राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (इयू) सँगको व्यापार वार्ताका लागि समय उपलब्ध गराउन इयूका सामानमा ५० प्रतिशत भन्सार शुल्क जुन १ बाट जुलाई ९ सम्म स्थगित गर्ने घोषणा गरेका छन्।
यो सहमति युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनसँगको आइतबारको फोनवार्तापछि भएको हो। ट्रम्पका अनुसार भोन डेर लेयनले ‘गम्भीर वार्तामा जान चाहन्छु’ भनेकी थिइन्।
न्युजर्सीको मोरिस्टाउनमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘मैले कसैलाई पनि भनेको छु जसले सुन्नु पर्छ, उनीहरूले त्यो गर्नुपर्छ। भोन डेर लेयनले तुरुन्त भेला भएर हामी केही काम गर्न सक्छौँ कि भनेर हेर्ने वाचा गर्नुभयो।’
शुक्रबार सामाजिक सञ्जालमा ट्रम्पले २७ सदस्य राष्ट्रको इयूलाई व्यापारमा ‘व्यवहार गर्न धेरै गाह्रो’ भएको र वार्ता ‘कहीँ पुगिरहेको छैन’ भन्दै ५० प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए। ती शुल्क जुन १ बाट लागू हुने थिए। तर भोन डेर लेयनसँगको फोनवार्ताले हाललाई तनाव कम गरेको छ।
‘म सन् २०२५ जुलाई ९ सम्म विस्तार गर्न सहमत भएँ, त्यसो गर्नु मेरो सुअवसर थियो,’ ट्रम्पले आइतबार साँझ पत्रकारहरूसँग कुरा गरेपछि ट्रुथ सोसलमा भने। ‘इयू र अमेरिकाले संसारको सबैभन्दा महत्त्वपूर्ण र नजिकको व्यापारिक सम्बन्ध साझा गर्दछन्,’ भोन डेर लेयनले भनेकी छन्, ‘युरोप छिटो र निर्णायक रूपमा वार्ता अगाडि बढाउन तयार छ, राम्रो सम्झौतामा पुग्न हामीलाई जुलाई ९ सम्मको समय चाहिन्छ।’ एपी