अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि गम्भीर आरोप लगाउँदै हालै भएको कर सम्झौता उल्लंघन गरेको दाबी गरेका छन्। यो आरोपले अमेरिका–चीनबिचको व्यापारिक सम्बन्धमा नयाँ तनाव सिर्जना गरेको छ।
यसले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने देखिन्छ। यो महिनाको सुरुमा जेनेभामा भएको वार्तापछि अमेरिका र चीनले आयातमा लगाइएको करलाई अस्थायी रूपमा घटाउने सहमति गरेका थिए। सम्झौताले विश्वव्यापी आपूर्ति शृंखला र बजारमा राहत ल्याएको थियो।
ट्रम्पले शुक्रबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा लेख्दै भनेका छन्, ‘चीन गम्भीर आर्थिक संकटमा थियो। हामीले गरेको सम्झौताले उसलाई स्थिरता दिएको थियो, तर उसले हामीलाई धोका दियो।’ उनले कुनै ठोस कारण नखुलाई चीनले सम्झौताको पूर्ण उल्लंघन गरेको आरोप लगाएका छन्।
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पनि ट्रम्पको दाबीलाई समर्थन गर्दै चीनले सम्झौताअनुसार गैर–भन्सार अवरोधहरू (नन–ट्यारिफ ब्यारियर्स) हटाउन असफल भएको बताए। उनले सीएनबीसीसँगको कुराकानीमा भने, ‘चीनले मनमानी ढंगले काम गरिरहेको छ, जुन स्वीकार्य छैन।’
उता, चीनको वाणिज्य मन्त्रालयले यी आरोपहरूको औपचारिक जवाफ नदिए पनि अमेरिकाको एकपक्षीय नीतिविरुद्ध कडा कदम चाल्ने संकेत गरेको छ। ट्रम्पको संरक्षणवादी नीतिका कारण चीनको उत्पादन क्षेत्रमा ठूलो असर परेको छ भने अमेरिकी उपभोक्ताहरूलाई पनि महँगीको मार खेप्नुपरेको छ।
विश्लेषकहरूका अनुसार यो व्यापार युद्धले भारतजस्ता देशहरूलाई अवसर प्रदान गर्न सक्छ। अमेरिकी कम्पनीहरूले चीनमाथिको निर्भरता घटाउन खोजिरहेका छन्। एजेन्सी