महिलापक्षीय पुरुष
२४ फागुन २०७८
•
५ मिनेट पाठ
महिलापक्षीय पुरुष
गत वर्षको नारी दिवसमा महिलापक्षीय पुरुष, महाभारत कथाका पात्र विकिर्ण (धृतराष्ट्रका छोरा), ऋषि परशुराम, कृष्णलगायतको चर्चा गरेकी थिएँ। लेखनमार्फत, त्यसैको पुरकका रूपमा इतिहासको विभिन्न कालखण्डमा महिलापक्षीय पुरुषको कार्य धारणा तथा चिन्तन राख्ने पुरुषको चर्चा सान्दर्भिक हुन्छ भन्ने लाग्यो फेरि पनि।




रामायणको कथामा भक्तिमार्गमा लागेकी शवरीको चर्चा छ। भक्तिमा लिन भएकी शवरीले चाख्दै दिएको जुठो वयर रामले खाएको प्रसङ्ग आउँछ। भक्तिको तागतलाई प्रमाणित गर्नका लागि यो उदाहरण प्रायजसो कथा वाचकहरूले भन्ने पनि गर्छन्। तर तिनै शवरीलाई संरक्षण, अभिभावकत्व र भक्तिमार्गमा लगाउने ऋषि मतंगको बारेमा चर्चा भएको पाइँदैन। भिलो कुलमा शवरीको जन्म भएको थियो। उक्त कुलमा पशुपक्षीको सिकार गर्ने प्रचलन थियो।

खानाको परिपूर्ति र मनोरञ्जनका लागि गरिने त्यो कृत्य शवरीलाई मन पर्दैन थियो। परिवारको त्यो तामसिक व्यवहार र शवरीको स्वभावले तादात्म्यता राख्दैनथ्यो। एकदिन परिवारले जब उनको विवाहका लागि जोरजबर्जस्ती ग¥यो, तब घरबाट भागेर भड्किँदै हिँडेकी उनी ऋषि मतंगको आश्रममा पुग्छिन्। ऋषिले संरक्षण दिन्छन्। अभिभावकत्व लिन्छन्। भक्तिभावमा लाग्न प्रशिक्षण पनि गर्छन्। अन्तमा उनले रामलाई भेट्न पुग्छिन् (अखण्ड ज्योति, अक्टुबर २०२१, अखण्ड ज्योति संस्थान, मथुरा)।

मनु स्मृतिमा भनिएको छः

पिता रक्षति कौमारं, भर्ता रक्षती यौवन।

रक्षति स्थविरे, युवा न स्त्री स्वतन्त्रयमर्हती।।

अर्थात वाल्यवस्थामा पिताले, युवा अवस्थामा पतिले र वृद्धावस्थामा छोराले रक्षा गर्छन्।

त्यसैले कहिले पनि स्त्री स्वतन्त्र हुँदैन भनिएको कुराले वैदिक वाङ्मय महिलाप्रति सकरात्मक थिएन भन्ने मान्यता व्यवहारमा छ। वेद, वेदाङ्ग, उपनिषद् पुराणहरूको आध्योपान्त कसैले पढेको पनि हुँदैन। पढे पनि त्यसको मर्म र भाव बुझ्ने र त्यसलाई व्यवहारमा पस्कने सिप, कौशलता, क्षमता तथा सामथ्र्य हुनेहरू दुर्लभ हुन्छन्। शीला खोजेझैँ खोज्नुपर्ने त्यस्ता दुर्लभ पात्रमा पर्नुहुन्छ राप्रउ पोख्रेल। उहाँले आफ्नो गहन कृति विचार मिमांसामा विष्णु पुराणमा भएको व्यासको भनाइलाई उद्धृत गर्नुभएको छ। जसले मनुको धारणालाई खण्डित गर्छ।

व्यासले भनेका छन्–‘कलियुग नै श्रेष्ठ हो। शुद्र नै श्रेष्ठ हो। फेरि उनले भने शुद्र तिमी नै श्रेष्ठ हो। त्यसो भनेर महामुनि व्यास जलमा मग्न भएर फेरि उभिएर भने– स्त्रीहरू नै साधु छन्। तिनीहरू नै धन्य छन्। उनीहरू भन्दा धन्य अरू को होला र?’ (राप्रउ, विचार मिमांसा, भृकुटी एकेडेमिक पब्लिकेसन)।श्रमजीवी वर्ग र महिलाप्रति प्रकट भएको व्यासको भावनाले मनुको धारणालाई खण्डन गर्छ। उनलाई महिलापक्षीय प्राचीन पुरुष पात्रका रूपमा लिन सकिन्छ।

पाश्चात्य राजनीतिक चिन्तक प्लेटोले (इपु ४२७–३४७) नारी समानता र शिक्षाको कुरा गरेका पाइन्छ। महिलालाई पुरुषसरह शस्त्र चलाउन, युद्ध तथा घोडसवारी गर्नसमेत सिकाउनुपर्छ भनेका छन्। यसो भएमा पुरुषसरह लडाइँमा जान, राष्ट्रिय सेवा गर्न, शत्रुको आक्रमण हुँदा रोएर नलुकी त्यसको सामना गर्न सक्नेछन्, भनेका छन्। सार्वजनिक पदहरूमा नियुक्त गर्न पनि उनले सिफारिस गरेका छन्। त्यो कालमा महिला शिक्षा र समानताको कुरा गर्नु चानचुने कुरो थिएन।

प्लेटो आदर्श राज्यको परिकल्पनाकार थिए। राज्यलाई व्यक्तिको विस्तारित रूप मान्दै व्यक्तिको गुण र चेतनाले राज्यको गुण र चेतनाको निर्माण हुन्छ भन्ने मान्यता राख्थे। त्यसैले उनको परिकल्पनाअनुसार आदर्श राज्य हुनका लागि दार्शनिक शासक, साम्यवाद, न्याय र शिक्षा अपरिहार्य हुन्छ भन्ने विश्वास राख्थे। उनले शिक्षाका लागि एकेडेमी इ.पु. ३८३ मा स्थापना गरेका थिए। जुन सन् ५२९ सम्म चलेको थियो। सहशिक्षाको व्यवस्था गरेका थिए। व्यवहारमा लागु हुन नसक्ने काल्पनिक आदर्श, राज्यको साम्यवादसम्बन्धी जुन विचार उनको छ।

त्यसले नारीलाई सम्पत्तिका रूपमा लिएको भनेर उनको आलोचना भएको पनि छ। त्यसैले उनले पछि उप आदर्श राज्यको कृुरा गरेर त्यसमा सुधार गरे। उनका आफ्नै शिष्य अरस्तु (इपु ३८४–३२२) महिलाप्रति सकारात्मक थिएनन्। सार्वजनिक पदमा जानका लागि महिलालाई योग्य मान्दैनथे। महिलालाई बालक, विदेशी, दाससरह मानेका छन्। त्यसैले अरस्तुको तुलनामा प्लेटो महिलाप्रति उदार थिए। महिला सम्बन्धमा रहेको उनको दृष्टिकोणका आधारमा भन्ने हो भने उनी प्राचीनकालका महिलापक्षीय पुरुष थिए।

त्यस्तै पाश्चात्य राजनीतिक चिन्तक जोन स्टुवर्टमिल (सन् १८०३–१८७३) व्यक्तिवादी विचारका प्रवर्तक थिए। व्यक्तिको स्वतन्त्रता मै उनको चिन्तन आधारित थियो। उनले मजदूरहरूको हित, भूमि सुधारको कुरामात्र गरेनन्। महिला मताधिकार पक्षमा आवाज उठाए, उनले रचना गरेका कृतिहरूमा स्त्रीको पराधीनता पनि एक हो। यो ग्रन्थ उनले तत्कालीन बेलायतमा जे/जस्तो महिलाको दूरावस्था थियो, त्यसको कारणनै उक्त ग्रन्थ सिर्जना गरेका थिए। त्यसबेला महिलालाई मतदानको अधिकार थिएन। त्यसप्रति विरोध जनाउँदै सन् १८६९ मा यो पुस्तक रचना गरेका थिए।

आफ्नो प्रसिद्ध कृति ‘स्वतन्त्रता’ आफ्नो पत्नी हेबट टेलरलाई समर्पण गरेका थिए। महिला मताधिकारको पक्षमा नरहेकाहरू उनको कट्टर आलोचक थिए। महिला र पुरुषमा कुनै भिन्नता छैन। पुरुषलाई भन्दा पनि मताधिकारको आवश्यकता बढी महिलालाई पर्दछ भन्ने उनको तर्क थियो। उनी महिला पुरुष भन्दा कमजोर हुन्छन् त्यसैले उनीहरूलाई कानुन र समाजको संरक्षण हुनुपर्न भन्ने मान्यता राख्थे।

मिलले आफ्नो कृति ‘स्वतन्त्रता’ पत्नी टेलरको नाममा समर्पण गरेको प्रसङ्गमा पूर्वीय दर्शनमा वाचस्पति मिश्रको नाम स्मरणीय हुन आउँछ। मिश्रले अथक निष्ठा र साधनाले सिर्जना गरेका वेदान्तको भाष्य टिकाको नाम ‘भामती’ राखेका थिए।

जुन उनको पत्नीको नाम थियो। विभिन्न कालखण्डमा रहेका महिलाको अवस्था, विभिन्न समयका आन्दोलनहरूको जरोकिलो खोतल्नका लागि यस्ता थुप्रै महिलापक्षीय पुरुषहरूको इतिहास पनि उत्खनन गर्नुपर्छ। जसले प्रत्यक्ष वा परोक्षरूपमा महिलाले अस्तित्वबोधको चेतनाले गरेको आन्दोलनलाई सघाउन ऊर्जा दिएको थियो। जसले नारी दिवस मनाउने अवस्थाको चरणको विकासको क्रमलाई बुझ्न थप मद्दत पुर्‍याउँछ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
२३ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस