रविका अनेक रङ !
१० वैशाख २०८१
•
५ मिनेट पाठ
रविका अनेक रङ !
सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) अध्यक्ष रवि लामिछाने मुलुकका गृहमन्त्री छन्। उनीमाथि सहकारी ठगीका गम्भीर आरोप सडकदेखि सदनसम्म उठेका छन् । यस प्रकरणबाट संसद् अवरोध भयो र अन्त्य गरियो पनि। यो विषय हरेक दिन समाचार बनेका छन्। सामाजिक सञ्जालका भित्ता रंगिएका छन्।




रूपन्देही जिल्ला अदालतमा बुझाइएको मुद्दामा पनि उनको नाम जोडिएको छ तर अरूसरह प्रतिवादी बनाइएको छैन। संसद्को रोस्ट्रममा उभिएर र संसदीय समितिको बैठकमा उपस्थिति देखाएर प्रधानमन्त्री तथा प्रहरी प्रमुखले उनको बचाउ गरेका छन्। न्यायाधीश भएर उनी निर्दोष भएको घोषणा गरेका छन्।

लामिछाने आफै प्रहरी संगठनसमेतका हाकिम हुन्। उनका आदेशबाट यो संगठन चल्छ। उनका हरेक निर्देशन पालना गर्नु अनुसन्धान इकाइको बाध्यता छ। लामिछाने भनिएका व्यक्ति गृहमन्त्री हुन् वा होइनन्, यो निकायले यतिबेला छुट्याउन सकेको छैन। उनीमाथि छानबिन गराएर प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता–सौदाबाजीमा प्राप्त गृहमन्त्रीको साथ गुमाउन चाहँदैनन्। गठबन्धनका प्रमुख घटक एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको विरोधलाई ‘विपक्षीको पीडा’ बुझ्छन्। गृहमन्त्री इलाम पुगेर कांग्रेस ‘बर्बराएको’ देख्छन्। न्यायिक अधिकारलाई थुन्छन्। अनि कानुन लागु गर्ने कसको हिम्मत होला, उनीविरुद्ध अभियोजन गर्न आँट गर्ने र पीडितलाई न्याय दिलाउने ?

रास्वपाका एक सांसद डा. ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग गरिएको आर्थिक लेनदेन संवाद टेपका कारण पार्टी सदस्यबाट बर्खास्त भए। सांसद पद गुमाए। ७२ घण्टाभित्र गरेको भनिएको कारबाहीबाट रवि र उनको पार्टीले हाई हाई कमाए। इमान्दारीको राजनीति सुरु भएको जनतालाई आभास दिए। भ्रष्टाचार एवं अनैतिक चरित्रप्रति ‘शून्य सहनशीलता’ नीति पार्टीले लिएको देखाए।

तर जब यही प्रश्न लामिछानेमाथि सोझियो–परिस्थिति बदलिएको छ। रास्वपाले आफ्नो अडान फेरेको छ।संसद्मा राजनीतिक नैतिकताको खरो आवाज उठाउने सांसद एवं नेता कोही मौन छन्, कतिपय उनको बेतुक बचाउमा तल्लीन छन्।  

तनहुँ उपनिर्वाचनबाट राजनीतिमा उदाएका स्वर्णिम वाग्लेसमेतले द्वैधचरित्र प्रदर्शन गरेका छन्। संसद् एवं सार्वजनिक थलोमा आदर्शवादी देखिएका व्यक्ति बदलिएका छन्। पीडित एवं न्यायका विपक्षी भएका छन्। व्यक्तिवादी बनेका छन्। उपनिर्वाचनमा जिताएर लामिछानेले लगाएको गुनको भरपाई गर्दैछन्। तर सँगै पर्सा उपनिर्वाचनमा उमेदवारी दिएका रमेश खरेलले आफ्नो आत्मा बन्धकी राख्न सकेनन्। सिद्धान्त एवं विधिका अडान छाडेनन्। पार्टी परित्याग गर्न तयार भए तर गलत प्रवृत्तिको समर्थन र वकालत गरेनन्। न्याय तथा पीडितका पक्षमा उभिए।

‘स्वार्थ द्वन्द्व’ हुनेगरी पार्टी सभापति लामिछाने गृहमन्त्री हुनु गलत भएको सार्वजनिक अभिव्यक्ति खरेलले दिए । सहकारी पीडितका सवालमा संवेदनशील हुन पार्टी नेतृत्वलाई आग्रह गरे। निष्पक्ष अनुसन्धानका लागि बाधा नबन्न सभापतिलाई अनुरोध गरे। मार्गप्रशस्त गरेर आदर्श राजनीतिको परिपाटी बसाल्न पार्टीलाई अनुनय गरे। प्रतिक्रियामा उनीसँग स्पष्टीकरण सोधियो। अन्ततः पार्टी त्याग्न बाध्य भए।

संगठित सहकारी ठगीको जरो रास्वपामा भएको शंका उब्जिएको छ। यसका उपसभापति डिपी अर्यालसहित अन्य तीन केन्द्रीय नेतासमेत मुछिएका छन् । श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रीसमेत रहेका अर्याल आफै ३० लाख ठगीमा परेको दाबी गर्छन् । मुख्य आरोपित भनिएका जिबी राईले गरेका ठगीको ‘ठेक्का नलिने’ लामिछाने भन्छन्। तर ठगी प्रकरणमा जोडिएको ग्यालेक्सी टेलिभिजनका राईसँग साझेदारी रहेको स्विकारेका छन् । वृत्तिविकासको आकर्षणमा परी उक्त टेलिभिजनमा जोडिएका कर्मचारीसमेतलाई अलपत्र पारेका छन् । तथापि ‘पानीमाथिको ओभानो’ भएझैं शंकाको दायरामा परे पनि सत्ता र शक्तिको समर्थनमा उन्मुक्ति पाउने कसरतमा लामिछाने छन् । कानुनलाई निजी स्वार्थको औजार बनाएका छन् । साइबर सेना प्रयोग गरेर व्यापक समर्थन देखाउने दुष्प्रयासमा छन् । वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपा पार्टीलाई ‘प्रदूषित’ पारेका छन्। ‘रास्वपामा आफ्नो विकल्प नरहेको’ देखाउने चेष्टामा छन्। ‘जुन जोगी आए पनि कानै चिरेको’ उक्ति चरितार्थ गरेका छन्।

लामिछाने पीडितका वकालतबाट लोकप्रिय भए। यही जगबाट राजनीतिक चर्चामा पनि आए। स्थानीय सरकारको चुनावमा स्वतन्त्रको लहरपछि ‘स्वतन्त्र’ शब्द जोडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोले। परम्परागत दलहरूप्रतिको वितृष्णाको फाइदा आमनिर्वाचनमा संसद्मा २० सिट पुर्‍याएर चौथो राजनीतिक शक्ति बने। उपनिर्वाचनबाट कांग्रेस त्यागेका स्वर्णिम वाग्लेलाई सांसद जिताएर अरू एक सिट थपे। असन्तुष्ट कांग्रेसीको दोस्रो रोजाइमा रास्वपालाई पारे।

अहिले लामिछाने बलशाली पीडकका कोटीमा छन्। सरकार बनाउने एवं ढाल्ने निर्णायक बिन्दुमा छन्। कानुनभन्दा माथि छन्। ठगी आरोपित भए पनि गृहमन्त्री बनेका छन्। इमान्दारीको राजनीतिमा विश्वास गर्नेलाई रुष्ट पारेका छन्। रास्वपाप्रति आकर्षण घटाएका छन्। यही कारणले पनि होला वैशाख १५ को इलाम उपनिर्वाचनमा दलबाहिरका युवकलाई उमेदवार बनाएको।

संगठित सहकारी ठगी प्रकरणलाई सम्बोधन गर्न संसदीय समिति गठन गर्न नेपाली कांग्रेसले संसद्मा माग राख्यो। माग पूरा नभए संसद् अवरोध गर्ने घोषणा गर्‍यो। कांग्रेसको यस दबाबलाई छल्न संसद्को हिउँदे अधिवेशन नै अन्त्य गरियो। बेपत्ता तथा सत्य आयोग सम्बन्धी महŒवपूर्ण संशोधन विधेयक र अन्य विधेयक अलपत्र पारेर संसद्को चालु सेसन बन्द गरियो। एक व्यक्तिविरुद्धको आरोप टार्न सिंगो मुलुकको भविष्यमाथि असर पर्ने गरी सरकारले कदम चाल्यो।

प्रतिपक्षको हिसाबले कांग्रेस एमालेको तुलनामा कमजोर देखियो। सुन काण्डमा एमालेले देखाएको सशक्त भूमिका कांग्रेसमा देखिएन। उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न बाध्य गराएर सुन तस्करीमा अनुसन्धानभित्रका कमजोर पाटाहरू सार्वजनिक गराउन एमालेले सरकारलाई बाध्य गरायो। अन्य सुन तस्करीमा रहेका रहस्यसमेत समितिबाट उजागर भयो। कुन तहका राजनीतिक शक्तिको संरक्षण र संलग्नता रहेछ ? देखियो।

सहकारी ठगी प्रकरणलाई सुन–काण्डभन्दा कम आँकलन गर्न हुँदैन। संसदीय छानबिन समिति गठन गरेर औपचारिकतामा सीमित राख्न मिल्दैन। भनिएको संसदीय समिति प्रहरीको छानबिन प्रक्रियाको गहिराइसम्म पुग्न सम्भव हुँदैन। समितिको गठनमा बहुमत सदस्य सत्तापक्षका हुन्छन्, सांसदमा प्रतिनिधित्वका हिसाबले। बहुमतबाट गरिने निर्णय नै अन्तिम हुन्छ।

अल्पमतका सदस्य निर्णयका साक्षी मात्र हुन्छन्, जुन अर्थमन्त्री जनार्दन शर्मा ‘सिसिटिभी फुटेज प्रकरण’मा देखियो। अर्थात् संसदीय समिति गठन राजनीतिक लाभको मात्र बन्न सक्छ। मुलुकभरका सहकारी पीडितका न्याय प्राप्तिको ढोका खोल्न कठिन हुन्छ। यस प्रकरणको अन्तर्यमा पुगी न्याय निरूपण हुने विश्वास गर्न कठिन हुनेछ। रवि लामिछाने बचाए सरकार बच्ने, पीडित बचाए सरकार ढल्ने । हामी कस्तो व्यवस्थामा छौं ?
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस