बेलायतका पूर्वराजकुमार एन्ड्रु पक्राउ
०७ फागुन २०८२
•
२ मिनेट पाठ
बेलायतका पूर्वराजकुमार एन्ड्रु पक्राउ
तस्बिर: बीबीसी
बेलायतका पूर्व राजकुमार एन्ड्रुलाई व्यापार दूतका रूपमा कार्यरत रहँदा आर्थिक दुराचार गरेको आरोपमा बिहीबार पक्राउ गरिएको छ। जेफ्री एप्स्टिनसम्बन्धी फाइलबाट सार्वजनिक भएका नयाँ विवरणपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै उनलाई नियन्त्रणमा लिएको हो।  




बेलायतको आधुनिक इतिहासमा राजपरिवारका सदस्य पक्राउ गरिएको यो पहिलो घटना हो। प्रहरीले अनुसन्धानका क्रममा पूर्वी इङ्ग्ल्यान्ड र लन्डनको पश्चिम क्षेत्रमा रहेका दुई सम्पत्तिमा खोजतलास गरिरहेको जनाएको छ।  

गत वर्ष उपाधि खोसिएका ६६ वर्षीय एन्ड्रुलाई आफ्नै जन्मदिनमा हिरासतमा लिइनु उनको पतनको अर्को नाटकीय मोडका रूपमा हेरिएको छ।

थेम्स भ्याली प्रहरीले विज्ञप्ति जारी गर्दै “आज ९१९र२० नोरफोकका ६० वर्ष नाघेका एक पुरुषलाई सार्वजनिक पदमा दुराचार गरेको आशंकामा पक्राउ गरिएको छ” जनाएको छ। बेलायतमा प्रचलित अभ्यासअनुसार प्रहरीले नाम सार्वजनिक गरेको छैन। बर्कशायर र नोरफोकस्थित ठेगानाहरूमा खोजतलास जारी रहेको र ती व्यक्ति हाल प्रहरी हिरासतमा रहेको प्रहरीले पुष्टि गरेको छ।  

बेलायती सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा राजा चार्ल्स तृतीयको स्यान्ड्रिङ्घाम इस्टेटमा बिहीबार बिहान चिन्ह नलगाइएका सवारीसाधन पुगेको देखिन्छ। एन्ड्रु यसै महिना त्यहाँ सरेका थिए।

गत साता सार्वजनिक विवरणअनुसार, एन्ड्रुले व्यापार दूतका रूपमा रहँदा दोषी ठहरिएका अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनलाई सम्भावित गोप्य कागजात पठाएको संकेत देखिएको थियो। सन् २०१० को एक इमेलमा उनले एशियाली मुलुकहरूको भ्रमणपछि तयार पारिएका प्रतिवेदनहरू एप्स्टिनसँग साझा गरेको बताइएको छ।

हाल एन्ड्रु माउन्टब्याटन–विन्डसरका नामले चिनिने पूर्व राजकुमारका उपाधि गत वर्ष खोसिएका थिए र उनलाई विन्डसर इस्टेटस्थित निवास छाड्न निर्देशन दिइएको थियो। यद्यपि, उनी अझै बेलायती सिंहासनको उत्तराधिकार सूचीमा आठौँ स्थानमा छन्।

एप्स्टिनका आरोपकर्तामध्ये एक भर्जिनिया जिउफ्रेले आफ्नो संस्मरणमा किशोरावस्थामा आफूलाई एन्ड्रुसँग यौन सम्बन्ध राख्न बेचबिखन गरिएको दाबी गरेपछि विवाद चर्किएको थियो। एन्ड्रुले भने कुनै पनि गैरकानुनी कार्य अस्वीकार गर्दै आएका छन्। उनले सन् २०२२ मा जिउफ्रेले दायर गरेको अमेरिकी दिवानी मुद्दा दायित्व स्वीकार नगरी मिलापत्रमार्फत टुंग्याएका थिए।

गत साता राजा चार्ल्सले आफ्ना भाइका कथित गतिविधिप्रति “चिन्ता” व्यक्त गर्दै बकिङ्घम दरबार प्रहरीले आवश्यक सहयोग गर्न तयार रहेको जनाएको थियो।

बीबीसीका अनुसार, व्यापार दूतहरूलाई आधिकारिक भ्रमणसँग सम्बन्धित संवेदनशील, व्यावसायिक वा राजनीतिक जानकारी गोप्य राख्ने दायित्व हुन्छ। एन्ड्रुले सन् २००१ देखि एक दशकसम्म बेलायती व्यापार दूतका रूपमा काम गरेका थिए।  

सार्वजनिक पदमा दुराचार प्रमाणित भए अधिकतम आजीवन कारावास सजाय हुन सक्ने क्राउन प्रोसिक्युशन सर्भिसले जनाएको छ।

बेलायती कानुनअनुसार अभियोग नलगाई २४ घण्टासम्म हिरासतमा राख्न सकिने व्यवस्था छ, त्यसपछि थप समयका लागि अदालतको अनुमति आवश्यक पर्छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
३ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
यो पनि पढौँ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस