अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरू
०७ असोज २०८१
•
९ मिनेट पाठ
अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरू
संयुक्त राष्ट्रसङ्घको स्थापना नै सन् १९४५ मा युएन चार्टरमार्फत दोस्रो विश्व युद्धपछि विश्वमा शान्तिसुरक्षा कायम गर्ने र आर्थिक, सामाजिक र मानवीय समस्यामा सहयोग र सहकार्य गर्ने उद्देश्यबाट भएको हो। विश्वका १९३ देश सदस्य रहेको यो संस्थाको सबैभन्दा शक्तिशाली संरचनाचाहिँ सुरक्षा परिषद् हो, जसले विश्व शान्ति सेनाको परिचालन लगायत सबै महत्वपूर्ण राजनीतिक निर्णयहरु गर्दछ। युएनका शान्तिसम्बन्धी अरू संरचनाहरूमा शान्ति सेना परिचालन, महासभा, महासचिवको कार्यालय, मानवअधिकार परिषद्, अन्तर्राष्ट्रिय अदालतहरु छन्भने यसले मानवीय सहायता, निःशस्त्रीकरण, शरणार्थी लगायतका सवालहरूमा पनि काम गरेको छ। यो संस्थाले शान्ति प्रवर्द्धनका लागि विभिन्न दिवस पनि घोषणा गरेको छ। तीमध्येको एक हो, सन् १९८१ देखि हरेक वर्ष सेप्टेम्बर २१ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय शान्ति दिवस।




यो संस्थाले शान्ति प्रवर्द्धनका लागि विभिन्न कोसिस गर्दा गर्दै पनि अपेक्षित परिणाम भने हासिल गर्न सकेको छैन। यसको उदाहरणमा अहिले पनि ३२ वटा देशमा सक्रिय युद्धहरू चलिरहेका छन् र यसका २४ वटा मिसन पनि सकृय रहेका छन् (तीमध्ये ११ वटा मिसनमा नेपालले कुल छ अजार एक सय ४१ जना पठाई सबैभन्दा बढी योगदान गर्ने देश भएको छ)।

यो संस्था अति भद्धा, केन्द्रिकृत र शक्ति राष्ट्रहरुको नियन्त्रणमा भएको कारणले नै प्रभावकारी हुन नसकेको हो। यो संस्थालाई प्रभावकारी बनाउने हो भने सुरक्षा परिषद्को आमूल परिवर्तनसहित समग्र पुनःसंरचना गर्न आवश्यक छ।

शान्तिको अवधारणा

शान्तिको अवधारणा व्यापक छ। रक्तपातपूर्ण युद्ध चलिरहेको देशहरु (युक्रेन, रसिया, इजरायल–प्यालेस्टाइन, इजरायल–लेबनान (हजबुल्लाह) मा हिंसात्मक युद्ध रोकिनु नै शान्तिको आधार मानिन्छ भने तनाब र द्वन्द्व रहेका देशहरु (म्यानमार, इथोपिया, सहेल, हैटी, अर्मेनिया–अजरबैजान आदि) मा तनाव र द्वन्द्वको अन्त्य नै शान्तिको सुरुआत मात्र भन्न सकिन्छ। तर यो नै शान्तिको पूर्ण अवस्था भने होइन।

नर्वे, आइसल्यान्ड, स्विडेन वा अरू कुनै हिंसात्मक गतिविधि नभएका शान्त देखिने देशहरूमा अशान्ति छैन भन्ने होइन। त्यहाँका मानिसमा पनि अशान्ति छ। त्यसैले शान्ति भनेको द्वन्द्व वा युद्धको स्थगन हुनु मात्र होइन। हामीले शान्तिको परिभाषा गर्दा परिस्थिति र परिवेश सापेक्ष गर्नुपर्ने हुन्छ। सारमा शान्तिको सरल परिभाषमा शान्ति भनेको मानिसको मन मस्तिष्कबाट सिर्जित मनोभावनात्मक अवस्था हो, जहाँ उसले कुनै अस्थिरता, असुरक्षा, त्रासको अनुभूति गर्दैन अर्थात् सुरक्षित महसुस गर्दछ। यसै आलोकमा विश्व शान्तिलाई हेर्न उपयुक्त हुन्छ।

विश्व शान्तिका चुनौतीहरू

अहिले विश्व नितान्त नयाँ खाले र निकै जटिल देखिएका चुनौतीबाट गुज्रिरहेको छ। दोस्रो विश्व युद्धपछि सुरु भएका स्थापित मान्यता र अभ्यासहरू जस्तै लोकतान्त्रिक प्रक्रिया, व्यापारमुखी खुला अर्थतन्त्र, मानवअधिकार, कानुनको शासन पनि जटिल अवस्थाबाट गुज्रिरहेका छन्। यिनीहरूको आधारभूत मान्यतामै प्रश्नचिह्न खडा भएका छन्। यी मान्यताहरुको नयाँ र भिन्न चिन्तनबाट व्याख्या र अभ्यास हुन लागिरहेको छ भने थुप्रै नयाँ र विश्वले अघिल्लो शताब्दीमा अनुमानसमेत नगरेका चुनौतीहरू देखापरिरहेका छन्।

केही यस्ता चुनौतीहरूका प्रारम्भिक सङ्केतहरू नै कहालीलाग्दो देखिँदैछन् भने कतिपय सवाल त शासक–प्रशासक, आमनागरिक र राजनीतिहरुका परिकल्पनाभन्दा बाहिरका र केवल चिन्तक र दार्शनिकको तहमा रहेका तर उनीहरूको भनाइ सुन्दैमा भयावह लाग्ने खालका छन्। यिनै चुनौतीहरू र यसले पार्नसक्ने प्रभावबारे यहाँ केही चर्चा गरिन्छ।

लोकतन्त्र र कानुनी शासनमा चुनौती

विश्व चर्चित व्यक्तिहरू अब्राहम लिङ्कन, महात्मा गान्धी, नेल्सन मण्डेलादेखि दार्शनिक विश्वविद्यालयका प्राध्यापक, राजनीतिशास्त्रका विद्यार्थी, राजनीति शास्त्रीहरूले उठाएका, अभ्यास गरेका वा पैरबी गरेका लोकतान्त्रिक मान्यता र अभ्यास जस्तै मानवअधिकार र कानुनी शासन, न्यायपूर्ण शासनहरू लोकतन्त्रको उत्कृष्ट अभ्यास गरेका भनिएका युरोपका देशहरुमा पूर्ण दक्षिणपन्थी पार्टीहरू जस्तैः डेनमार्कको डेनिस पिपुल्स पार्टी, जर्मनीको अल्टरसेटिभ फर जर्मनी, नेदरल्यान्ड फ्रिडम पार्टी, फ्रान्सको नेसनल फ्रन्ट, स्विजरल्यान्डको स्विस पिपुल्स पार्टी, इटालीको नर्दन लिग, फिनल्यान्डको द फिन्स, स्विडेनको डेमोक्र्याट, अष्ट्रियाको फ्रिडम पार्टी, स्लोभाकियाको आवर स्लोभाकिया, हङ्गेरीको जोबिक, ग्रिसको गोल्डेन डावनको प्रभाव बढ्दै गइरहेकाले अब विश्व पहिले स्थापित मान्यताबाट निकै टाढिँदै गएको देखिँदैछ।

पहिला विकासोन्मुख देशमा उग्र दक्षिणपन्थी शासकहरू आए, तानासाही शासन बढ्यो भनेर आलोचना गर्ने देशहरुमै दक्षिणपन्थी तानासाही मान्यतालाई प्राथमिकता दिने पार्टीहरूलाई जनताले मत दिई स्थापित गराउनुले पनि अब पहिलेका स्थापित लोकतान्त्रिक मान्यतामाथि चुनौती थपिएको देखाउँछ।

ऊर्जा र वातावरणीय सुरक्षाको सवाल

शक्ति राष्ट्रहरुले अत्यन्त संवेदनहीन तरिकाले नवीकरण नहुने ऊर्जाहरू जस्तैः पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, कोइला र अति जोखिमयुक्त आणविक शक्तिको विस्तार र प्रयोग गर्दा यसबाट सिर्जना भएको वातावरणीय असुरक्षाको र जलवायुसँग सम्बन्धित सङ्कट सिर्जना भइरहेको छ।

शक्ति राष्ट्रहरुले कमजोर राष्ट्रलाई वातावरण संरक्षण र जलवायु परिवर्तन जोखिमसम्बन्धी पण्डित्याईं छाँट्ने र सहयोगमा सर्त राख्ने गरे पनि उनीहरूले आफूले खपत गरेको ऊर्जाका कारण सिर्जना भएको जलवायु परिवर्तन र वातावरणीय असुरक्षाबारे स्वीकार्न तयार छैनन्।

सन् २०१६ मा गरिएको अध्ययनमा विश्वमा खपत हुने ऊर्जामध्ये ८० प्रतिशत गैरनवीकरणीय ऊर्जाबाट प्राप्त हुने र यो नै वातावरणीय असुरक्षाको प्रमुख कारक भएको देखाएको छ। सन् २०१७ को तथ्याङ्क अनुरूप विश्व जनसङ्ख्याको ४/२९ प्रतिशत भएको अमेरिकाले विश्व ऊर्जाको १७ प्रतिशत खपत गर्दछ।

विश्वमा सबैभन्दा धेरै ऊर्जा खपत गर्ने देशहरुमा चीन, अमेरिका, भारत, रुस, जापान, दक्षिण कोरिया, जर्मनी, क्यानडा र इरान छन् र यिनीहरू नै विश्वमा जलवायु परिवर्तन र वातावरणीय असुरक्षाका लागि जिम्मेवार पनि उनीहरू नै छन् तर उनीहरू यो यथार्थ स्वीकार्न तयार देखिँदैन।

नेदरल्यान्डको सरकारी वातावरणीय मूल्याङ्कन संस्थाको सन् २०१२ को अनुसार २८ देखि ३० नोभेम्बर २०१७ मा जलवायु परिवर्तनका कारक सिर्जना भएको भविष्यमा हुन सक्ने असुरक्षाबारे छलफल गर्न विश्वभरबाट नेदरल्यान्डको हेगमा भेला भएका अनुसन्धानकर्ता, प्राध्यापक, सुरक्षाविद् र नीति निर्माताहरूको निचोड के थियो भने अहिले जसरी नै विश्वका शक्ति राष्ट्रहरुले प्राकृतिक स्रोतको दोहन र वातावरणीय पक्षलाई बेवास्ता गर्ने हो भने मानव अस्तित्व सङ्कट पर्ने खतरा ज्यादै छ।

कार्बन (सिओ–२) उत्सर्जन गरी जलवायु परिवर्तनमा सबैभन्दा बढी योगदान दिने प्रमुख १० देशमा चीन, अमेरिका, भारत, रुस, जापान, जर्मनी, दक्षिण कोरिया, क्यानडा, ईन्डोनेसिया र साउदी अरयिबा पर्दछन्। तर वातावरणीय असुरक्षा र जलवायु परिवर्तनको मार भने कमजोर राष्ट्रहरले खेपन परिरहेको छ।

यी देशका शासकहरुले अझ पनि उनीहरुको केवल आर्थिक विकास केन्द्रित गलत रबैयाका कारण सिर्जित कार्बनडाइअक्साइड उत्सर्जनको मार संसारले भोग्नु परेको यथार्थ आत्मसात् गर्न सकेका छैनन् र यही रबैया कायम रहेमा विश्वमा अशान्ति मात्र हैन मानव अस्तित्व नै सङ्कटमा पर्नसक्ने अवस्था नकार्न सकिँदैन।

अस्थिरता र द्वन्द्व

विश्वका शक्ति राष्ट्रहरुले विपन्न राष्ट्रमा रहेको अपार प्राकृतिक स्रोत (हिरा, युरेनियम, सुन, तेल र प्राकृतिक ग्यास, पानी, आदि) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कब्जा गर्न, आफ्नो रणनीतिक, सैनिक र राजनीतिक स्वार्थ पूरा गर्न वा वैचारिक आधारमा कमजोर राष्ट्रहरु माथि सिधै वा अन्य माध्यमबाट आन्तरिक मामलामा हस्तक्षेप गर्ने, सरकार अदलबदल गर्ने, हतियार बिक्री गर्ने वातावरण तयार गर्नेजस्ता कारणले द्वन्द्व सिर्जना गराइएका छन्।

यस्ता द्वन्द्वहरुलाई सम्बन्धित देशभित्र रहेका गरिबी, बेरोजगारी, अशिक्षा, प्रदूषण, कुशासन, भोकमरीजस्ता संरचनागत कारण थप जटिल बनाइदिएका छन् र यिनै कारणहरु सम्बोधन गर्न भनी फेरि शक्ति राष्ट्रहरु नै विकास सहायताका नाममा आई स्थिति थप जटिल बनाएको यथार्थ संसारभर स्थापित छ।

साथै अहिले भनिने आतङ्कवादको आधारभूत कारण खोज्दै जाने हो भने यसमा महत्वपूर्ण भूमिका शक्ति राष्ट्रहरुकै रहेको देखिन्छ। यसमा अतिवादी शक्तिहरु विगत वा वर्तमानमा कुनै न कुनै शक्ति राष्ट्रका रणनीतिसँग जोडिएको वास्तविकता पुष्टि भइसकेका छन्। यसको पछिल्लो उदाहरण अलकायदाका तत्कालीन नेता ओसामा बिन लादेन नै हुन्। यतिसम्मकी ख्यातिप्राप्त विद्वान नोम चोमस्की, इडवार्ड हर्मन्स्, रुथ वेकर्ली, फेडरिक गोरेउले त अमेरिका नै विश्वमा आतङ्कवाद उत्पादन गर्ने प्रमुख देशमध्ये भएकोबारे थुप्रै लेख र पुस्तक नै लेखेका छन्।

अहिले पनि अफ्रिकाका ३० देशमा २७० लडाकु समूह द्वन्द्वमा सक्रिय छन् भने एसियाका १६ देशमा १८२ लडाकु समूह, युरोपका १० देशमा ८२ लडाकु समूह, मध्यपूर्वका सात वटा देशमा २६१ लडाकु समूह, अमेरिकी महादेशका सात देशमा ३० लडाकु समूह गरी कुल ७० देशमा ८२५ वटा सक्रिय द्वन्द्व चलिरहेका छन् यी द्वन्द्वहरुको सूक्ष्म विश्लेषण गर्दा शक्ति राष्ट्रहरुको स्वार्थ र प्रभाव व्यापक रहेको पाइन्छ।

भूमण्डलीकरण

शक्ति राष्ट्रहरुको आर्थिक स्वार्थ संरक्षण र प्रवद्र्धनका लागि प्रविधि विकास, कानुनी, संरचनागत र विषयगत रुपमा मजबुत बनाउँदै लगिएको भूमण्डलीकरणकै कारण रैथाने बीउबिजन, ज्ञान–सीप ध्वस्त भइरहेको, अपार जैविक र आनुवंशिक विविधता बौद्धिक सम्पत्तिमाथिको अधिकारका नाममा वा नयाँ प्रविधिको प्रयोगबाट स्थानीय मानिसको नियन्त्रण र पहुँच निषेधित हुँदै गइरहेको छ भने विश्व ब्यापार सङ्गठनका थरीथरीका प्रावधानबाट गरिब देशका नागरिक चटपटाउनै नसकिने गरी बेरिएका मात्र छैनन्, गरिबी, कुपोषण र भोकमरीबाट समेत आक्रान्त छन्।

खासगरी शक्ति राष्ट्रका बहुराष्ट्रिय कम्पनीहरुले गरिबी र भोकमरी बढाउन, धनी र गरिबबीच दूर बढाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्। उदाहरणका लागि, सन् २००७ को तथ्याङ्कमै विश्वको बीउ बजारको ४२ प्रतिशत अमेरिकाका तीनवटा कम्पनी पूर्व–मोन्सान्टो, डुपोक्ट ल्यान्ड व लेक्सले बीउ नियन्त्रण गरेका छन् भने ६७ प्रतिशत विश्वको बीउ बजार विश्वका १० वटा ठूला कम्पनीले नियन्त्रण गरेका छन्।

निष्कर्ष

अहिले विश्वमा जति पनि अशान्तिहरु देखिएका छन्। तिनका प्रमुख कारक भनेको शक्ति राष्ट्रहरु नै हुन्। यिनै शक्ति राष्ट्रहरुकै कारण अब विश्वले नयाँ नयाँ सङ्कटहरु भोग्न परिरहेको छ। तर यी सङ्कट समाधान गर्न भने शक्ति राष्ट्रहरुले खासै चासो देखाएको देखिँदैन। न त संयुक्त राष्ट्रसङ्घ नै प्रभावकारी हुन सकेको छ। विश्वमा अहिले देखिएका जटिलता र सङ्कटहरुको सामना गर्न शक्ति राष्ट्रहरु गम्भीर भई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को पुनःसंरचना गर्नै पर्दछ। नत्र भने शक्ति राष्ट्रहरुले सिर्जना गरेका जटिलता र सङ्कटहरुले विपन्न देशहरुमा अकल्पनीय नोक्सान पुर्‍याउने र संयुक्त राष्ट्रसङ्घ पनि विफल हुनेछ।

(लेखक द्वन्द्व विशेषज्ञ हुन्।)
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस