विश्व सामाजिक मञ्चबाट अपेक्षा
१२ पौष २०८०
•
७ मिनेट पाठ
विश्व सामाजिक मञ्चबाट अपेक्षा
विश्व सामाजिक मञ्च आगामी फागुन तीनदेखि सातासम्म नेपालमा हुँदैछ। सन् २००३ मा ब्राजिलको पोर्टो अलेग्राबाट ‘अर्को विश्व सभ्भव छ’ भन्ने नाराका साथ सुरु भएको हो यो मञ्च। मूल आयोजकका अनुसार नेपालमा हुने विश्व सामाजिक मञ्चमा ५० हजार सहभागी हुँदैछन्। नेपाललगायत विश्वमा नै यसको तयारी बैठकहरू दिनहुँ हुँदैछ । 




२० वर्षमा अर्को विश्व कस्तो बन्ने हो भन्ने छलफलमै सीमित छ। अर्को विश्व धनीलाई धनी बनाउने, गरिबलाई अझ गरिब बनाउने, शोषण गर्ने र केही व्यक्ति र संस्थाहरूले विश्व चलाउने कल्पना गरिएको होइन होला। न पुँजीवादी विश्व नै हामीले कल्पना गरेको हो।

विशेषगरी विश्व सम्मेलन वा सामाजिक मञ्चमा मुख्यतः मध्यम वर्गको सहभागिता हुन्छ। यसका तीन कारण छन्– पहिलो, यस्तो सहभागिताका लागि स्रोत चाहिन्छ। स्रोत मध्यम वर्ग वा त्यसभन्दा माथिको वर्गको नियन्त्रणमा छ। दोस्रो, भाषा हो। यस्ता विश्व सम्मेलन वा मञ्चमा प्रायः अंग्रेजी भाषा हुन्छ, अनुवाद भइहाले पनि स्पेनिस र फ्रेन्चमा मात्र हुन्छ। अरू भाषामा हुदैन। यस्तो अंगे्रजी बोल्ने मध्यम वर्ग वा त्यसभन्दा माथिका छन्। 

तेस्रो, नेटवर्किङ वा एलायन्स हो। यसमा आफ्नो शक्ति समूह वा वर्ग सम्बन्ध वा स्रोत सम्बन्धभन्दा बाहिरका सहभागी हुन सक्दैनन्। 

गरिब वर्गलाई यस्ता कार्यक्रम आयोजना गर्ने फुर्सद छ न सहभागी हुने नै। उनीहरू आफ्नो दैनिकी धान्नमै व्यस्त छन्। यति लेख्दै गर्दा माक्र्स याद आउँछन्, उनले भनेका छन्– मध्यम वर्ग अवसरवादी हो अझ अर्काको स्रोत पाएपछि यो प्रतिक्रियावादी पनि हुन सक्छ।  
विश्व मञ्च वा सामाजिक संस्थाहरूको लगानीको स्रोत के हो? पुँजीवादी हो वा गैरपुँजीवादी हो ? यदि यो नवउदारवादी स्रोतबाट चलिराखेको छ भने यसले दिने नतिजा पनि नवउदारवादी नै हुन्छ। परिवर्तनकारी हुन सक्दैन। 

विश्व सामाजिक मञ्चको इतिहास हेर्दा यो माक्र्सका विचार राख्ने, परिवर्तनमा विश्वास गर्ने र समावेशी प्रजातन्त्र र आर्थिक प्रणालीहरूमा विश्वास गर्नेहरूको मञ्च हो तर यसलाई नवउदारवादी संस्थाहरूको स्रोत वा प्रोजेक्टहरूले त्यही अर्को विश्वको नाराभित्र खेलेर आफ्नो शक्ति बलियो बनाइराखेको छ। 

उदाहरणका लागि हामी हवाइ जहाज चढेर पुँजीवादीलाई सघाउँछौँ। होटलमा बसेर र खाएर पुँजीवादीको व्यापारलाई नाफा दिन्छौँ। पुँजीवादीहरूले उत्पादन गरेका सामग्री प्रयोग गरेर उनीहरूको नाफालाई अझ बढाउन मद्दत गर्छौँ।  

त्यति मात्र हैन, डलर एक्सचेन्ज गरेर पुँजीवादी आर्थिक प्रणलीलाई नाफा दिन्छौँ। गरिबलाई के दिन्छौँ ? मजदुरलगायत श्रमशक्तिका आधारमा जीवन बिताउन वा दैनिक ज्याला गर्नेलाई के दिन्छौँ ? शक्तिबिहीनहरूलाई के दिन्छौँ ? शक्ति र र स्रोत वितरणका लागि के गर्छौँ ?
त्यसैले हामी नवउदारवादी स्रोतबाट परिचालित छौँ भने त्यसले दिने परिणाम पनि त्यस्तै हुन्छ। यदि मूल धमिलो छ भने धारामा आउने पानी पनि धमिलो नै हुन्छ। धाराले सफा पानी दिन सक्दैन।

विश्व बैंक समूहलगायत नवउदारवादी समूह र संस्थाको परियोजना सञ्चालन वा त्यसका स्रोतबाट हामी यो मञ्चमा सहभागी हुँदैछौँ, कार्यक्रम गर्दैछौँ। त्यसले अर्को न्यायसहितको समावेशी विश्वको समाजवादको यात्रा तय गर्न सक्दैन। प्रायः मध्यम वर्गको स्रोत सम्बन्ध नवउदारवादी संस्थाहरूसँग नै छ।  

अर्को विश्व भनेको कस्तो हो? माक्र्सको विचारमा आधारित हो वा अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमनको विचारमा आधारित वा विश्व बैंक समूहका पे्रसिडेन्ट अजय बंगाको जस्तो वा उत्तर कोरियाका राष्ट्रपति किम जोन उनको जस्तो हो वा अमेरिकी राष्ट्रपति वाइडेनको जस्तो? हामी गान्धीको स्वराजमा फर्किन सक्छौँ कि सक्दैनौँ? जुलियस नेरेरेको आत्मनिर्भर समाजमा फर्किन सक्छौँ कि सक्दैनौँ? 

विश्व मञ्चमा समाजवादी अर्थव्यवस्था कस्तो हुन्छ, त्यसका सैद्धान्तिक र व्यावहारिक पक्षको विचार मन्थन र कार्ययोजना बन्छ कि बन्दैन? माक्र्सले स्थापित गरेका वर्गका कुरा हुन्छ कि हुँदैनन्? विश्वका सर्वहारा विपन्न, शक्तिहीन, राजनीतिक पार्टीहरू, सरकार र नागरिक समाजलाई के सन्देश दिन्छौँ? एनजिओ/आइएनजिओहरूको कुम्भमेला मात्र हुन्छ कि वास्तविक परिवर्तनको अभ्याससहितको योजना बनाउँछौँ ? 

अर्को कुरा स्रोतसँगै ट्राभल गरेर आएका एजेन्डामा छलफल हुन्छ वा वास्तविक आन्दोलन र रूपान्तरणको एजेन्डा तय हुन्छ ? र, विश्व सामाजिक मञ्च एउटा विश्व आन्दोलनका रूपमा परिणत हुन्छ? यसको उत्तरसहित विश्व सामाजिक मञ्च नेपालले तयारी र सहजीकरण गर्नुपर्छ।
अहिले दुईवटा विचार छन्– पहिलो, बजारले गरिबी निवारण गर्छ जुन नवउदारवादीहरूले भन्दै आएका छन्। दोस्रो प्रोफेसेर जोसेफ स्टिग्लिजलगायतले भने जस्तै बजारले गरिबी निवारण गर्दैन त्यसैले राज्य र समुदाय मिलेर गर्ने हो। 

विलियम स्ट्रली र डम्बिसा मायोले चाहिँ बजारले गरिबी निवारण गर्छ, विकास सहायताले गर्दैन भन्ने वकालत गर्दै आएका छन्। त्यसलाई विश्व सामाजिक मञ्चले के जवाफ दिन्छ? विभिन्न सहायताका विषयमा सामाजिक मञ्चको पोजिसन के हो? गणतन्त्र भएको देशभन्दा अर्को देश हामीले कस्तो खोजेको हो? छलफलका लागि त्यसको प्रारूप हामीसँग छ कि छैन वा जसले जे छलफल गर्छ, त्यसै छाडिदिने हो?

सामाजिक मञ्चले क्रान्ति, विद्रोह र शान्ति तथा न्यायको कुरा लोगोमा समेटेको भनेका छन्। अहिले विश्व सामाजिक आन्दोलन वा विश्व वर्गीय आन्दोलन कहाँ छ भनेर खोज्ने बेला आएको छ। नवउदारवादी स्रोतकै कारण वर्गीय आन्दोलनहरू ओझेलमा परेका छन्। वर्गीय मुद्दाहरू ओझेलमा परेका छन् भने नवउदारवादी भाष्य बलियो र सक्रिय छ।

विश्व सामाजिक मञ्चले वर्गीय आन्दोलन, किसानको हितमा भूमि सुधारको मुद्दालाई पुनर्गठन गर्छ कि गर्दैन? विश्व खाद्य सङ्गठन, एफएओ र अन्तर्राष्ट्रिय भूमि सञ्जालका अनुसार चारजनामध्ये तीनजना ग्रामीण भेगमा बस्छन् र कृषि कर्म गर्छन्। जसको भूस्वामित्व अहिले पनि असुरक्षित र असमान छ।
माक्र्सका अनुसार पुँजीवादी विस्तारले ग्रामीण समुदायको सर्वहाराकरण गर्दै जमिनको केन्द्रीकृत गर्दै कृषिलाई विषाक्त बनाएको छ। पुँजीवादमा किसान मृत अर्थात डेड पिजन्ट हुन्छ। अब मृत अवस्थामा पुगेका किसानलाई उत्पादनको साधनको मालिक र उत्पादनको मालिक बनाउने प्रक्रियामा विश्व सामाजिक मञ्च लाग्छ कि लाग्दैन वा भेला गरेर काठमाडौँ घूमघाम गरेर केही समय काठमाडौँका होटल रेस्टुरा चलायमान बनाएर यो सकिन्छ ?

अन्तर्राष्ट्रिय भूमि सञ्जाल र अक्सफामको प्रतिवेदन सन् २०२०, ल्यान्ड इनइक्वालिटी एट द हर्ट अफ अनइवेल सोसाइटीका अनुसार जमिनको असमानताका कारण करिब २.५ बिलियन (करिब साँढे दुई अर्ब साना किसानको जीविका सङ्कटमा छ। इनइक्वालिटी प्रतिवेदनअनुसार बिलिनियरहरूको प्रत्येक दिन २.७ बिलियन डलर सम्पत्ति बढ्छ।

प्रत्येक दिन असमानताका कारण २१ हजार ३०० मानिस मर्छन् र प्रत्येक चार सेकेन्डमा एकजना मानिस मर्छन्। प्रत्येक वर्ष खाना खान नपाएर २१ लाख मान्छे मर्छन्। यो सामाजिक मञ्चले हरेक दिन प्राण त्याग्ने २१ हजार तीन सय मानिसलाई बचाउन के नीति, कार्यक्रम र योजना तय गर्छ?

हिजो चेलीबेटी भारतका सहरलगायत विभिन्न देशमा बेचिन्थे तर आज मास्टर्स/पिएचडी गरेका मानिस बेचिन थालेका छन्। केही समय अगाडि रुकुमको एउटा गाउँको समाचार सार्वजनिक भयो ।

एकजना मानिस अमेरिका जान एक करोड खर्च गर्न तयार छ तर नेपालमा बस्न तयार छैन। मान्छे गाउँमा बस्न तयारै छैन। नेपालको अर्थतन्त्र ऋणात्मकतर्फ गइराखेको छ। अब गाउँमा शिक्षक पाउन गाह्रो भएको छ। घरहरूमा ताला लागेका छन्। हामी विकास लिएर गाउँ गएका छौँ तर गाउँमा मान्छे नै छैन्। मान्छे किन अमेरिका, युरोप र गल्फ जान हुरुक्क छ र नेपालमा बस्न चाहँदैन। 
विकास सहायता, गैह्रसरकारी संस्था र सरकारका कार्यक्रमले किन मानिसलाई नेपालमा राख्न सकेको छैन? यस्ता विषय सामाजिक मञ्चका योजनाभित्र पर्छन् कि पर्दैनन् ? चासो यो हो।

मान्छे जब गरिबी झेल्छ, उसलाई दुःखी बनाउँछ । जहाँ मानिस अधिकारबिहीन हुन्छ, स्रोतविहीन हुन्छ तब मानिस दुःखी हुन्छ र यसका विकल्पहरू खोज्छ। मान्छे पैसा कमाउन मात्रै वा धनी हुन मात्रै खोज्दैन। ऊ पहिचान, सम्मान, सहभागिता, स्वामित्व र सामूहिक शान्ति पनि चाहन्छ। यस्ता विश्व मञ्चले ग्रामीण गरिब र विपन्नहरूलाई कस्तो पहिचान, सम्मान, सहभागिता र स्वामित्व दिन्छ वा वा मध्यम वर्गको आफैँले आफैँलाई पहिचान दिने थलो बन्छ। यो महत्त्वपूर्ण पक्ष हो। 

‘संसार बुझ्नु मात्र ठूलो कुरा होइन, ठूलो कुरा त बदल्नु हो, माक्र्सले कतै भनेका छन्। त्यसैले विश्व सामाजिक मञ्च बुझ्नतिर मात्र नलागोस्, बदल्नतिर लागोस् र हामी सबै बुझ्नतिर मात्र होइन, बदल्नतिर लागौँ। बदल्ने बहस र अभ्यास आजैबाट सुरु गरौँ। 
अर्को समाचार
विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन
०३ फागुन २०८०
•
६ मिनेट पाठ
विश्व सामाजिक मञ्च: सीमान्त स्वरको सम्बोधन
विश्व सामाजिक मञ्च, संसारभरका प्रगतिशील अभियन्ता र नागरिक संगठनहरूको साझा आन्दोलन हो। जसले न्यायपूर्ण समाज निर्माणको पक्षमा विकल्प र ठोस संघर्षको प्रस्ताव गर्छ। जताततै र सबैजसो क्षेत्रमा हावी हुँदै आएको कर्पोरेट (कु) विकासको विकल्पमा छलफल गर्छ। मञ्चले शिक्षा, स्वास्थ्य जस्ता सेवाहरूको निजीकरण, सैन्यवाद र साम्राज्यवादको विरोध गर्छ।




सामाजिक न्याय र समानताको पक्षमा वैकल्पिक विचारमा बहस गर्न, प्रस्तावहरू तयार गर्न र मानव जातिको वर्तमान संकटका लागि वैकल्पिक समाधान खोज्न ठाउँ दिन्छ।

विश्व तहमा सामाजिक न्याय, वातावरणीय दिगोपना र शान्तिपूर्ण सहअस्तित्वका मुद्दालाई सम्बोधन गर्न जोड दिन्छ। यसको १६ औं संस्करण आज फागुन ३ बाट काठमाडौँमा सुरु हुँदैछ। विश्व सामाजिक मञ्च, न्यायपूर्ण र समतामूलक संसार निर्माणको आन्दोलन हो। जुन अर्को न्यायपूर्ण विश्व सम्भव छ भन्ने विश्वासमा आधारित छ।

सामाजिक अन्याय र असमानताहरू संसारभर बढ्दै गइरहेका छन्। उत्पादनका प्रमुख साधन र सम्पत्ति औँलामा गन्न सकिने थोरै व्यक्तिको कब्जामा केन्द्रीकृत हुँदै गएको छ। जसका कारण राजनीति र सम्पूर्ण अर्थव्यवस्था नियन्त्रण गरिरहेको छ।
चरम असमानताले गरिब विशेषतः भूमिहीन, साना किसान, महिला, बालिका, अपाङ्ग भएका व्यक्तिहरू कडा परिश्रमका बाबजुद आधारभूत अधिकारबाट समेत वञ्चित छन्। धनी र गरिबबीचको खाडल गहिरिँदै गएको छ। झण्डै एक अर्ब मानिस हरेक रात भोकै सुत्छन्।

कृषि एवं खाद्य उत्पादनमा कर्पोरेट शक्तिको बढ्दो हस्तक्षेप, जलवायु संकट र प्राकृतिक स्रोतमा अनुचित पहुँचले भोकमरी बढाएको छ। कृषिमा सबभन्दा बढी काम गर्ने र खाद्यान्न उत्पादन गर्ने महिला किसान र श्रमिक नै भोकमरी खेप्न बाध्य छन्। यसले आर्थिक र लैङ्गिक असमानतालाई व्यापक हिसाबले गहिराउँदै लगेको छ। बढ्दो भोकमरीमा जलवायु संकटले अझै चुनौती थपेको छ। गरिब समुदायको बाँच्ने पहिलो आधार जल, जमिन, जंगल र ऊर्जा स्रोतबाट वञ्चित हुँदै गएका छन्।

आज सामाजिक न्याय, जनस्वास्थ्य, किसानमुखी भूमि–कृषि व्यवस्था, प्रकृतिमैत्री विकासको बाटो र लोकतान्त्रिक सुशासन संसारभर नै छलफल र बहस भइरहेको विषय हो।
वर्तमान विश्व व्यवस्थाको कमजोरी र मूलधारे विकास अवधारणा र अभ्यासमा रहेको आधारभूत खोटहरू औल्याउँदै प्रकृतिमैत्री एवम् सामाजिक न्यायलाई सुनिश्चित गर्ने दिगो विकासको बाटो अपनाउनुपर्नेबारे आवाज यत्रतत्र उठिरहेको छ। तर त्यसको उचित सम्बोधन हुन सकेको छैन। यो विश्व सामाजिक मञ्च पनि यसैको विश्वव्यापी प्रयास हो।

अन्य मुलुकमा झैँ नेपालमा पनि कथित नवउदारवादी विकासको मोडलले धनी अझै धनी र गरिब झन् गरिब बन्दै गइरहेका छन्। खासगरी भूमिहीन, कृषि श्रमिक, मजदूरहरू स्वतन्त्र जीवन जिउनबाट वञ्चित छन्।

आफ्ना कुनै दोषबिना आवास, रोजगारी, स्वास्थ्य सेवा, शिक्षा, पोषण जस्ता आधारभूत सुविधाबाट वञ्चित छन्। यो परिवेशमा सामाजिक न्यायको सवाल झन् महत्त्वपूर्ण बन्दै गइरहेको छ।
सामाजिक न्याय भनेको समाजमा रहेका कुनै एक कुलीन वर्गको मात्र नभएर सबै प्रकारका व्यक्तिका स्वतन्त्रता, अधिकार सुनिश्चित गर्नु हो। अवसरहरूमा समान पहुँच कायम गराउनु हो।

नेपालको संविधानले समानता, समावेशिता, मर्यादित जीवनलगायतका विषयलाई मौलिक अधिकारका रूपमा व्यवस्था गरेको छ। तर व्यवहारमा भने यसको प्रभावकारी कार्यान्वयन भएको छैन्। तसर्थ यो सामाजिक मञ्चले नेपाल र विश्वभर नै नागरिकका आधारभूत अधिकार प्रत्याभूतिका लागि सशक्त दबाब सिर्जना गर्न सक्नुपर्छ।

सामाजिक न्यायसँग जोडिएको महत्त्वपूर्ण विषय भनेको मानिसको पहिचान र अस्तित्व पनि हो। अस्तित्व, पहिचान भनेको गरिबको पनि हुन्छ। मजदूरको पनि हुन्छ। भूमिहीन सुकुमबासीको पनि हुन्छ।

सबैको पहिचान र अस्तित्वको सम्मान हुन आवश्यक छ। जसको शक्ति उसको भक्ति भन्ने नीति मानवोचित होइन। गरिब र वञ्चित जनताप्रति अपहेलना र विभेद होइन, उनीहरूलाई त्यो अवस्थाबाट उँभो लगाउने प्रयास जरुरी छ।
विगत लामो समयदेखि नै विश्वभर न्याय, स्वतन्त्रता र समानताको पक्षमा आवाज उठिरहेका छन्। अन्याय, अत्याचार, शोषण, उत्पीडन, थिचोमिचो र भ्रष्टाचारको विरोध भइरहेको छ।

विभिन्न आन्दोलन भइरहेका छन्। तर यी आन्दोलन अझै सशक्त बनाउनु जरुरी छ। संसारभर भएका न्याय, समानता र लोकतन्त्रका आन्दोलन अझै बलियो बनाउन आवश्यक छ। त्यसतर्फ पनि काठमाडौँमा हुने सामाजिक मञ्च कोशेढुंगा बन्नुपर्छ।

विकास दिगो हुनुपर्छ। विकासले व्यक्ति, परिवार, समाज, विश्व मानवता र प्रकृतिलाई न्याय दिनुपर्छ। दिगो विकासको चुरो भनेकै सामाजिक न्याय र प्रकृतिप्रति न्यायको सुनिश्चितता हो। उत्पीडनकारी सामाजिक सम्बन्धहरू यथावत राखेर दिगो विकास सम्भव छैन।

यदि त्यो समावेशी र समतामूलक भएन भने आर्थिक वृद्धि हुँदैमा त्यो दिगो हुँदैन। समतामूलक भूमि सुधार र जैविक विविधतायुक्त पर्यावरणीय कृषि प्रणाली दिगो विकासको महत्त्वपूर्ण आधार हो।

सार्वभौम नागरिकमा अन्तरनिहित शक्ति नै सकारात्मक सामाजिक परिवर्तनको मुहान हो। मानव समाजका विभिन्न आवश्यकता पूरा गर्न र सामाजिक सम्बन्धहरूको व्यवस्थापन गर्नका लागि ऐतिहासिक रूपमा राज्य वा सरकारी संस्थाहरू, बजार वा नाफामुखी निजी क्षेत्र लगायत गैरनाफामुखी, स्वतन्त्र तथा सामुदायिक नागरिक सङ्गठनहरूको उद्भव र विकास हुँदै आएको छ। यस अर्थमा नागरिक आन्दोलन समाज रूपान्तरण एक अभिन्न खम्बा हो।

आज नाफाखोरहरूले नागरिक संगठनहरूको भूमिकालाई कमजोर बनाउन भूमिका खेलिरहेका छन्। यसका लागि व्यापक स्वयंसेवीपन, संवाद र नवरचनामा जोड दिन आवश्यक छ। आफ्नै बुतामा नागरिक सामथ्र्य बुलन्दरूपमा बाहिर आउन जरुरी छ।
हामीले खोजेको शान्ति, सुरक्षा, लोकतन्त्र, समता र न्यायिक परिवर्तनका लागि विश्वव्यापी एकता अपरिहार्य छ। दक्षिणपन्थी, लोकतन्त्र विरोधी र चरमपन्थी शक्तिको उदयले हाम्रो समाजमा गम्भीर खतरा पैदा गरेको छ।

नेपालमा पनि यतिखेर लोकतन्त्र विरोधीहरू सल्बलाउन थालेका स्थिति छ। यो सामाजिक आन्दोलनहरू कमजोर हँुदै जानुको पनि परिणाम हो। दुर्भाग्य, यी शक्तिले समाजका केही वर्गबाट समर्थन हासिल गरिरहेका छन्।

चुनाव जितिरहेका छन्। समाजमा द्वेष फैलाउने र विभाजनको बिउ रोप्ने काम गरिरहेका छन्। विश्व सामाजिक मञ्चले यस्ता नागरिक र लोकतन्त्रका विरोधीहरूलाई पनि उनीहरूका कुकर्ममा खबरदारी  गर्न सक्नुपर्छ।

नेपाल पर्याप्त प्राकृतिक स्रोत भएर पनि चरम गरिबी भोग्न बाध्य मुलुक हो। पछिल्ला प्रयासबाट यसमा कमी हुँदै गइरहेको छ। जातीय विभेद अझ पनि कुनै न कुनै रूपमा व्याप्त छ। यसका बाबजुद सशस्त्र द्वन्द्व भोगेर शान्तिको बाटोमा फर्केको मुलक हो।

नयाँ संविधान प्राप्त गरेको दशक पुग्दैछ। जहाँ नागरिकका कैयन् मौलिक हकको व्यवस्था गरिएको छ। तर सोको कार्यान्वयन भने सन्तोषजनक छैन। सबै समय भाषण र एकले अर्कोलाई दोषारोपणमा बितिरहेको छ।
यही कमजोरीलाई निरकुंशवादीहरू आफ्ना स्वार्थ पूरा गर्ने माध्यम बनाउने प्रयत्न गरिरहेका छन्। यस्तो समयमा हुन लागेको यो मञ्चले निरकुंशवादीलाई व्यर्थको प्रयास सार्थक नहुने सन्देश पनि दिन सक्नुपर्छ।

यो नेपालको राजनीतिक एवं सामाजिक आन्दोलनका अनुभवलाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने अवसर हो। राजनीतिक आन्दोलन, अभियन्ता, नागरिक समाज÷समूह र व्यक्तिको विश्वव्यापी जमघटले विश्वका जल्दाबल्दा विषयमा अर्थपूर्ण संवादको मौका जुराउनेछ।

यी छलफल सामाजिक न्याय, समानता, लोकतन्त्र, जलवायु न्याय र खाद्य सम्प्रभुता जस्ता मुद्दामा विकल्प अघि सार्न र खासगरी भुइँमान्छेका सवाललाई सघनरूपमा गुञ्जिने अवसर बन्नुपर्छ। र, विश्वभरका सामाजिक आन्दोलनहरूले सिक्ने थलो बन्नुपर्छ। 
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ५८ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस