अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च
२८ असार २०८२
•
२ मिनेट पाठ
अमेरिकी विदेशमन्त्रीको दाबी : ट्रम्प र सीबिच यो वर्ष भेटवार्ताको सम्भावना उच्च
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच  यो वर्ष भेट हुने ‘उच्च सम्भावना’ रहेको अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार दाबी गरेका छन्।  




‘सम्भावना निकै उच्च छ,’ रुबियोले मलेसियाको क्वालालम्पुरमा भेला भएका पत्रकारहरूलाई भने, ‘मलाई लाग्छ, दुवै पक्ष यो भेट भएको हेर्न चाहन्छन्।’  

रुबियोले सम्भावित बैठकको मिति उल्लेख गर्न नसकिने बताए। उनले ठोस उपलब्धि हासिल गर्न यस्तो बैठकअघि ‘सही वातावरण’ निर्माण गर्न आवश्यक रहेको बताए। 

उनले शुक्रबार क्वालालम्पुरमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पहिलो प्रत्यक्ष भेटवार्ता पनि गरे। यो भेटवार्ता अमेरिका र चीनले व्यापारिक तनावलाई किनारा लगाउँदै एसियामा प्रभावका लागि प्रतिस्पर्धा गरिरहेको बेला भएको हो।  

लगभग एक घण्टा चलेको उक्त बैठक ‘रचनात्मक’ र ‘सकारात्मक’ भएको रुबियोले जानकारी दिए। 

‘हामी दुई ठूला र शक्तिशाली देश हौं, र सधैं केही मुद्दाहरूमा असहमति रहनेछ,’ रुबियोले भने, ‘तर मलाई लाग्छ, यो निकै रचनात्मक र सकारात्मक बैठक थियो। हाम्रा लागि धेरै काम गर्न बाँकी छ।’  

रुबियो र वाङ दुवैले यो हप्ता मलेसियाको राजधानीमा क्षेत्रीय बैठकहरूमा भाग लिएका थिए। बैठकमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) का विदेशमन्त्रीहरू रूस, जापान, दक्षिण कोरिया र अष्ट्रेलियालगायत क्षेत्रीय साझेदारहरूसँग भेला भएका थिए।

यो वर्षको सुरुदेखि नै ट्रम्प सत्तामा फर्किएपछि अमेरिका र चीनबिच  व्यापार सम्बन्ध तनावपूर्ण रहेको छ। गत महिना लन्डनमा भएको वार्तामा दुवै पक्ष व्यापारिक ढाँचामा सहमत भएपछि तनाव केही कम भएको थियो। गत मेमा भएको ९० दिनको युद्धविराम आगामी अगस्टमा समाप्त हुने तय भएको छ।

चिनियाँ अधिकारीहरूले अमेरिकी करको निन्दा गरेका छन्। बेइजिङले यदि अमेरिकाले चिनियाँ हितविपरीत अन्य व्यापार साझेदारहरूसँग सम्झौता गरेमा प्रतिकार गर्ने धम्की पनि दिएको छ। तर, दुवै पक्षले वाङ र रुबियोबिच को बैठकलाई सकारात्मक र उत्पादक भएको बताएका छन्। यो भेटलाई तनाव बढाउनुको सट्टा सहयोग विस्तार गर्ने दिशामा एक कदमका रूपमा लिइएको छ।

शुक्रबार रुबियोले वाङसँगको भेटले दुवै पक्षलाई सँगै काम गर्न सकिने क्षेत्रहरू पहिचान गर्ने अवसर दिएको बताए। तर, उनले सम्भावित सहयोगका क्षेत्रहरूको विस्तृत विवरण भने दिएनन्। ‘हाम्रो सन्देश के हो भने, यहाँ रणनीतिक स्थिरता प्राप्त गर्ने र हामीले सहकार्य गर्न सक्ने क्षेत्रहरू पहिचान गर्ने अवसर छ। साथै, राम्रो सञ्चार र विश्वास निर्माण गर्ने काम गर्ने अवसर पनि छ,’ उनले भने। 

रुबियोले मिडियासँग कुरा गरेपछि चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा शुक्रबारको बैठकलाई ‘सकारात्मक, व्यावहारिक र रचनात्मक’ भनिएको छ। दुवै पक्षले ‘सबै तह र क्षेत्रमा कूटनीतिक च्यानलहरू सुदृढ गर्ने र संवाद तथा सञ्चारलाई बलियो बनाउने’ सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ। वाङले वासिङ्टनलाई चीनलाई ‘वस्तुनिष्ठ, तर्कसंगत र व्यावहारिक दृष्टिकोण’ले हेर्न र ‘समान तरिकाले’ व्यवहार गर्न आह्वान दोहोर्‍याएको पनि उल्लेख छ। एजेन्सी
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
यो पनि पढौँ
बिहानको घन्टी
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस