स्वावलम्बी छोरी
२९ चैत्र २०८०
•
३ मिनेट पाठ
स्वावलम्बी छोरी
आज पनि समाजमा छोरीलाई वस्तु मान्ने प्रवृत्ति जीवितै छ भने पुष्टि गएको लक्ष्मीपूजाको घटनाले गर्छ। घटना थियो–आँगनमा परिवारका साथै रमाइलो मनाउँदै गरेका बेला अन्य कसैले पड्काएको पटकाबाट १७ वर्षीया बालिका सीमा दासले एउटा आँखा गुमाउनु पर्‍यो। भारतको सहरसा जिल्लाबाट सीमालाई लिएर उनका आमाबुबा विराटनगरस्थित तापडिया आँखा अस्पताल आएका थिए। संयोगवश पंक्तिकार पनि आँखा देखाउन सोही अस्पताल पुगेको हुँदा ती महिला अस्पतालको कुनामा बसेर रोइरहेको देखेर जिज्ञासा राख्दा यो घटना थाहा भयो।




‘अब मेरी छोरीले कसरी जीवन बिताउँछे, उसले बाँच्नु बेकार छ, अब कसैले विवाह नै गर्दैन, हामीसँग पर्याप्त सम्पत्ति नै छैन’ भन्दै उनी रोएको देखेर पंक्तिकारका आँखा पनि रसाए। समाजमा विद्यमान सामाजिक विकृतिहरूका कारण कतिपय आमाबुबालाई पीडा सहेर बाँच्न बाध्य पारेको छ। विडम्बना ? आफूले नगरेको कार्यका लागि पनि उनको जीवन अन्धकार मात्र पारेन, परिवारकै खुसी चुँडाएर लग्यो।

छोरीको विवाह कसरी गर्ने भन्ने चिन्ता एकातिर अनि अर्कोतिर दाइजो दिन परे के गर्नु भन्ने चिन्ता पनि उत्तिकै। उनलाई सान्त्वना भनेँ–युगले धेरै फड्को मारिसकेको छ। समाजमा नयाँ नयाँ प्रवृत्ति विकास भएका छन्। छोरी एउटा आँखा नदेख्ने हुँदा आमा बुबालाई पीर पर्नु स्वाभाविकै हो। त्यसैले आमा बुबाले आफ्ना सन्तानलाई सक्षम बनाउनु आवश्यक छ। विवाह गरेर पन्छाउनुको सट्टा त्यही दहेज दिने पैसाले उनलाई शिक्षा दिई सक्षम तुल्याउनु आमाबुबाकै कर्तव्य हो। प्रत्येक छोरीलाई शिक्षित बनाउनु आजको आवश्यकता हो।

छोरीलाई बोझ ठानी पन्छाउनु भन्दा उनीहरूलाई राम्रो शिक्षा दिएर आफ्नो खुट्टामा उभिन सिकाउनुका साथै आत्मनिर्भर बनाउनु जरुरी हुन्छ। महिलाको आर्थिक स्वतन्त्रताले घर र समाजप्रति महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। जसले आत्मबल साथै आत्मनिर्भर बनाउन मद्दत पुर्‍याउँछ। आर्थिक स्वतन्त्रताको अभावमा समाजमा महिलाको खासै प्रभाव नपर्ने हुँदा उनीहरूको मनोबल खस्किएको हुन्छ। सीमाकी आमाको अवस्था त्यही थियो। विवाह गरेर पन्छाउने चाहना उनको थियो तर विवाहपछि तिनको अवस्था झन के होला भन्नेप्रति उनको सोच कमजोर देखिन्थ्यो।

आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्। त्यसमा पनि यस्ता घटना भएको खण्डमा त उनीहरू कसरी हुन्छ छोरीलाई पन्छाएर पठाउँ भन्ने सीमाको आमा बुबाको सोच देखियो। यसै क्रममा पंक्तिकारले एकजना दृष्टि गुमाएकी महिलाासँग जिज्ञासा राख्दा भनिन्– पीडितले कहिले पनि नकारात्मक सोच हीनताबोध राख्नु हुँदैन। आत्माविश्वासका साथ अगाडि बढ्नुपर्छ। प्रकृतिको यो सुन्दर संसारमा अनेकौँ प्रकारका मानिस पीडा सहेर हाँसीखुसी जीवन निर्वाह गरिरहेका छन् । हाम्रो मात्र यो पीडा होइन।

यस्ता कुरामा आमाबुबाको सहयोग र हौसला आवश्यक छ। विवाहपछि श्रीमान्को सहयोग भएको खण्डमा केही गाह्रो छैन। सन्तान हुर्काउन अवश्य कठिन हुन्छ। आफू अक्षम हुँदा हामीलाई समाजले के भन्छ, के गर्छ भन्नेतर्फ चासो राख्नुहुँदैन। यशोदा दास हुन् जसले टाइफाइडका कारण एउटा आँखा गुमाउनुपरेको थियो। उनी श्रीमान्को सहयोगकै कारण आज दुई सन्तानकी आमा हुन पुगेकी छन्। उनले हिम्मत हारिनन्। आँखा गुमाउनुको पीडा उनमा नभएको होइन। आत्मबलकै कारण उनी आज एक सक्षम गृहिणी, आमा, श्रीमती हुन पुगिन्। शिक्षा र आर्थिक सम्पन्नताले महिलालाई शोषणविरुद्ध आवाज उठाउन सक्षम बनाउँछ।

अधिकांश महिला पुरुष शारीरिकरूपमा अक्षम त छन् तर पनि उनीहरू स्वाभिमानका साथ केही गरिरहेका छन्। उदाहरण दिनुपर्दा साहित्यिक क्षेत्रमा मदन पुरस्कार पाउन सफल  साहित्यकार झमक घिमिरे, संगीततर्फ मेनुका पौडेल नै छन्।

प्रत्येक आमा बुबाले आफ्ना सन्तानलाई राम्रो शिक्षा, मनोबल स्वावलम्बी बनाउनुपर्ने हुन्छ न कि विवाह गरेपछि समस्याको समाधान हुन्छ भन्ने सोच राख्नु गलत कुरा हो। जसको परिणाम सीमाले भविष्यमा झेल्नुपर्ने पीडा कष्ट कति हुन्छ ? उनलाई आमा बुबाको सहयोग खाँचो छ। समाजमा कतिपय सीमा छन् जसले आफ्नो पीडा लुकाएर मुस्काइरहेका छन्। यसैले आवश्यक छ माया, हौसला र सहयोगका साथै शिक्षा र आर्थिक सक्षमताको।
अर्को समाचार
छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम
१८ चैत्र २०८०
•
१ मिनेट पाठ
छोरीलाई स्वावलम्बी बनाउन ‘नगरकी छोरी’ कार्यक्रम
छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउनें उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ।




नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा भएको कार्यक्रम कार्यान्वयनमा आएको हो। बागलुङ नगरपालिका–२ की अद्विका क्षेत्रीको नाममा बैंक खाता खोलेर नगरले कार्यक्रम शुभारम्भ गरेको हो।

प्रभु बैंकसँग सम्झौता गरी २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।

नगरप्रमुख श्रेष्ठले छोरीको जन्मपश्चात् उनको नाममा नगरपालिकाले पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न पाउनेगरी नगरकी छोरी कार्यक्रम अगाडि बढाएको बताए।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीय रूपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेको छ। नगरका छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुने र छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुने उनले बताए। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस