डब्लुटिओ र सेवा व्यापारमा निहित प्राचुर्यता
२२ फागुन २०७९
•
६ मिनेट पाठ
डब्लुटिओ र सेवा व्यापारमा निहित प्राचुर्यता
सन् १९८० ताका विश्वमा सेवा क्षेत्र उदाइरहेको भए तापनि व्यापार तथा भन्सारसम्बन्धी सामान्य सम्झौता (ग्याट) अन्तर्गत समेटिएको थिएन। यसैले ग्याटको आठौँ राउन्ड अर्थात उरुग्वे राउन्डमा सेवा क्षेत्रलाई समावेश गर्न गृहकार्य गरियो। सोअनुरूप विश्व संगठन स्थापना गर्ने उद्देश्यका साथ सन् १९९४ अप्रिल १५ मा सम्पन्न मराकेश सम्झौतमा सेवा क्षेत्र पनि समेटियो। सोअनुरूप १९९५ जनवरी १ देखि सेवा व्यापारसम्बन्धी सामान्य सम्झौता कार्यान्वयनमा आएको हो।  




सेवा क्षेत्र त्यो हो, जुन देख्न, छुन वा हेर्न सकिँदैन तर अनुभव वा अनुभूति गर्न सकिन्छ। विश्व व्यापार संगठनमा उत्पादनमूलकबाहेकको क्षेत्रलाई सेवा क्षेत्र भनि परिभाषा गरिएको छ। राज्यको निकाय वा केन्द्रीय बैंकले व्यापारिक र प्रतिस्र्धाको उद्देश्य नराखी प्रवाह गर्ने सेवाबाहेक सबै सेवालाई सेवा क्षेत्र मानिएको छ। विश्व व्यापार संगठनअन्तर्गत सेवा क्षेत्रलाई (१) व्यापार सेवा (व्यावसायिक तथा कम्प्युटर सेवा), (२) सञ्चार सेवा, (३) निर्माण तथा इन्जिनियरिङ सेवा, (४) वितरण (एजेन्ट, थोक, खुद्रा, फ्रेन्चाइजिङ), (५) शिक्षा सेवा, (६) वातावरणीय सेवा, (७) वित्तीय सेवा (बिमा, बैंकिङ), (८) स्वास्थ्य तथा सामाजिक सेवा, (९) पर्यटन तथा यात्रासँग सम्बन्धित सेवा (१०) मनोरञ्जन सेवा, सांस्कृतिक तथा खेल सेवा, (११) यातायात सेवा (१२ यी सेवाअन्तर्गत समावेस नभएका सेवा गरी प्रमुख १२ क्षेत्रमा विभक्त गरिएको छ। यी १२ प्रमुख क्षेत्रलाई पुनः ६४ उपक्षेत्रमा विभक्त गरिएको छ।

सेवा क्षेत्रमा भएको सम्झौता विश्व व्यापार संगठनको आर्टिकल २९ मा उल्लेख छ। सोअनुरूप सदस्य मुलुकको सेवाउपर अतिसौविध्य राष्ट्रको व्यवहार (एसएफएन) गर्नुपर्दछ। सेवा प्रवाह गर्ने प्रक्रिया पारदर्शी (ट्रान्सपरेन्सी) हुनुपर्छ। सेवाको गुणस्तर तथा प्राविधिक मापदण्ड (टेक्निकल स्टान्डर्ड) विश्व व्यापार संगठनले निर्धारण गरेबमोजिम हुनुपर्दछ। सेवा क्षेत्रमा सदस्य मुलुकहरूलाई प्रतिस्पर्धा गर्न खुला छोड्नुपर्दछ। सेवा क्षेत्रबाट प्राप्त आय आर्जन स्वदेशमा लैजान रोक्नुहँुदैन। सार्वजनिक सुरक्षा, सार्वजनिक नैतिकता, मानव स्वास्थ्य, पशु स्वास्थ्य, वनस्पति स्वास्थ्य, वातावरण संरक्षणसम्बन्धी प्रावधान परिपालना गर्नुपर्छ। सदस्य मुलुकको सेवाउपर राष्ट्रिय व्यवहार गर्नुपर्दछ। सेवाको मूल्य तथा संख्यामा पावन्दी लगाउनु हुँदैन।  

सेवा क्षेत्रमा भएको सामान्य सम्झौता (जिएटिएस) ले सेवा क्षेत्रमा विश्वभर एकै किसिमको नीति, नियम (सिंगल सेट अफ रेगुलेसन) अवलम्बन गर्नु बाध्यकारी व्यवस्था गरको छ। जहाँ विश्व व्यापार संगठनले सेवा क्षेत्रलाई उत्पादनको सीमावारपार आपूर्ति, सीमापार हुने उपभोग, वाणिज्य उपस्थिति र प्राकृतिको व्यक्तिको आवागमन गरी सेवा क्षेत्रको व्यापारलाई ४ मोडमा विभक्त गरिएको छ।  

मोड १: एउटा सदस्य मुलुकले आफ्नो सीमापार गरी अर्को सदस्य मुलुकमा प्रवाह गर्ने सेवालाई विश्व व्यापार संगठनले मोड १ अन्तर्गत राखेको छ। यसलाई सेवाको सीमा वारपार भौतिक गमन पनि भनिन्छ। यस प्रावधानअनुसार विश्व व्यापार संगठनको एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा कुनै पनि सेवा उपलब्ध गराउन सक्छ। मोड १ अनुसार सदस्य मुलुकको व्यक्ति नभई सेवा मात्र अर्को मुलुकमा प्रवाह हुने गर्दछ।  

मोड २: एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा गर्ने उपभोगलाई विश्व व्यापार संगठनले मोड २ अन्तर्गत राखेको छ। सेवा प्राप्तिका लागि एउटा सदस्य मुलुकको उपभोक्ता अर्को सदस्य मुलुकमा पुग्छ। शिक्षा, स्वास्थ्य, पर्यटनमा हुने उपभोग यस मोडअन्तर्गत पर्छन्। मोड २ को प्रावधानअनुसार एउटा सदस्य मुलुकको उपभोक्तालाई अर्को सदस्य मुलकमा कुनै सेवा लिन वा दिन बाधा पुग्नुहुँदैन।  

मोड ३: एउटा सदस्य मुलुकको वाणिज्य सेवा उपस्थिति अर्को मुलुकमा हुुनुलाई विश्व व्यापार संगठनले मोड ३ अन्तर्गत राखेको छ। मोड ३ को प्रावधानअनुसार एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुकमा वाणिज्य एकाइ स्थापना गर्न वा वाणिज्य उपस्थिति जनाउन सक्छ। बैंक, बिमा, होटल, वायुयान, थोक वा खु्रदा पसल मोड ३ अन्तर्गत प्रवाह गरिने सेवा हुन्।

मोड ३ को प्रावधानअनुसार एउटा सदस्य मुलुकले अर्को सदस्य मुलुक कुनै पनि वाणिज्य सेवा उपस्थिति जनाउन बाधा पुग्नुहुँदैन। सदस्य मुलुकको सेवाउपर अतिसौविध्य राष्ट्रको व्यवहार र राष्ट्रिय व्यवहार गर्नुपर्दछ। उक्त प्रावधान अबहेलना गरिएमा विश्व व्यापार संगठनमार्फत उपचार प्राप्त गर्न सकिने प्रावधान छ।  

मोड ४: एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्ति अर्को सदस्य मुलुकमा पुगी सेवा प्रवाह गर्नुलाई विश्व व्यापार संगठनले मोड ४ अन्तर्गत राखेको छ। मोड ४ को प्रावधानअनुसार एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्तिले अर्को सदस्य मुलुकमा गई सेवा प्रवाह गर्न सक्छ। उक्त प्रावधानअनुसार विश्व व्यापार संगठनको एउटा सदस्य मुलुकको प्राकृतिक व्यक्तिले अर्को सदस्य मुलुकमा सेवा प्रवाह गर्ने वैधानिक अधिकार राख्दछ।  

सेवा क्षेत्रको महत्व  

अहिले मूल्य अभिवृद्धि (भ्यालु एडेड) का हिसाले विश्व व्यापार संगठनबाट हुने व्यापारमा सेवा क्षेत्रको हिस्सा दुईतिहाइ छ। कृषि, उत्पादनमूलक वा खानी जस्ता उत्पादनमूलक क्षेत्रलाई सेवा क्षेत्रमा समावेस नगरिएको भए तापनि यी क्षेत्रमा सेवा क्षेत्रको कहीँ न कहीँ उपस्थिति रहेको हुन्छ। उदाहरणार्थ, औद्योगिक उत्पादन अन्तिम उपभोक्तासमक्ष पुर्याउन, यातायात, बिमा, सञ्चार, विज्ञापन, बैंकिङलगायतका सेवा आवश्यक पर्दछ। स्मरण रहोस्, उत्पादनमूलक क्षेत्रमा ३० प्रतिशत मूल्य अभिवृद्धि सेवा क्षेत्रको कारण हुने ओइसिडीको एक अध्ययनले देखाएको छ। यसको आसय वस्तु व्यापारको मूल्य अभिवृद्धि शृंखलामा सेवा क्षेत्रको योगदान नजरअन्दाज गर्न हुँदैन भन्ने हो।  

नेपालमा सेवा क्षेत्र  

सन् १९९० को आर्थिक उदारीकरणपश्चात सेवा क्षेत्रको व्यापार आयामिकरूपमा वृद्धि भएको छ। मूलतः बैंकिङ, वित्त, पर्यटन, सञ्चार, शिक्षा, स्वास्थ्य, श्रम (वैदेशिक रोजगार), यातायात, सूचना प्रविधि, बिजनेस प्रोसेस आटउसोर्सिङ, खुद्रा व्यवसाय जस्ता क्षेत्रमा बढोत्तरी भएको हो। एकीकृत व्यापार रणनीति २०१६ मा पर्यटन, बिपिओ र आइटी सेवालाई निर्यातमूलक वस्तुका रूपमा अगाडि सारिएको छ। पर्यटन सेवा क्षेत्रमा उच्च सम्भावना बोकेको क्षेत्र हो भन्नेमा कुनै विवाद छैन्। भलै जिडिपीमा पर्यटन क्षेत्रको योगदान करिब ३ प्रतिशत छ।

श्रम कम्ती सम्भावना बोकेको क्षेत्र होइन, नेपालका खातिर। यसै पनि पछिल्लो दुई दशकयता खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया, जापान, अमेरिका र युरोपमा वैदेशिक रोजगारीका लागि पुग्नेको संख्या उल्लेखनीय वृद्धि भएको छ। जहाँ नेपाल विप्रेषण भित्राउने विश्वको चौथो देश बनेको छ। अहिले पनि जिडिपीको एक चौथाइ भन्दा अधिक हिस्सा विप्रेषणबापत भित्रने गरेको छ।

नेपालमा बिजनेस प्रोसेस आउट सोर्स नजरअन्दाज गर्न मिल्ने क्षेत्र होइन। जहाँ हाल २० मेडिकल ट्रान्सक्रिप्सन कम्पनीहरू र ६ सयको हाराहारीमा कल सेन्टरहरू नेपालमा सञ्चालित छन्। अहिले ८ देखि १० अर्ब बराबरको बिपिओ तथा आइटिइएससम्बन्धी कारोबार हुने गरेको छ। नेपालमा बिमा क्षेत्र मौलाएको छ भन्दा अत्युक्ति हुँदैन। यसै पनि अहिले नेपालले पुनःजीवन सेवा निर्यात गर्न सक्ने अवस्था छ। जहाँ नेपाल पुनः जीवन बिमा कम्पनीले बिमा सेवा निर्यात गरिरहेको छ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५६ सेकेन्ड अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस