संविधानको प्रस्तावनामै लैंगिक, भौगोलिक, जातीयरूपमा विभेद कसैलाई गरिँदैन, यस्ता विभेद हटाइ सामाजिक न्याय सुनिश्चित गर्ने भनी लेखिएको छ तर आज एकल साथै अन्य महिलाका लागि विभेदपूर्ण कानुन बनिरहेका छन्।
आज पनि समाजमा लैंगिक भेदभाव प्रशस्त देखिन्छ। घरमा छोरा जन्मँदाको खुसी र छोरी जन्मँदाको दुःखी भिन्दै भिन्दै देखिन्छ। छोरी जन्मनासाथ आमाबाबुले आफ्नो टाउको बोझ ठान्ने गर्छन्।
वास्तवमा बोक्सी, बोक्साको आरोप हामी कुन र कस्ता मानिसलाई लगाउँछौँ त ? जो समाजदेखि तिरस्कृत, गरिब, असहाय, एकल, सजिलैसँग दबाउन सकिने, जसको समाजमा खासै महत्त्व हुँदैन। आजसम्म कोही पनि प्रतिष्ठित, ठूलाबडा...