बेनिन : नेपालमा कम सुनिएको पश्चिम अफ्रिकी देश
२२ फागुन २०८१
•
५ मिनेट पाठ
बेनिन : नेपालमा कम सुनिएको पश्चिम अफ्रिकी देश
अफ्रिकाको पश्चिमी क्षेत्रमा अवस्थित यो देशबारे नेपालमा त्यति धेरै जानकारी छैन रहेछ । मैले प्रशंगबस बेनिन जाने सिलसिलामा कुरा गर्दा मेरा धेरै विद्वान साथीहरुले पनि यो देशको बारेमा थाहै नभएको अभिव्यक्ति दिएका थिए । उनीहरुको उक्त भनाइले मलाई बेनिनबारे आफूले थाहा पाएका कुराहरु लेख्न मन लाग्यो ।  




मलाई स्विडेनको कोपनहेगन स्थित अन्तर्राष्ट्रिय विज्ञान संस्था (इन्टरनेशनल फाउण्डेशन फर साईन्स) ले आफ्नो ५० वर्षको अनुभव र भविष्यको युवा बैज्ञानिकहरुलाई अनुसन्धानको अवसर र चुनौती बारे आयोजना गरेको अन्तर्राष्ट्रिय गोष्ठीमा विशेष वक्ताको रुपमा आमन्त्रित गरेको थियो । उक्त अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन म यही गत फागुन १० देखि १७ गतेसम्म बेनिनको सबैभन्दा ठूलो शहर कोटोनो पुगेको थिए । यो एक हप्तामा मैले छलफल गरेका विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु, प्रध्यापक, विद्यार्थी, किसान, विकास साझेदार, व्यापारी र उच्च शिक्षा तथा अनुसन्धान मन्त्री लगायत केहि राजनीतिज्ञसँगको छलफल, केहि संस्थाहरुको स्थलगत भ्रमण, लिखित दस्तावेज र केही ग्रामिण क्षेत्रको अवालेकनको आधारमा यो लेख तयार गरेको छु ।

गोमन सापको घाँटी सहितको टाउको जस्तो वा सानो आकारको, १,१२,६२२ वर्ग किलोमिटर क्षेत्रफल र सन् २०२१ को जनगणना अनुसार लगभग १ करोड ३० लाख जनसंख्या भएको यो सुन्दर देशको दक्षिणमा आन्ध्र (एट्लन्टिक) महासागर, पूर्वमा नाईजेरिया, उत्तरमा नाईजर र बुर्किनाफासो तथा पश्चिममा टोगो देश रहेका छन् । यो देशको उत्तर–दक्षिण ६७२ किलोमिटर र ३४२ किलोमिटर पूर्वपश्चिम फैलिएको रहेछ । यो देशमा बोलिने सरकारी भाषा फ्रेन्च तथा ५० भन्दा बढी स्थानीय भाषा भएको प्रजातान्त्रिक बहुदलीय प्रणाली अन्र्तगत कार्यकारी राष्ट्रपति सहितको शासकीय स्वरुप अवलम्बन गरेको देश हो बेनिन । यो देशको कुल जनसंख्यामध्ये ५२.२ प्रतिशत क्रिश्चियन, २४.६ प्रतिशत मुस्लिम, १७.९ प्रतिशत ट्रेडिसनालिष्ट र ५.३ प्रतिशत अन्य धर्मावलम्बी रहेछन् ।

नेपालमा यो देशको बारेमा त्यति जानकारी नभए पनि पश्चिम अफ्रिकी देशहरु घाना, नाईजर, नाईजेरिया, लिबिया, आईभेरीकोष्ट, माली, बुर्किनाफासो, गाम्बीया, टोगो, गीनिया, क्यामेरुन, माउरीतिनिया, सेनेगल लगायतमा यो देशले राम्रै प्रभाव छोड्न सफल रहेछ । पश्चिम अफ्रिकाका १३ देशमध्ये बेनिनसहित ८ वटा देशले त मुद्रा समेत एउटै ‘फ््रयांक’ चलाएर र भिसा फ्रि गरेर एकीकृत हुँदै गएको पाइयो । यहि कारण पनि यो देशको आर्थिक विकास दु्रत हुँदै जानमा सहयोगी भएको रहेछ । अर्को प्रमुख कारणमा एटलान्टिक महासागरको गल्फ अफ गुएनासँग जोडिएको कोटोनोको बन्दरगाहाले आर्थिक विकासमा पुर्याएको योगदान ठूलो रहेछ । यो देशबाट बढि निर्यात हुने बस्तुमा कपास, पाम आएल, नरिवल, काजु तथा सुन र पेट्रोलियम पदार्थ रहेछन् । यो देशबाट मुलतः युएई, बंगलाादेश, टोगो, भारत र चीनमा आफ्नो उत्पादन निर्यात गर्ने गरेको छ ।

राजनीतिक रुपमा ५ क्षेत्रमा बिभाजित बेनिनमा एउटा व्यक्ति २ पटकमात्र ५–५ वर्ष राष्ट्रपति हुन पाउने कार्यकारी राष्ट्रपतीय प्रणाली, ४ वर्षीय कार्यकालको एक सदनात्मक संसदसहित बहुदलीय प्रणाली रहेछ । यो देश सन् १९६० को अगष्ट १ मा फ्रान्सको उपनिवेशबाट मुक्त भई विभिन्न राजनीतिक उतारचढाव पार गर्दै १९९० सनको संविधान मार्फत् प्रजातान्त्रिक अभ्यास संस्थागत गर्दै विकासमा दु्रत पाईला चाल्दै गरेको रहेछ । तर विकासमा अभिक क्षेत्रीय असमानता रहेकोले मानवीय विकास, गरिबी, वातावरणीय अवस्था, लैगिंक अवस्था जस्ता शुचकांकमा यो देश अझै कमजोर रहेछ । एटलान्टिक माहासागर तटीय क्षेत्रमा द्रुत गतिमा विकास भएपनि उत्तर, पश्चिम र पूर्व क्षेत्रमा विकास गति ज्यादै कमजोर रहेछ । खासगरि बेनिनको उत्तरी क्षेत्रका आटाकोरा, अलिबोरी जस्ता अत्याधिक कटन हुने क्षेत्र, उत्पादन हुने र उर्बर कृषि भूमिमा केन्द्रीय सहेल क्षेत्रका देशहरु खासगरि बुर्किनाफासो, नाईजर र नाईजेरियामा सक्रीय प्रभाव जमाएका हिंसात्मब समुहहरुका गतिविधि बेनिनको उत्तरी क्षेत्रमा बढदा यो देशको समतामुलक आर्थिक विकासमा ठूलो अवरोध पुगेको रहेछ किनकी यहि क्षेत्रमा कटा जस्ता निर्यातजन्य कृषि उत्पादनहरु अत्याधिक हुने रहेछ ।  

याहा सक्रिय रहेको ५ वटै राजनीतिक दलहरुले आफ्नो दलको नाम विकास वा समृद्धि झल्कने गरि नाम राखेका रहेछन् र काम पनि त्यही अनुरुप हुने रहेछ । हालसम्म चीनको ग्रेटवालपछि मानिसले बनाएको संसारकै सबैभन्दा दोस्रो लामो ‘बेनिन वाल’ नामले चिनिने पर्खाल पनि यही देशमा रहेको छ ।  

नवौं शताब्दीदेखि सक्रिय राजतन्त्रात्मक रहेको दाहेमे भनेर त्यति बेला चिनिएको यो मुलुकमा इदो जातिका जनता आफ्ना राजासँग असन्तुष्ट भई १३ औं शताब्दीमा आर्यपुग्दा राजा नै अर्को फेरेर १९ औं शताब्दीसम्म स्वतन्त्ररुपमा चलेको राजतन्त्र सन् १९७२ मा फ्रान्सले उपनिवेश बनाएपछि अन्त भएको रहेछ । यो देश फ्रेन्च प्रोटेक्टीटेट (फ्रान्स अधिनस्त) भई सन् १९६० सम्म उपनिवेशको रुपमा रहयो । सन् १९६० मा उपनिवेशबाट मुक्त भएपछि ६ पटक (सन् १९६३, १९६५, १९६७, १९६८, १९७० र सन् १९७२) सम्म सैनिक कू भएको यो देशमा १९७२ मा शोभियत संघको सहयोगमा सैनिक मेजर माथीयु केरेकुलेले कू बाटै कम्युनिष्ट शासन सुरु गरेका र पछि सन् १९७५ मा देशको नाम फेरि जनबादी गणतन्त्र बेनिन बनाएको थियो ।  

उता जर्मनीमा बर्लिन वाल ढलेपछि कुरेकुले पनि अब बेनिन राज्यको बैचारिक मार्गदर्शन माक्र्सबाद लेनिनबाद नरहने घोषणा गरेका रहेछन् । सन् १९९० देश बहुदलीय प्रणालीमा  रुपान्तरण भई सन् १९९१ को निर्वाचनबाट सैनिक राष्ट्रपतिलाई आफ्नै क्याबिनेट मन्त्रीले हराई सैनिक शासनको अन्त्य र लोकतान्त्रिक प्रणालीको सुरुवात भएको रहेछ ।

सन १९९१ पछि भने बेनिनले खासगरी माहासागर तटीय क्षेत्रमा आर्थिक विकासमा आशा लाग्दो प्रगति गरेको रहेछ । कृषि नै प्रमुख आर्थिक आधार रहेको यो देशमा पोर्ट अफ कोटोनोमा भएको पूर्वाधार विकास, टेक्सटायल र पेय पदार्थ सम्बन्धि उद्योगहरुको स्थापना जस्तो गतिविधिको कारण वार्षिक ६.३ प्रतिशतभन्दा बढि आर्थिक विकास गरिरहेको रहेछ जुन पश्चिम अफ्रिकाकै तिब्र बृद्धि दर मानिदो छ ।  

कपास, तरुल, याम, कासभा र पाम आयल लगायतका कृषि उपजले आर्थिक विकासमा प्रमुख योगदान गरेका रहेछन् । खनिज पदार्थ तथा धातुजन्य बस्तुहरुमा सुन, चुनढुंगाा, फस्फेट, मार्बल, टान्टालुम, प्राकृतिक ग्यास, तेल रहेछन् । यो क्षेत्रमा विदेशी लगानीमा पेय उद्योग र टेक्सटायलका उद्योगहरु उल्लेख्य मात्रामा विकास भईरहेका रहेछन् ।  

अफ्रिकाको क्षेत्रीय व्यापारको केन्द्रबिन्दु रहेको कोटोनोको बन्दरगाहाले ठूलो आर्थिक लाभ दिईरहेको छ । अरु विकासोन्मुख देशका जस्तै गरिबी, जलवायु परिवर्तनका नकारात्मक असर, क्षेत्रीय परनिर्भरताजस्ता समस्या रहे पनि सुशासन, सेवा प्रवाह जस्ता क्षेत्रमा यो देशले पछिल्लो समय उल्लेख्य उपलब्धि हासिल गरेको रहेछ । 
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २९ सेकेन्ड अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस