हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने सक्रिय अभियानले नोभेम्बर २५ को महिलाविरुद्ध हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस र डिसेम्बर १० को मानव अधिकार दिवससमेत सम्बोधन गर्छ जसले महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि विश्वव्यापी कदम चाल्न आह्वान गरिरहेको छ।
गहिरो जरा गाडेको एक सामाजिक मुद्दाका रूपमा लैङ्गिक पक्षपातपूर्ण हिंसा रहेको छ जसले संरचनात्मक असमानताहरू, हानिकारक सांस्कृतिक मानदण्डहरू र मनोवैज्ञानिक गतिशीलताबाट उत्पन्न हुने दुर्व्यवहारको चक्रलाई स्मरण गराउँछ। यो अभियानलाई सार्थक बनाउन जति सचेतनापूर्ण कार्यक्रम गरे पनि प्रभावकारीरूपमा हिंसा न्यूनीकरण गर्न भने लैंगिक पक्षपातपूर्ण हिंसापछाडिको मनोविज्ञान बुझ्नु आवश्यक हुन्छ।
शक्ति नियन्त्रण गतिशिलता
आजकल प्रचलित पावर कन्ट्रोल डायनामिक्स भन्ने भाष्यले इतिहासदेखि नै लैंगिक पक्षपातपूर्ण हिंसा अक्सर शक्ति र नियन्त्रणको इच्छाद्वारा सञ्चालित भएको पाइन्छ। यसको कारण पुरुष शक्तिशाली र महिला कमजोर भएर होइन कि सृष्टिको सुरुवातदेखि नै समाजको संस्कार र भाष्यले प्रचलित गराइदिएको पुरुषले शक्ति आफ्नो नियन्त्रणमा लिनुपर्छ भन्ने मान्यताबाट विकसित हुँदै आएको भन्न सकिन्छ।
पितृसत्तात्मक सोचको अहंकार र परिणामस्वरूप पुरुष शक्तिले महिलामाथि शक्ति नियन्त्रण गरेरै पुरुषत्व कायम गर्न सकिन्छ भन्ने मान्यता अस्तित्वलाई मान्य हँुदैनथ्यो। त्यसैले हिंसा गरेरै भए पनि पुरुषत्व हावी हुनुपर्छ भन्ने मान्यता र संस्कारले नजानिँदो तरिकाले हिंसाको स्वरूप विकसित हुँदै गएको स्वीकार्नुपर्छ। त्यो शिक्षित र अशिक्षित, ज्ञान र अज्ञानी दुवै प्रकृतिका मानिसमा।
यसको अर्थ पुरुषत्व पुलिंगी शक्ति पनि होइन, मानिसभित्रको अहंकार हो। त्यो महिला, पुरुष दुवैमा हुन सक्छ। कतिपय समाज र घरमा महिलाले हैकम जमाएको, महिलाको निर्णयको मान्यता हुने पनि हामीले पाएका छौं। त्यसैले यो मानव मनोविज्ञान हो महिला र पुरुष भन्ने लैंगिक भिन्नताको परिणाम होइन तर समाजमा प्रचलन भयो पुरुषले मात्र महिलालाई हिंसा गर्छन्।
अर्को मनोविज्ञान हामीले बुझेका छैनौँ त्यो के भने शक्ति प्राकृतिक स्रोतबाट प्राप्त हुन्छ र त्यसको लैंगिकता हुँदैन। जस्तै ऊर्जाका प्राकृतिक स्रोतहरूमा सूर्यको प्रकाश, हावा, पानी (जलविद्युत्), भूतापीय ताप र बायोमास समावेश छन्।
यी नवीकरणीय ऊर्जा स्रोतहरूले मानवीय विकास एवं पर्यावरण प्रदूषण कम गर्छ र जलवायु परिवर्तनलाई कम गर्नमा समेत योगदान गर्छन्। मानव विकासका लागि, तिनीहरूले उद्योगहरू, घरहरू र यातायात व्यवस्थाहरूलाई शक्ति प्रदान गर्न, शिक्षा, स्वास्थ्य सेवा र सञ्चार क्षेत्रमा समेत महत्त्वपूर्ण भूमिका खेल्छन्।
शक्ति भनेको ऊर्जा हो जसले सम्पूर्ण मानव विकास र पर्यावरण–अनुकूल अभ्यासहरूलाई योगदान गरेको हुन्छ। यी स्रोतले आर्थिक वृद्धि, सामाजिक समानता र स्वस्थ वातावरणमा योगदान पुर्याउँछन् जसले दिगो विकासका लागि आधार सिर्जना गर्छ र हामीले खोजेको दिगो विकास पनि यही हो। तर हामीले शक्ति र नियन्त्रणलाई पुरुषले महिलामाथि र महिलाले पुरुषमाथि प्रभुत्व जमाउने अहंकाररूपी स्वभावमा मात्र बुझ्यौँ र व्यवहारमा ल्यायौँ जसको परिणाम हिंसा बनेर प्रस्तुत हुन थाल्यो र अहिले पनि हिंसाका अनेक स्वरूपमार्फत पावर कन्ट्रोल डायनामिक्समा सीमित भएको छ।
त्यसैले हिंसा मनोविज्ञानबाट निर्मूल हुन्छ, चेतनाको विकास र ज्ञानको विकासबाट निर्मूल हुन्छ अभियान र कानुनले मात्र होइन। हरेक व्यक्तिभित्रको मनोविज्ञान बुझेर त्यसअनुसारको कर्म र परिणामलाई विराटतामा हेर्ने कला नजान्दासम्म १६ दिने अभियान अभियानमै सीमित हुन्छ, रूपान्तरण महसुस गर्न पाइँदैन।
हिंसाको चक्र
धेरै व्यवहार अनुसन्धानले प्रष्ट पारेका छन् समाजमा लैंगिक पक्षपातपूर्ण हिंसालाई विभिन्न माध्यमले नजानिँदो तरिकाले पालनपोषण भैरहेको छ। त्यसैले यो चक्र छिट्टै समाप्त हुनेवाला छैन। नतिजामा बाहिर ल्याउन नसकिने गरी लुकेका र गरिएका दुव्र्यवहार, उत्तेजना, अहंकार, विभेद सबै हिंसाका स्वरूप हुन् जुन बाहिरका घटनाले निम्त्याउने होइनन् व्यक्तिको मनोविज्ञानबाट प्रष्फुटित हुन्छन्। हिजो थियो यो मनोविज्ञान र पुस्तौंपुस्तासम्म हिंसाको चक्रलाई कायम राख्नमा यो संस्कार विकसित भैरहन्छ।
हाम्रा सामाजिक र संज्ञानात्मक पूर्वाग्रहहरूको कारण नै हिंश्रक र पीडित छुट्टयाउने, पीडितलाई दोष दिएर र हिंसाको गम्भीरतालाई कम गर्ने प्रयास गर्दा नजानिँदो तरिकाले फेरि बदलाको भावना विकसित हुदै जाने मानव मनोविज्ञानले पक्षपातलाई बढावा दिइरहेको हुन्छ।
यी पूर्वाग्रहहरू हाम्रो संस्कार अनुकूल प्रभावित हुन्छन् जसले गर्दा हिंसामा परेकालाई समर्थन गर्नुको सट्टा कलंकित गरिन्छ, हिंसा लुकाउन बाध्य परिन्छ र उनीहरूलाई मद्दत खोज्नसमेत निरुत्साहित परिन्छ। हिंसा अब व्यक्तिगत हानि नभई, व्यक्तिगतरूपमा अस्वीकारपूर्ण नभई घर र समाजको इज्जतमा आधारित हुन थाल्छ।
पीडित स्वयंको मनोविज्ञानले भन्दा समाजको संस्कार र प्रचलनले हिंसालाई बढावा दिइरहेको हुन्छ। परिणामस्वरूप हिंसामा पर्नेहरू तनाव, चिन्ता र हीन भावना महसुस गर्दै गम्भीर मानसिक स्वास्थ्य परिणाम सामना गर्न पुग्छन्। न्याय खोज्ने वा आफ्नो जीवनको पुनर्निर्माण गर्ने क्षमतामा ह्रास आउँछ र पीडितले सामना गर्नुपरेका भावनात्मक दागहरू केवल मनोविज्ञानमा प्रभाव बनेर बस्छन्। कुनै निकास मिल्दैन।
हानिकारक अभ्यासलाई चुनौती
१६ दिने सक्रियताका क्रममा सार्वजनिक सचेतना अभियानहरू सामाजिक मनोवृत्तिलाई नयाँ रूप दिन केन्द्रित हुनुपर्छ। त्यसका लागि मनोवैज्ञानिकरूपमै लैंगिक समानतालाई बढावा दिन र रुढिवादी धारणाहरूलाई न्यूनीकरण गर्दै जाने अभ्यासहरू अपनाउनुपर्छ।
हिंसामा परेकाहरूलाई मनोवैज्ञानिकरूपमै सशक्त भएर समाजमा ठाडो शिर गरी हिँड्ने बनाउन विभिन्न क्षेत्रबाट परामर्श दिनु जरुरी हुन्छ। हिंसामा परेकालाई परिवार र समाजको इज्जतसँग जोडेर होइन, उसको व्यक्तिगत आत्मसम्मानलाई बढावा मिल्ने अभियान सुरु गर्नुपर्छ।
पुरूषको योगदान
समाजका अहिलेसम्मका हिंसाका प्रकृति र संस्कारलाई आत्मसात गर्ने हो भने महिला भएकै कारण हिंसामा पर्ने चक्रलाई तोड्न त्यो अभियानमा पुरुष सहभागिता र योगदान महत्त्वपूर्ण रहन्छ। महिलाले भोग्ने दुव्र्यवहार र अनेक हिंसाका स्वरूपलाई पुरुषको साथ, सहयोग र मनोविज्ञानले महिलाको साहस बढ्न सक्छ। यही नै लैंगिक समानताको परिचय बन्न सक्छ किनभने शारीरिकरूपमा महिला र पुरुष भनेर भिन्नता देखिए पनि आन्तरिक मनोविज्ञान महिला पुरुषको एकै हुन्छ जसले एक अर्कालाई प्रेम, सद्भाव र समऊर्जामा बाँधेर सशक्त बनाउन मद्दत गर्छ।
महिला सशक्तीकरणको अर्थ महिला एक्लै अभियानमा उत्रनु होइन। महिला हुनुको गरिमालाई बुझेर, सृष्टि र महिलाको पर्यायलाई आत्मसात गरेर समुन्नत समाज र घर निर्माण गर्ने सपना देख्ने पुरुषहरूको सहकार्य आवश्यक पर्छ।