अमेरिकाको सकारात्मक रोजगारी प्रतिवेदन र राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी एलन मस्कबीचको विवाद कम भएको सङ्केतले शुक्रबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ।
डाउ जोन्स औद्योगिक सूचकांक ४४३.१३ अङ्क (१.०५ प्रतिशत ) ले बढेर ४२ हजार ७६२.८७ मा पुगेको छ। एस एन्ड पी ५०० सूचकांक ६१.०६ अङ्क (१.०३ प्रतिशत ) ले उकालो लाग्दै पहिलोपटक ६ हजारमाथि पुगेको छ। नासडाक सूचकांक पनि २३१.५० अङ्क (१.२० प्रतिशत ) ले बढेर १९ हजार ५२९.९५ मा पुगेको छ।
श्रम विभागका अनुसार मेमा १३.९ लाख रोजगारी सिर्जना भएको छ, जुन विश्लेषकहरूको १.२५ लाखको अनुमानभन्दा धेरै हो। बेरोजगारी दर ४.२ प्रतिशत मा स्थिर छ। यसले श्रम बजार बलियो रहेको सङ्केत गर्छ, यद्यपि विश्व व्यापारमा अनिश्चितता छ। बैङ्क अफ अमेरिकाका अर्थशास्त्रीहरूले रोजगारी तथ्याङ्कलाई ‘मजबुत र अत्यन्त सकारात्मक’ बताएका छन्। यसले सङ्घीय रिजर्भ बैङ्कले तत्काल ब्याजदर नघटाई मूल्याङ्कन गर्ने सम्भावना देखिन्छ।
डोयच बैङ्कका अनुसार, आप्रवासन ९० प्रतिशत भन्दा बढी घट्दा श्रम बजारमा २० लाख जनशक्ति अभाव भएको छ। यसले दीर्घकालमा व्यापार नीतिभन्दा ठूलो प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।