कोरोना महामारीले बढाएको महिला हिंसा
१२ वैशाख २०७७
•
२० मिनेट पाठ
कोरोना महामारीले बढाएको महिला हिंसा
कोरोना संक्रमण सुरु भएको चीनको उहानमा लकडाउनको पहिलो ३ हप्तामै पारपाचुके (सम्बन्ध–विच्छेद) का लागि स्थानीय प्रशासन कार्यालयमा लाइनलागेका जोडीको तस्बिर अन्तर्राष्ट्रियसञ्चारमाध्यममा भाइरसकै गतिमा देखिए ।भाइरसको प्रभाव कम हुँदै गएपछि पनि लकडाउनको समयमा उठेका विवादले पारिवारिक झगडा सेलाएनन् । बन्द खुकुलो भएपछि पनि सांघाईमा सम्बन्ध–विच्छेदका मुद्दा२५ प्रतिशत बढ्यो । कोरोनाप्रकोप सुरु हुँदा चीनमा नयाँवर्ष परेको थियो । हरेक वर्ष उल्लासपूर्वक मनाइने पर्वमा यसपटक कोरोनाले आर्थिक क्षति मात्र पु-याएन, कैयन् परिवार पनि टुक्र्यायो । जब कोरोनाले देश–महादेशको सीमा नाघ्यो, तब सर्वत्रबाट महिलाविरुद्ध व्यापक घरेलु हिंसा बढेको समाचार आउन थाल्यो । विकसित देशमा घरेलु हिंसाको तथ्यांक महिला हेल्पलाइनमा आउने गुनासाका आधारमा तयार गरिन्छ। पश्चिम युरोप र अमेरिकाको न्युयोर्क राज्यमा महिलाविरुद्ध घरेलु हिंसाका घटना२ हप्ताभित्रै २०–३० प्रतिशतसम्म बढ्यो । धनी देशको हालत त यस्तो छ भने विकासोन्मुख मुलुककोहविगत झन् कस्तो हुने होला? यस्तो समाचार निरन्तर आउन थालेपछि अरू त अरू राष्ट्रसंघका महासचिव आन्तोनियो गुतर्रेस पनि आत्तिए र अप्रिल ५ का दिन निकै भावुक हुँदै भिडिओ सन्देशमा भने, ‘हिंसा रणभूमिमा मात्र हुँदैन, घरैमा पनि हुन्छ र आज नारी आफ्नै घरमा सुरक्षित छैनन्। अकस्मात् आएको यस महामारीले घरपरिवारमा सामाजिक र आर्थिक बोझ थपेको छ, जसको नकारात्मक असर नारीमा परेको छ ।’ राष्ट्रसंघका महासचिवपछि रोमन क्याथोलिक चर्चका धर्मगुरू पोप फ्रान्सिसले पनि महिलाविरुद्ध हुने घरेलु हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।




वास्तवमा कोभिड–१९ महामारीका क्रममा नारी सुरक्षाको चासो अन्तर्राष्ट्रियस्तरमै किन बढ्यो ?

वास्तवमा कोभिड–१९महामारीका क्रममा नारी सुरक्षाको चासो अन्तर्राष्ट्रियस्तरमै किन बढ्यो? उसो त अहिले देखिएका महिला हिंसाका कारण सबै नयाँ र भाइरसले मात्रै जन्माएका होइनन् । लकडाउनको समयमा परिवारमा पहिल्यैदेखि व्याप्त मनमुटाव र अन्तरविरोध चर्किन पुगे भने अभाव र असुरक्षाको त्रासले केही नयाँ विवाद पनि जन्मिए । नेपालमा त्यसै पनि एकतिहाई महिलापुरुषबाट हुने कुनै न कुनैहिंसाबाट पीडित छन्। घरमा नारीअपहेलित हुनाको मुख्य कारण परम्परागत भेदभाव, साथै उनीहरूको कामको उचित मुल्यांकन नहुनु हो । पुरुष कुनै सरकारी कार्यालयमा ७ घण्टा काम गर्छन् वा कुनै व्यवसायगर्छन् भने त्यसबापत रकम (तलब÷आम्दानी) पाउँछन् । अर्थात् उनको कामको मौद्रिक लाभ देखिन्छ। तर एक गृहिणीले बालबच्चाको हेरचाह गर्न, खाना पकाउन, लुगा धुन, घर सफा गर्न आदि कामका लागि दिनमा १२ घण्टा खट्छिन् । तर त्यसको मौद्रिक लाभ नदेखिने हुँदा उनले गरेका कामलाई काम मानिन्न। सहरीकरणको प्रभाव निकै बढिसकेको नेपाली समाजमा यो यथेष्ट जानकारी भइसकेको सकेको कुरा हो कि खाना पकाउने, लुगाधुने र बालबच्चा हेरचाह गर्ने सेवा बजारमा पनि उपलब्ध छर त्यसको मूल्य छ । तिनै कामका लागि घरमा कामदार राखे तलबका साथै खाने÷लाउने र बस्ने सुविधा दिनुपर्छ। यति हुँदाहुँदै पनि महिलाको कामको मूल्यांकन भने हुँदैन। घरका महिला र पुरुष दुवै जागिर खान्छन् भने पनि उनीहरूबीच घरेलु कामको वितरण बराबर हुँदैन। कार्यालयबाट घर फर्केपछि महिलाको जिम्मामा भनिएका काम पुरुषको भन्दा निकै धेरै हुन्छन् । यस्तो असमानताले परिवारमा तनावसिर्जना गरिरहेको हुन्छ। लकडाउनबाबेला परिवारका सबै सदस्य दिनभरि घरै बस्ने भएपछि महिलालाई कामको बोझ झन्बढ्ने नै भयो भने यस क्रममा एकअर्काप्रति उत्पन्न असन्तुष्टिझगडाका कारण बन्न सक्छन्।

अहिले कोरोना भाइरससँगको लडाइँमा महिला– मोर्चाको अग्रपंक्तिमा छन् । उनीहरूको जिम्मामा हरेक घरको भान्सा छ ।

नेपालमा परम्परादेखि नै सामाजिक र धार्मिक पृष्ठभूमिमा व्याप्त लैंगिक भेदभाव, आर्थिक विकासको नयाँ परिप्रेक्ष्यमा घटेको छैन, बरु यसको दायरा अझ बढेको छ । घरभित्रका भिन्नता उत्पादन क्षेत्र र आर्थिक गतिविधिमा सहभागिता र त्यसबापत प्राप्त हुनुपर्ने आम्दानीमा पनि देखिएका छन् । नारीलाई घरबाहिर रोजगारी पाउन शैक्षिक योग्यता, तालिम र सीपको अभाव आदि कारण पनि सजिलो छैन । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गरेको पछिल्लो नेपाल श्रम शक्ति सर्वेक्षणको नतिजाअनुसार जनसंख्याको अनुपातमा जम्मा २३ प्रतिशत  महिलाले मात्र रोजगारी पाएका छन् भने पुरुषतर्फ यो संख्या ४८.३ प्रतिशत छ । विकासोन्मुख देशमा रोजगारी पाएका नारीमध्ये ठूलो संख्यामा अनौपचारिक क्षेत्रमा काम गर्छन्, जहाँ तलब र सुविधा, काम गर्ने समय आदि कुरा श्रमसम्बन्धी कुनै कानुनी अर्थ भएको नियुक्ति–पत्र वा श्रम–करारकाआधारमा नभई रोजगारदाताको खटनपटनमा हुन्छ। श्रम–शक्ति सर्वेक्षणले श्रमको लाभमा पनि ठूलो लैंगिक भेदभाव भएको देखाएको छ, जसअनुसार रोजगारीबाट प्राप्त हुने कूल नगद आम्दानीमा पुरुष र नारीको हिस्सा क्रमशः ७२ र २८ प्रतिशत छन् । नारीको तलब कम भएकाले खासै बचत हुँदैन र लामो समयसम्म आम्दानी नहुँदा पुरुषप्रतिको निर्भरता बढ्दै जान्छ र उनीहरूमा असुरक्षाको भावना बढ्छ।

अहिले कोरोना भाइरससँगको लडाइँमा महिला– मोर्चाको अग्रपंक्तिमा छन्। उनीहरूको जिम्मामा हरेक घरको भान्सा छ। लकडाउनको समयमा परिवारका सम्पूर्ण सदस्यको पहिलो दृष्टि खानामै परिरहेको हुन्छ, खाना पु-याउन नसकेपछि सबै दोष गृहिणीमाजान्छ। भारतबाट सामान आउन कम भएपछि तराईदेखि उपत्यकासम्म र अन्य स्थानका बजारमा तरकारीको अभाव देखिन थालेको छ र जे जति उपलब्ध छन्, त्यसको मूल्य अकासिएको छ। सानो संख्याका हुनेखाने घरका बाहेक अधिकतर परिवारमा छाक गुजार्ने समस्या परिरहेको छ र यस तनावको मुख्य असर नारीमै परेको छ । स्कुल र नर्सरीमा राखिएका बालबच्चा पनि घरमै छन्। बालबच्चाफुर्सदको समय कसरी बिताउँछन्, उनीहरू बाहिर नजाउन् र भाइरस संक्रमणको जोखिमबाट बचुन् भन्ने चिन्ता आमामै हुन्छ । इन्टरनेटको जमानामा अहिले अश्लील र बालबालिकामा नकारात्मक मनोवैज्ञानिक असर पार्ने खालका सूचनाको बिगबिगी छ। आमालाई यस्ता बाह्य सूचनाको प्रभावबाट बालबालिकालाई जोगाउनुपर्ने जिम्मेवारी छ। सामान्य अवस्थामा बाउले पनि ठूलो भूमिका निर्वाह गर्न सक्थे, तर लकडाउनले उनीहरूलाई पनि आफ्नो रोजगारी वा व्यवसायको भविष्य के हुने भन्ने चिन्ताले सताएको हुनसक्छ। अन्तर्राष्ट्रियश्रम संगठनले कोभिड–१९ का कारणविश्वभरमा २० करोड मानिसले रोजगारी गुमाउने अनुमान गरेको छ । मौद्रिक आयको दृष्टिले नेपालमा महत्वपूर्ण मानिएको पर्यटन र सेवा–क्षेत्रको रोजगारीमा यस वर्ष भारी असर पर्ने अनुमान सजिलै गर्न सकिन्छ। नेपाल आउने पर्यटकको आफ्नै देश वर्तमान स्वास्थ्य संकटबाट झन् बढी पीडित छ र क्रय–शक्तिमा आएको ह्रासले गर्दा भाइरसको प्रकोप सकिएपछि पनि उनीहरूलगत्तै मनोरञ्जन, पर्यटन वा विदेश भ्रमण गर्न सक्ने अवस्थामा हुने छैनन्। घरको आँगनमै आएको यस ठूलो आर्थिक संकटले समाज र परिवारमा त्रासदी सिर्जना गरेको छ र नारीलाई परिवार र वैवाहिक सम्बन्धको जगेर्ना गर्नुपर्ने चुनौती छ।  विकशित देशमा वैवाहिक सम्बन्धको संकट पारपाचुकेमा टुंगिन्छ, तर नेपाल र अन्य दक्षिण एसियाली देशमा पारिवारिक विवाद घरेलु हिंसामा परिणत हुन्छ र कहिलेकाहीं यो अवस्था वर्षौंसम्म लम्बिन्छ। हिंसाको पीडित पक्ष अधिकतर अवस्थामा नारीनै हुन्छन्।

विभिन्न देशमा लकडाउनले समाजमा व्याप्त कुलतलाई बढावा दिएको छ र यसको असर नेपालमा पनि पर्ने निश्चित छ। मादक पदार्थको कुलतमा फसेकाले कोरोना भाइरससँग लड्न अल्कोहल फाइदाजनक हुने व्यापक हल्ला मच्चाएका छन् र यसका लागि सामाजिक सञ्जालको औधी प्रयोग भएको छ। मार्च महिनादेखि अमेरिकामा अल्कोहलयुक्त पेय पदार्थको बिक्रीमा ५५ प्रतिशत बढेको छ भने रुसमा भोड्काको बिक्रीमा मात्रै ३१प्रतिशतवृद्धि भएको छ। मादक पदार्थको अनियन्त्रित प्रयोगबाट परिवारको सीमित आम्दानीको क्षय मात्र हुने होइन, यो नै घरझगडा र हिंसाको कारक बन्न सक्छ। तर आर्थिक संकटको समयमा मादक पदार्थको नियन्त्रण पनि निरपेक्ष हुन नसक्ने तथ्यप्रकाशमा आएका छन्।मादक पदार्थमा प्रतिबन्ध लगाएका देशपनि सो प्रतिबन्ध हटाउनु पर्ने दबाबमा छन् । भारी कर उठाउन सकिने मादक पदार्थको बिक्री आर्थिक मन्दीको समयमा राज्यका लागि महत्वपूर्ण आयश्रोत हुन सक्छ। अर्कातिर वर्तमान संकटबाट उत्पन्न मानसिक दबाब र तनावको नियन्त्रण गर्न मादक पदार्थ नै धेरै पुरुषका लागि एक प्रमुख उपाय बनेको छ। भारतमा मादक पदार्थ बढी खाइने राज्य– केरला र मेघालयमा यसको बिक्री नहुँदा एक्कासि आत्महत्याका घटना बढेका छन्। 

जनसंख्या विशेषज्ञ र समाजशास्त्रीले लकडाउनको अर्को एक सम्भावित परिणामलाई पनि समयमै ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्, जुन सुरक्षित नारी जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छ। लकडाउनले मनमुटाव र झगडा मात्र सिर्जना गर्दैन, यसले निकटता र सौहार्दता पनि ल्याउँछ। अरू बेला काम विशेषले अधिकतर समय छुट्टाछुट्टै रहन बाध्य भएका युवा दम्पती लामो समय सँगै बस्न पाउँदा उनीहरूबीच आपसी प्रेम, आत्मीयता र निकटता बढेर जान्छ। धेरै समय बाहिर निस्कन र भेट्न नपाएका प्रेममा गाँसिएका जोडीले पनि लकडाउन खुकुलो भएपछिको पुनर्मिलनबाट उमंग शारीरिक आकर्षणको अनुभूति गर्नेछन्। यसैकारण २०७७ सालमा विश्वभरि नै  गर्भाधान संख्या र जन्मदरमा निकै वृद्धि हुने अनुमान गरिएको छ । सामान्यतः परिवारमा नयाँ सदस्यको आगमन एक खुसीको क्षण हुनुपर्ने हो, तर आर्थिक संकटको समयमा परिवार र समाजले यसलाई थप अभिभाराका रूपमा लिनेछ। यौन र पारिवारिक सम्बन्धका विषयमा पनि नेपाली समाज एक संक्रमणकालीन अवस्थामा छ। हिजोआज देशमा खासगरी सहरी क्षेत्रमायुवायुवतीबीच विवाहपूर्व भेटघाट तथा प्रेम–सम्बन्ध हुनुलाई स्वीकार्न थालिएको छ, तर विवाहपूर्व वा विवाहबिनाको जायजन्म अर्थात् एकल आमाको अवधारणालाई स्वीकारिसकिएको छैन। अविवाहित युवती गर्भवती भए आफन्तले केटाकेटीलाई भेट्न नदिने वा केटामाथि अनेक दबाब दिएर उसलाई भगाइदिनेजस्ता अप्रिय घटना गराएका हुन्छन्। त्यसैले लकडाउनको सुखद पक्षबाट उत्पन्न परिस्थितिको पनि भावी परिणाम विछोड, हिंसा वा गर्भपतनजस्ता अप्रिय घटना हुने सम्भावना रहन्छ, जसबाट नारीनै बढी पिडित हुनेछन्।

अवश्य नै, यी सबै समस्याको समाधान सरकारले मात्र गर्न सक्दैन। महिला संघसंगठन अधिकारकर्मी, गैरसरकारी संस्था र विभिन्न सरोकार समूहले महत्वपूर्ण भूमिका खेल्न सक्छन्। कतिपय देशमा लकडाउनको समयमा महिला हेल्पलाइनका सुविधापनि बन्द भएको पाइएको छ । यस्ता सुविधा सञ्चालन गर्ने संस्थाले कोभिड–१९का कारणघरेलु हिंसा बढ्नसक्ने सम्भावनालाई विशेष ध्यान दिनुपर्छ । कतिपय अवस्थामा पीडित पक्षका लागि अस्थायी आवासको समेत व्यवस्था गर्नुपर्ने हुनसक्छ । यसका लागि पूर्वतयारी अनिवार्य हुन्छ।जहाँसम्म सरकारका तर्फबाट हुनुपर्ने कुरा छ, उसले गर्न सक्ने भनेको सहभागितामूलक विकासका लागि नेतृत्व प्रदान गर्नु हो । अहिले विश्वका राष्ट्र–कोभिड–१९ बाट पीडित जनता र व्यवसायलाई तत्काल दिन सकिने राहत घोषणा र लकडाउन सकिएपछि सञ्चालन गरिने पुनर्निर्माणका कार्यक्रमबारे छलफल र विचार विमर्श गर्दैछन्। नेपालले कस्तो कार्यक्रम ल्याउँदैछ? विगतका २ वर्षको अनुभवबाट अर्थ मन्त्रालय देशको प्रमुख कर कार्यालय र अर्थमन्त्री फगत आय–व्ययको वासलात हेर्ने अधिकारी हुन् कि जस्तो लाग्छन् । अर्थ मन्त्रालयले यसभन्दा धेरै अघि बढेर जनतासामु आधारभूत सामाजिक–आर्थिक रूपान्तरण र दिगो विकासतर्फ लक्षित प्रभावकारी अवधारणा पेस गर्न सक्नु पर्छ । वर्तमान संकटलाई राजस्व संकलनको उद्देश्य राज्य संयन्त्र पोस्नु मात्र होइन, देश विकास र जनहितका काममा लगानी गर्नु पनि हो भनेर प्रमाणित गर्न सकिने अवसरका रूपमा लिन सकिन्छ। त्यस्तो भयो भने अब ल्याइने राहत र पुनर्निर्माणका कार्यक्रममा नारी जीवनको सुरक्षालाई विशेष प्राथमिकतामा राख्नुपर्छ । 

नेपाली समाजले राजनीतिक हिंसाको विकराल स्थिति भोगिसकेको छ र त्यसबाट हजारौं परिवारअझै पनि प्रताडित छ। हिंसाका कुनै पनि रूपले समाजमा स्थान नपाओस् भन्नाका लागि अब देश लैंगिक भेदभावमा आधारित घरेलु हिंसाको पनि पूर्ण उन्मुलन गर्नेतर्फ लाग्नुपर्छ। सुरक्षित नारी जीवन नै सुरक्षित समाजको आधार हो।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ३६ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस