रङरङको राजनीति
०६ पौष २०८०
•
६ मिनेट पाठ
रङरङको राजनीति
राजधानीकेन्द्रित केहीदिन पहिलेका राजनीतिक जुलुस अहिले देखिँदैनन्। अनावश्यक राजनीतिक जुलुसले राजधानीबासीलाई हिँडडुलमा कठिनाइ गरेको थियो। जुलुस तुहिनुका पछाडि बेतुकका नाराबाजी र गन्तव्यहीन यात्रा थियो। केही तनाव पनि दियो राजनीतिका शीर्षस्थ नेताहरूलाई। 




अहिले राजनीतिक पार्टीका नेताहरू आ–आफ्ना कार्यकर्ताका साथ जिल्ला पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने केही जिल्लाको भ्रमण सकेर राजधानी फर्किएका छन्। देउवा कांग्रेसका जिल्ला सम्मेलनहरूमा केही दिन नवलपरासी, ओखलढुंगालगायतका जिल्लामा व्यस्त भए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दलबलसहित बैतडी जिल्लाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको यात्राका लागि गत १४ गतेदेखि मध्यपहाडी लोकमार्गमा गतिशील देखिन्छन्। यो यात्राले चीनका नेता माओत्सेतुङको त्यसबेलाको देश भ्रमणको झझल्को पनि देखाउन खोज्छ।

चीन विशाल राष्ट्र हो। उनको यात्राको उद्देश्य फरक थियो। यात्रा पनि धेरै लम्बिएको थियो। ओलीको यात्रा अब धेरैदिनसम्म कायम नरहन सक्छ। मध्यपहाडी लोकमार्गमा भइरहेको उनको यो राजनीतिक यात्रा ‘मिसन–८४’ को चुनावका लागि भनेर जनाइएको छ। यस यात्राबारे केही सामाजिक र राजनीतिक चर्चा गर्नु सान्दर्भिक ठहरिनेछ।
कांग्रेस, माओवादी र राप्रपा पार्टीले पनि देश दौडाहाका केही योजना तय गरेका देखिन्छन्। थोरै बोलेर राजनीतिक गोटी चाल्न सिपालु कांग्रेसका सभापति देउवाले हालै नवलपरासीको कांग्रेसी सभामा आफूले धेरै नबोल्ने तर काम गरेर देखाउने भनेर कार्यकर्ता र राजनीतिकर्मीलाई काम गर, गफ गरेर समय मात्र खेर नफाल भन्ने उपदेश दिए। कांग्रेसी वृत्तमा देउवाको उक्त भनाइलाई महत्वका साथ चर्चा पनि गरियो। यस अघि राजधानीको एक कार्यक्रममा आफ्नो पार्टी जहिले पनि लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको, जनताद्वारा बिदाइ गरिसकिएको राजतन्त्रका पछाडि कहिल्यै पनि लाग्न नसक्ने स्पष्ट पारेका थिए।

८३ प्रतिशत हिन्दुधर्मावलम्बी भएको हाम्रो मुलुकमा बरु हिन्दु धर्मबारे बहस गर्न सकिने बताएका थिए। धर्मनिरपेक्ष अपनाइरहेको हाम्रो देशमा देउवाको बोलीले दीर्घरूपममा असर पार्न सक्छ भन्ने मानिसको तर्क पनि एकातिर देखा परेको छ। यही कुरालाई महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केही सभामा आ–आफ्ना तर्कले कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादमा विश्वास गर्ने भएकाले सबैथरी जातजातिले आ–आफ्नो सनातनी धर्म अपनाउनु नै उचित ठहरिने बताइरहेका छन्।

पहाडी जिल्ला बाजुरामा पुगेर शर्माले त बिपीको समाजवाद लागु गर्न किसानहरूको जीवनस्तर उकास्नु र भोकमरी अन्त्य गर्नु नै आफ्नो पार्टीको धर्म रहेको विचार अघि सारे। हुन पनि बाजुरा खाद्यान्न अभावमा पर्ने पहाडी जिल्ला हो। स्वास्थ्यका कारण गर्भवतीहरू बाटामै बच्चा जन्माउन विवश छन्। 

यही कुरालाई नेता डा. शेखर कोइरालाले धर्मलाई खासै महत्व नदिई आफ्नो पार्टीमा आन्तरिक लोकतन्त्र बलियो पार्नु र भविष्यमा कसैसँग गठबन्धन नगरी समाजवादको नीति र सिद्धान्तअनुसार आगामी चुनावमा जित हासिल गर्नु हो भन्ने तर्क अघि सारेका छन्।
गत साउनको दोस्रो साता सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमितिले पार्टीको संगठन विस्तारका लागि एक वर्षसम्म समय र कार्यक्रम निर्धारणसमेत गरेको थियो। कार्यक्रमअनुसार २० देखि ३० गतेसम्म केही जिल्लामा सोसम्बन्धी काम पनि भए। तर पार्टीका आन्तरिक विवादका कारण बीचैमा सो अभियानले गति लिन सकेन। 

यसैगरी माओवादी केन्द्रले पनि गत भदौदेखि तीन महिनासम्म देशका सबै पालिकामा संगठन विस्तार गर्ने भनेको थियो। बाह्यरूपमा नदेखिएतापनि सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्री प्रचण्डको पार्टीमा आन्तरिक लोकतन्त्रको अभावका कारण संगठन विस्तारको कार्य अघि बढ्न नसकेको हुन सक्छ।

हाल संसद्मा विपक्षी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एउटा सभामा नयाँ विचार बोकेको यो पार्टीले देशैभर संगठन विस्तारको अभियान छिट्टै चलाउने उद्घोष गरेका थिए। 
आलंकारिक राजा र हिन्दुधर्मसहितको सो पार्टीका नीति र उद्देश्य गत ७ गते सुरु गरेको उद्देश्यरहित दुर्गा प्रसाईको नीति र योजनासँग मिल्दोजुल्दो देखिन्छ। कोसीमा धेरै पानी बगिसकेकाले शायद लिङ्देनको सपना पूरा हुन सक्दैन।  

अब चर्चा एमालेले सुरु गरेको संकल्प अभियानबारे गरौँ। महाकाली अञ्चलको अमर सहिद दशरथ चन्द जन्माउने जिल्ला हो बैतडी। सदरमुकाम गोठालापानीबाट भारतको पिथौरागढ प्रष्टै देखिन्छ। जहाँ विकासका राजमार्गहरू टल्किरहेका देखिन्छन्। ऐतिहासिक झुलाघाट तरेर त्यहाँ दिनहुँ यात्रुको आवागमन भइरहन्छ। 

बझाङ र बैतडीका सयौँ मानिस कामको खोजीमा सीमापारि गइरहन्छन्। संवेदनशील ठाउँ पनि हो झुलाघाट। तराईंमा कञ्चनपुर जिल्लाको वनबासाको पुल, बैतडीको झुलाघाटको पुल र हिमाली जिल्ला दार्चुला भएर बग्ने महाकाली नदीमाथिको पुलले नेपाल–भारतबीचको आर्थिक, सामाजिक, धार्मिक मात्र नभएर राजनीतिक सम्बन्ध पनि राख्ने गर्दछ। 

आफूले सरकारको नेतृत्व गरिरहँदा मौनता कायम राखिराख्ने एमाले सरकारबाट बाहिरिँदा भने अनेकौँ राजनीतिक प्रसंग उठान गर्ने भएकाले महाकाली सन्धिदेखि नाभी, कुती र गुञ्जीका विषयमा एमालेको द्वैध चरित्रसँग हामी पूर्ण परिचित छौँ भन्छन् त्यस क्षेत्रका पत्रकार र राजनीतिक विश्लेषकहरू।
नक्सा दार्चुलाको सिमाना देखाएर गाडे तापनि भारतीय सेनाले नेपालीभूमि कब्जा गरेको टुलुटुलु हेर्नुबाहेक भारतीय पक्षसँग कूटनीतिक वार्ता केपी शर्माको प्रधानमन्त्रित्वकालमा हुन सकेन। कोरोनाका बेला भारतीय पक्षको अमानवीय व्यवहारका कारण नदीमाथिको डोरी काटेर नेपाल आउँदै गरेका जयबहादुर धामी महाकालीमा डुबे। लास बेपत्ता भयो। भारतभूमि प्रवेश गर्दा त्यहाँका सुरक्षाकर्मीले नेपालीमाथि गरेका अमानवीय व्यवहार दिनहुँ बढ्दो छ। झुलाघाट पुगेर ओलीले केही बोलिदिनुपथ्र्यो, यसो गरेको खण्डमा दलबलसहित पुगेका उनको भ्रमणलाई महाकालीबासीले अर्थपूर्णरूपमा लिने गर्थे तर त्यसो गरिएन।

शेरबहादुर देउवाको प्रथम पटकको प्रधानमन्त्रीत्वकाल २०५२ सालमा चौडा पारिएको बैतडीको चट्टानीय भूभाग खोड्पेदेखि डडेल्धुरासम्म जोखिमयुक्त सडक हुँदै देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर केपीले सो जिल्लाबाट सातपटक चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बन्न सफल देउवालाई फोनमा कुराकानी गरे। 

कुराकानी दुई नेताबीच के भयो थाहा नभए पनि लोकतान्त्रिक साइनो जोडेको मान्न सकिन्छ। देउवाकै कार्यकालमा कर्णालीपारिका २२ वटा पुलको शिलान्यास पनि भएको थियो। 
डडेल्धुराको स्याउल्या सडक हुँदै ऐतिहासिक गौँडा मानिएको जिल्ला डोटी पुगेर थकाइ मारेका केपी पार्टीका भरपर्दा मित्रका साथ चौखुट्टेको सडकको सौन्दर्य अवलोकन गर्दै अछाम पुगे।

महाकाली अञ्चलमा छोर्‍याट्टा–छोर्‍याट्टीसँग देउडा खेलमा सामेल भएका उनले अछामको सदरमुकाम मंगलसेनको आमसभामा वर्तमान सरकारको आलोचना निकै गरेको सुनियो। अछामको कमलविनायकको सडक हुँदै नेपालको सबैभन्दा लामो नदी कर्णाली तरेर कर्णाली प्रदेशमा उनको फौजले दैलेखमा उपस्थिति देखायो।

गत कात्तिक १७ गते राति आएको भूकम्पले क्षतविक्षत पारेको जाजरकोट र रुकुम पश्चिमका जनताको पीरमर्का सुन्दै चिसोका कारण ३२ जनाको दुःखद् निधनले उनी पनि दुःखी भए। उद्धारमा खटिएका नेमाओवादीका नेता जनार्दन शर्मासँग भेटेर हात मिलाउनु वामपन्थीहरू मिलौँ भन्ने आशय पनि हुन सक्छ।
अर्को समाचार
विप्लव नेकपा सहितको रणनैतिक मोर्चाको जुलुसमा बिद्यार्थीहरुको प्रयोग
०६ फागुन २०७७
•
४ मिनेट पाठ
विप्लव नेकपा सहितको रणनैतिक मोर्चाको जुलुसमा बिद्यार्थीहरुको प्रयोग
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार दलको रणनैतिक मोर्चाको प्रदर्शनमा सहभागी बिद्यार्थी । तस्विर ÷नागरिक
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहितका चार दलको रणनैतिक मोर्चाले बिहीबार बुटवलमा प्रदर्शन गर्यो । संसदिय व्यवस्थाको विकल्पका लागि भन्दै मोर्चाले निकालेको जुलुसमा बुटवलका निजी तथा सामुदायिक बिद्यायका बिद्यार्थीहरुलाइ सामेल गराइयो । बुटवलको ट्राफिकचोकमा मोर्चाको सभा हुनुअघि राजमार्ग चौराहाबाट जुलुस निस्केको थियो । बुटवलको कालिका उच्चमावि, न्युहोराइजन उच्च मावि, एभरेष्ट उच्च मावि, दिप उच्च मावि, अक्सफोर्ड,कान्ति उच्च मावि लगायतका बिद्यालयका एघार÷बाह्र कक्षाका बिद्यार्थीहरुलाइ प्लेकार्ड बोकाएर जुलुसमा सहभागी गराइएको हो ।




संयुक्त बिद्यार्थी संंगठनको आयोजनामा निर्मला र भागरथी हत्या प्रकरणका अपराधीलाइ कारबाहीको माग स्वरुप बिरोध गर्न लागीएको भन्दै बिद्यार्थी पठाइदिन दवाव आएपछि बाध्य भएको बुटवलको एक निजी बिद्यालयका प्रार्चायले बताए । ‘कुनै दल  वा दल निकटको कार्यक्रममा बिद्यार्थीलाइ सहभागी गराउदैनौं । तर आज बिद्यार्थीकै कार्यक्रम भनेर हामीलाइ पनि ढाँटियो र  बिद्यार्थी पठाउन दवाव दिइयो’ निजी बिद्यालयका ती प्रार्चायले भने ।  

देशकै अब्बल भनिएको समुदायिक बिद्यालय कालिका उच्च माविका प्रार्चाय बिष्णुहरि ज्ञवालीले भने एघार बाह्र कक्षाका बिद्यार्थीहरु स्वःस्फुर्त रुपमा रयालीमा सहभागी भएको प्रतिक्रिया दिए । तर सोही बिद्यालयका बिद्यार्थीहरुले भने स्कुलकै निर्देशनमा रयालीमा सहभागी भएको प्रतिक्रिया दिएका छन । सोही स्कुलका एक जना बिद्यार्थीले आफुहरुलाइ निर्मला र भागरथी हत्याका बिरुद्धको प्रदर्शनकलागि भन्दै स्कुलकै सरहरुले पठाएको बताइन । ‘निर्मलाको हत्यारालाइ कारबाही गर्न दवाव दिने कार्यक्रम हो भनेर सरले पठाउनु भयो । तर कार्यक्रम त कुन्नी कौनो पार्टीको रैछ मनै परेन’ ती बिद्यार्थीले भनीन । सोही स्कुलका एक जना शिक्षकले पनि रयालीमा गएका केही बिद्यार्थीहरुले कार्यक्रम आफुहरुलाइ भनिए भन्दा फरक भएको भन्दै गुनासो गरेको नागरिकलाइ बताए ।  

सुरुमा बिद्यार्थीहरु स्वःस्फुर्त सहभागी भएको प्रतिक्रिया दिएका कालिकाका प्रचार्य ज्ञवालीले बिद्यार्थीको प्रतिक्रियाका सम्बन्धमा जानकारी गराएपछि भने परिस्थिती जन्य अवस्थाका कारण बिद्यार्थी पठाउन बाध्य भएको प्रतिक्रिया दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले राजनीतिक पार्टीको झण्डा मुनीका कुनै पनी कार्यक्रममा  बिद्यार्थी सहभागी गराउन नपाइने बताए । बुटवलको कार्यक्रममा बिद्यार्थीहरुलाइ सहभागी गराइयो र बिद्यालयलाइ दवाव दिइयो भन्ने जानकारी पाएपछि आवश्यक अनुशन्धान गरीरहेका छौं’ प्रजिअ घिमीरेले बताए । ‘बिद्यालयहरुलाइ कुनै दवाव आयो भने तत्काल सुरक्षा निकाय तथा प्रशासनलाइ जानकारी गराउनु पर्छ । सुरक्षाको बहाना बनाएर त्यस्ता कार्यक्रममा बिद्यार्थी पठाउन पाउनुहुन्न’ प्रजिअ घिमिरेले भने ।  

संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा नेताहरुको जोड    

माघ २९ गते काठमाडौंमा रणनैतिक मोर्चा घोषणा गरेको मोर्चाले बुटवलमा पहिलो खुल्ला सभा गरेको हो । मुलुक अहिले प्रतिनिधि सभा विघटनको पक्ष र विपक्षमा ध्रुविकृत भइरहेका बेला मोर्चाका नेताहरुले संसदीय व्यवस्थाबाट देशले निकास नपाउने तर्क गरे ।  आफ्नै दलभित्रको झगडा मिलाउन नसकेर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र उनलाइ साथ दिने नेताहरुबाट देशले निकास पाउनै नसक्ने दावी उनीहरुको छ । प्रतिनिधि सभा बिघटनको घटनाले संसदीय व्यवस्था नै असफल भएको पुष्टी भएको बताए । नेताहरले संसदीय व्यवस्था ध्वस्त गरेर जन गणतन्त्रतात्मक समाजवादी व्यवस्थाले मात्रै देशलाई निकास दिने तर्क गरे । मोर्चाका नेताहरुले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा र नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिन सरकारसंग माग पनि गरे ।  

नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले संसदीय  व्यवस्था ध्वस्त पार्नु पर्ने बताए । संसदिय व्यवस्था जनताको शासन व्यवस्था नभएको भन्दै उनले त्यसलाइ ध्वस्त पार्नुपर्ने बताएका हुन । चुनाव र संसद पुनःस्थापना दुबैले निकास नदिने उनको भनाइ थियो । ओली नेतृत्वको नेकपा प्रतिगामी र प्रचण्ड–माधव नेपालहरु यथास्थितिवादी भएको आरोप लगाउंदै उनीहरु कम्युनिष्ट नै नभएको दावी गरे ।  

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले नेत्रविक्रम चन्द विप्लव माथिको प्रतिबन्ध हटाउन मागे । विप्लव शान्तिपूर्ण राजनीतिमा आउन चाहेकाले असंवैधानिक तरीकाले लगाइएको प्रतिवन्ध हटाउनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिले नेकपाले नेतृत्व गरेको दुई तिहाईको सरकार असफल हुनुले यो व्यवस्थामै ठूलो प्वाल परेको र संसदीय व्यवस्था नै असफल भएको तर्क गरे । राष्ट्रिय समीक्षा सभा  गर्न र सहमतिको सरकार बनाउनु पर्ने माग गरे ।   कार्यक्रममा गुणराज लोहनी,डा. ओम गुरुङ, नागरिक समाजका पदम कार्की लगायतले संसदीय व्यवस्थाको विकल्प खोज्नुपर्नेमा  जोड दिए ।  

सभा अघि निस्केको जुलुसका सहभागीहरुले संसदीय व्यवस्था खारेज गर, एमसीसी खारेज गर लगायतका नारा लगाएका थिए ।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस