देशभरका ७५३ स्थानीय तहमा भएका ३६,६३९ जनप्रतिनिधिमध्ये १४ हजार ३५६ महिला जनप्रतिनिधि छन्। जसमध्ये ७ मेयर, ११ गाउँपालिका अध्यक्ष र ६२ वडाध्यक्ष छन्। बाँकी उपमेयर, उपाध्यक्ष र सदस्य छन्। देशभरका स्थानीय तहमा १८ वटामा मात्रै महिलाको नेतृत्व छ।
स्थानीय तहमा नगन्य महिला नेतृत्व भएपनि उनीहरूको काम भने उल्लेखनीय देखिएको छ। काम र कर्तव्यमा प्रतिबद्ध महिला जनप्रतिनिधिहरू सुशासन कायम गर्ने र बेरुजु कम गर्नेमा पनि अब्बल देखिएका छन्। स्वास्थ्यचौकी विस्तार, एम्बुलेन्स सेवा, प्रसूति सेवा, महिलालाई आर्थिकरूपमा मजबुत बनाउन तरकारी खेती, सिलाइबुनाइ तालिम तथा तरकारी भण्डारणका लागि शीत भण्डार गृह निर्माण गरेर महिला नेतृत्व उदाहरणीय बनिरहेका छन्। महिला नेतृत्वकै पहलमा विद्यालयमा शिक्षक नियुक्ति, विपन्न छात्रछात्रालाई छात्रवृत्ति, साइकल वितरण तथा विद्यालयमा इन्टरनेटको सुविधा उपलब्ध गराइएका छन् भने सडक कालोपत्रे गर्ने कार्यले समेत उत्तिकै प्राथमिकता पाएको छ।
महिला प्रमुख भएका स्थानीय तहमा महिला उत्थानका सवालमा अझ धेरै काम भएका देखिन्छ। सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा, छात्रालाई निःशुल्क स्यानेटरी प्याड र हिंसामा परेका महिलाका लागि सेफ हाउस निर्माण, बालविवाहमुक्त पालिका बनाउने र सिपमूलक कार्यक्रम सञ्चालन गरी महिलालाई रोजगार प्रदान गर्ने जस्ता थुप्रै प्रसशंनीय कार्य भएका छन्। खुला दिशामुक्त क्षेत्र, उज्यालो गाउँपालिका आदि कार्यक्रममार्फत आफ्नो क्षेत्रको विकासमा लागेका महिला प्रमुखले अवसर पाए महिलाले पनि अब्बल काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिरहेका छन्।
आफ्नै गाउँठाउँमा रहेर नमुना काम गरी आफ्नो क्षेत्रलाई समृद्ध बनाउन महिला नेतृत्व कसैले औँला नउठाउने गरी काममा दत्तचित्त छन्। महिला प्रमुख भएका स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका घटना शून्य जस्तै छन्। मितव्ययिता उत्तिकै देखिन्छ। भ्रष्टाचार र अनियमितताका घटनामाथुप्रै पुरुष नेतृत्व मुछिँदा महिला नेतृत्व भने मुछिएका देखिँदैनन्। यसबाट दलहरूलाई आउँदो स्थानीय तहको निर्वाचनमा महिलालाई टिकट दिन र जिताउन ऊर्जा थपिएको छ।
महिलालाई राजनीतिमा संलग्न गराउने विषयमा दलहरूको दुईमत नभए पनि नेतृत्वमा पुर्याउन क्रान्तिकारी बताउने एमाले र प्रजातान्तिक बताउने कांग्रेस दुवै पार्टी चुकेका महाधिवेशनमै देखियो। निर्णय, नेतृत्व र नीति निर्माण तहमा महिलालाई कम आँक्ने प्रवृत्ति सबैजसो दलमा भएकै कारण राजनीतिक क्षेत्र र समाजका विभिन्न निकायमा महिलाको नेतृत्व, पहुँच र सक्रियता सन्तोषजनक छैन। स्थानीय तहका कतिपय कार्यक्रममा महिला नेतृत्वलाई हेपेका, अपमान गरेका र अविश्वास गरेका तीता घटना बाहिरिएका छन्।
स्थानीय तहको चुनाव नजिकिँदै गर्दा महिलाले टिकट पाउने कुरामा अनेक बहाना बनाएर वा आर्थिक दबाब थोपरेर सक्षम महिलालाई पाखा लगाउने र प्रतिनिधित्वमै सीमित गराउने कार्य फेरि पनि दलहरूबाट नहोला भन्न सकिन्न। विशेषतः प्रजातान्त्रिक चरित्र बोकेका दलहरू अब यसप्रति गम्भीर हुनु जरुरी छ। राज्यप्रति जिम्मेवार र सक्षम महिलाले पालिकाका प्रमुख र मेयरमा भिड्न सक्षमता रुचि र जनमत पाउने अवस्थाको आकंलन हुँदाहुँदै मोटो रकम बुझाउन नसकेर वा पहुँच नभएकै कारण टिकट पाउन वञ्चित नहोउन् भन्नेमा प्रत्येक दलहरू सचेत हुनैपर्छ।
संविधानमा उल्लिखित प्रावधान कार्यान्वयन नहुनुमा दलहरू नै जिम्मेवार छन्। हालको २५ सदस्यीय मन्त्रिमण्डलमा मुस्किलले ६ जनामात्र महिला रहनुले दलहरूप्रति संसय बढाएको छ। मन्त्रिपरिषद्मा राज्यमन्त्री र स्थानीय तहमा उप जोडिएका पद थमाउने प्रवृत्तिविरुद्ध हाल केही जनप्रतिनिधि महिलाका आवाज उठेपनि यसलाई दलहरूले गम्भीररूपमा लिएका छैनन्। केही समयअघिको दलहरूको महाधिवेशनमा एमालेको आफ्ना १८ सदस्यीय पदाधिकारीमा केवल २ जना महिला छन् भने कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा १ महिलामात्र संलग्न गराएबाट दलहरूको महिलाप्रतिको दृष्टिकोण प्रष्टै हुन्छ।
दलको संकुचित दृष्टिकोणकै कारण आत्मविश्वास खस्कँदा चुनावी मैदानमा उत्रने शिक्षित सचेत महिलाको संख्या कम हुन गई ३३ प्रतिशत सुनिश्चितताको प्रावधान लागु गर्नसमेत कठिनाइ पर्ने भएकाले स्थानीय तहको चुनावदेखि नै नेतृत्वमा सक्षम र सकृय महिला संख्या बढाउनु आवश्यक छ। दलहरूले अब आफ्नो आन्तरिक संरचना महिलामैत्री र समावेशी बनाउनैपर्छ। नेतृत्वमा महिला उपस्थितिको यथेष्ट सम्भावना हुँदाहुँदै अब महिलालाई पछाडि पार्नुहुँदैन।
देशको परराष्ट्र सेवा र कूटनीतिक क्षेत्रमा महिलाको संलग्नता अत्यन्त न्यून भएकाले यसलाई उकास्नुपर्छ। प्रजातान्त्रिक शासनकालमा समेत जम्मा दुई महिला सहाना प्रधान र सुजाता कोइरालाले परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनु र एकमात्र महिला विद्यादेवी भण्डारीले रक्षामन्त्रीको जिम्मेवारी पाएबाट खास खास नेतृत्वमा महिलाको संलग्नता सन्तोषजनक बनिसकेको छैन। सन् १९९१ देखि नेपाल प्रहरीमा महिलालाई भर्ती गर्न सुरु गरियो।
सशस्त्र प्रहरी बलमा सन् २००३ देखि महिला भर्ती सुरु गरिएको हो। अब यी क्षेत्रमा पनि महिलाको आकर्षण बढाउने योजना ल्याउनुपर्छ। आजको एक्काइसौँ शताब्दीमा पनि महिला सुरक्षा सेवामा प्रवेश गर्न अक्षम छन् भन्ने पितृसत्तात्मक सोचले महिलालाई अघि बढ्न दिँदैन। नेपाली सेनाले सन् २००४ देखि सेनामा महिला भर्ती सुरु गर्यो। हाल ६ प्रतिशत महिला सेनामा रहेको तथ्यांकले देखाएको छ।
गरिबी, अशिक्षा र उत्पीडनबाट आममहिलालाई मािथ उठाउन महिलाका पक्षमा भएका कानुन कार्यान्वयनमा सरकारले क्रान्तिकारी कदम चाल्नुपर्छ। घर, समाज र सरकारसम्म महिलाको क्षमतालाई दबाएर, चाहनालाई खुम्च्याएर र अस्तित्वलाई कुल्चिएर अघि बढेसम्म राष्ट्रिय विकास र व्यवस्थापनले गति लिन सक्दैन। देशको आधा जनसंख्यालाई सहयोगीका रूपमा मात्र व्यवहार गर्ने प्रवृत्तिले हामी समृद्धिको अभियानमा अघि बढ्न सक्दैनौँ। विषम परिस्थितिमा विवेक प्रयोग गरी देशलाई सकारात्मक कार्यदिशातर्फ अघि बढाउने हिम्मतका साथ हालनेतृत्वमा रहेका महिलाले आफूलाई नमुनाका रूपमा उभ्याउन सक्नुपर्छ।
स्थानीय तहदेखि नै नीति निर्माण तहमा महिलाको निर्णायक भूमिका बढाउनुपर्छ। प्रतिनिधित्वमात्र खोज्ने र सहायक भएरै रमाउने महिला प्रवृत्तिको अब अन्त्य हुनुपर्छ। महिला नेतृत्वलाई स्वीकार्न हरेकको मन मस्तिष्कमा रहेको पितृसत्तात्मक मानसिकता पूर्णरूपमा उखेल्नुपर्छ। परिवारदेखि समाजसम्मले महिलालाई सार्वजनिक काम गर्न सहयोग र प्रोत्साहित गर्नुपर्छ।
सुरुमा प्रोत्साहित गर्दै अघि बढाउने र पछि कार्यक्षेत्रमा उत्रँदा अनेक शंका र अपजस थोपर्दै हतोत्साहित गर्ने प्रवृत्ति हटाउनुपर्छ। सामान्य जीवनस्तरबाट माथि उठ्न नसकेका र अन्याय अत्याचारविरुद्ध न्याय पाउन तड्पिरहेका कैयौँ महिलाका मुख्य भरोसाराज्य बन्नैपर्छ।
आगामी वैशाखमा हुने स्थानीय तहको चुनावमा गाउँपालिका र नगरपालिकाका प्रमुखमै महिलाको उम्मेदवारी ह्वात्तै बढ्नुपर्नेमा टिकट दिन आफन्त हेर्ने र आर्थिक मोलमोलाइ गर्ने तथामहँगो चुनावका कारण महिलाहरू हच्कन सक्ने सम्भावना भएकाले दलहरूले टिकट दिँदा गम्भीर हुन जरुरी छ।
स्थानीय तहमा आउँदो चुनावमा दलहरूभित्र टिकट लिनै लाखौँको बार्गेनिङ भयो भने महिला फेरि पछाडि पर्ने निश्चित छ। ७५३ स्थानीय तहको प्रमुखमा महिलालाई निर्वाचित गराउँदा भ्रष्टाचारका घटनासमेत घट्न गई देश विकास र महिला सशक्तीकरणले गति लिनेमा अब शंका छैन। त्यसैले महिला नेतृत्वको नमुना बनिसकेको स्थानीय तहमा वडा तहदेखि नै नेतृत्वमा महिलालाई नै पुर्याउन र सामाजिक संघ/संस्था र संरचनामा समेत महिला नेतृत्व र सक्रियता बढाउन दलहरूले आफूलाई बदल्नु जरुरी छ।