।

प्राविधिक विकास 
स्वदेशी अनुसन्धान केन्द्रहरूले आर्टिफिसियल इन्टेलिजेन्स र सेन्सरमार्फत ब्याट्रीको स्वास्थ्य परीक्षण गरी पुराना ब्याट्रीहरूलाई सुरक्षित रूपमा पुन:प्रयोग गर्ने प्रविधि विकास गरिरहेका छन्। यसरी गाडीमा प्रयोग भइसकेका ब्याट्रीलाई ऊर्जा भण्डारणमा प्रयोग गर्दा विद्युतीय फोहोर नियन्त्रण हुनुका साथै नयाँ ब्याट्री खरिदको खर्च जोगिने र चक्रीय अर्थतन्त्रको प्रवर्धन हुनेछ।

आकासिँदो धर्तीको तापमान 
हाम्रो धर्ती आठ लाख वर्षयता सबैभन्दा तातो भएको छ। यो किन भयो भन्ने यक्ष प्रश्न सबैसामु गम्भीर चुनौती बनेर खडा भएको छ। औद्योगिक क्रान्तिपछिका वर्षमा आर्थिक उन्नतिमा छलाङ मार्ने नाममा बढेको कोइला, प्राकृतिक ग्यास र तेलका भण्डारहरू रित्तिने गरी गरिएको दोहनले बढाएको हरित ग्यासको उत्सर्जनले सिर्जिएका हुन्।

अगस्ट २०२६ विश्व इतिहासकै सबैभन्दा तातो महिना अगस्ट २०२३ सँग बराबरी भएको छ। सो महिनामा विश्वको औसत सतह हावाको तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो, जुन १९९१-२०२० को औसतभन्दा ०.८५ डिग्री सेल्सियस बढी हो। १८५०-१९०० को अनुमानित पूर्व-औद्योगिक आधाररेखाभन्दा १.६५ डिग्री सेल्सियस माथि छ।

यो तापक्रमले इआरए प्रतिशत डेटासेटमा दर्ता भएको सबैभन्दा तातो अगस्टको रेकर्ड बनायो, जसले २०२३ र २०२४ का संयुक्त अगस्ट रेकर्डहरूलाई पार गर्‍यो। यसले जुलाई २०२३ सँग पनि सांख्यिक रूपमा बराबरी गर्‍यो, किनकि दुवै महिनाबिचको तापक्रम भिन्नता ०.०१ डिग्री सेल्सियसभन्दा कम थियो।

यो अत्यधिक तापक्रमको मुख्य कारण दीर्घकालीन मानव-निर्मित जलवायु परिवर्तन हो, जसलाई जीवाश्म इन्धन दोहनबाट निस्कने हरितगृह ग्यासले तीव्र बनाएको छ। यससँगै विकसित हुँदै गएको बलियो एल-निनोले विशेषगरी भूमध्यरेखीय प्रशान्त क्षेत्रमा समुद्री सतह तापक्रमलाई अझै बढाएको छ।

ध्रुवीय क्षेत्रबाहेकका महासागरहरूको तापक्रम पनि कुनै पनि महिनामा दर्ता भएको सबैभन्दा उच्च स्तरमा पुगेको छ, जुन मार्च २०२४ को रेकर्डसँग बराबरी छ। अगस्ट २०२६, सामान्यतया ग्रहको सबैभन्दा तातो महिना मानिने जुलाईभन्दा पनि तातो रहनु असामान्य घटना हो। यी रेकर्ड तापक्रमहरूले विश्वको औसत तापक्रमलाई १.५ डिग्री सेल्सियस पेरिस सम्झौता सीमाभन्दा माथि पुर्‍याएको छ- जुन नोभेम्बर २०२५ पछि पहिलो पटक हो र यसले उत्तरी गोलार्धको इतिहासकै सबैभन्दा तातो गर्मीमा योगदान गरेको छ। 

बढ्दो सामुन्द्रिक तापक्रम 
हाम्रा महासागरहरूको तापक्रम भर्खरै २१.१ डिग्री सेल्सियस पुगेको छ। यो यस्तो तापक्रम हो, जुन अनुसन्धानकर्ताहरूका अनुसार विगत एक लाख २५ हजार वर्षभन्दा बढी समयदेखि पुगेको थिएन। यो रेकर्ड कायम भएको समय आफैंमा धेरै प्रस्ट छ। ऐतिहासिक रूपमा दक्षिणी गोलार्धको गर्मी यामपछि मार्च वा अप्रिल महिनामा महासागरको तापक्रम उच्च बिन्दुमा पुग्ने गर्छ।

अगस्ट महिनामै यो कीर्तिमान कायम हुनुको अर्थ हामी आधिकारिक रूपमा एउटा अज्ञात र अनपेक्षित मोडमा आइपुगेका छौं। यसको मुख्य कारण हामी आफैंले सिर्जना गरेको एउटा मिश्रण हो : मानव-निर्मित हरितगृह ग्यासहरूले महासागरको आधारभूत तापक्रम बढाएका छन् र त्यसमाथि विकसित हुँदै गरेको ‘एल निनो’ले प्रणालीमा अर्को ठुलो तातो लहर थपिरहेको छ। 

एकीकृत नीतिगत सिफारिसहरू
नेपालले आफ्ना आर्थिक, सामाजिक र वातावरणीय चुनौतीहरूलाई सम्बोधन गर्दै समृद्धिको बाटो समात्न निम्न बहुआयामिक नीतिहरू लागु गर्नु आवश्यक छ- 
श्रम बजार र शिक्षा सुधार 
बेरोजगारी र प्रतिभा अभावको विरोधाभास हटाउन औद्योगिक आवश्यकता अनुकूलको प्राविधिक तथा डिजिटल पाठ्यक्रम तयार गर्ने। युवाहरूलाई नवप्रवर्तन, नवीकरणीय उर्जा र हरित प्रविधिमा तालिम दिई स्वदेशमै अड्याउने वातावरण बनाउने।
सेकेन्ड-लाइफ ब्याट्री नीति ढाँचा 
ब्याट्री आयातकर्ता र उत्पादकहरूका लागि विस्तारित उत्पादक उत्तरदायित्व नियम लागु गर्ने, सुरक्षा मापदण्ड तोक्ने, र ब्याट्री भण्डारणलाई आकर्षित गर्न समय-आधारित विद्युत् महसुल लागु गर्ने। 
सार्वजनिक यातायातको पूर्ण विद्युतीकरण
काठमाडौंलगायत ठुला सहरहरूमा इभी बस र ढुवानी साधनका लागि सार्वजनिक-निजी साझेदारीमार्फत तीव्र चार्जिङ हबहरू 
स्थापना गर्ने।
सुशासन र सामाजिक सम्झौताको पुनर्स्थापना 
नीति निर्माणमा पारदर्शिता र समावेशिता कायम गरी नागरिकहरूको राज्यप्रतिको विश्वास पुनर्स्थापित गर्ने। कानुनको शासनलाई सुदृढ गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस