उत्तरी म्यासेडोनियाको एक नाइट क्लबमा लागेको आगलागीमा परेर कम्तीमा ५१ जनाको मृत्यु भएको छ। अन्य एक सयभन्दा बढी घाइते भएका छन्।
आन्तरिक मन्त्रालयका अनुसार, आगलागी स्थानीय समयअनुसार पल्स क्लबमा आइतबार बिहान सुरु भएको थियो। राजधानी स्कोप्जेबाट करिब १०० किलोमिटर पूर्वमा रहेको उक्त क्लबलाई आगोले पूरै ढाकेको थियो।
आगलानी नियन्त्रकलाई आगो नियन्त्रणमा लिन घण्टौं समय लागेकाले ठूलो हताहती भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
एडीएन ब्यान्डका हिपहप जोडीको लाइभ प्रस्तुति हेर्न उक्त क्लबमा करिब १ हजार ५ सय जना रहेको अनुमान छ। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आगलागीको कारण स्टेजमा प्रयोग गरिएको आतिशबाजी उपकरण हुनसक्ने आशंका गरिएको छ।
सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा स्टेजबाट निस्किएको झिल्का छतमा समातेपछि आगो तीव्र गतिमा फैलिएको देखिन्छ।
युरोपेली देश उत्तरी म्यासेडोनियाको एक नाइट क्लबमा शनिबार राति आगलागी हुँदा कम्तीमा ५९ जनाको मृत्यु भएको छ भने करिब १५५ जना घाइते भएका छन्। मिडिया रिपोर्टका अनुसार दुर्घटना कोकानी शहरमा आयोजना गरिएको हिप हप संगीत कन्सर्टका क्रममा भएको हो।
कोचानी शहर राजधानी स्कोप्जेबाट लगभग १०० किलोमिटर टाढा अवस्थित छ। ३० हजार जनसंख्या भएको यस शहरको एक नाइट क्लबमा प्रसिद्ध हिप-हप जोडी एडीएनको संगीत कार्यक्रम चलिरहेको बेला आगलागी भएको थियो। यस कन्सर्टका लागि क्लबमा १५ सय जना भेला भएका थिए।
कार्यक्रम चलिरहेको बेला कसैले क्लबभित्र पटाका पड्काएको हुन सक्ने अनुमान गरिएको छ, जसका कारण आगलागी भएको हो। आगलागी भएपछि त्यहाँ अराजकता मच्चियो र भागदौडमा केही मानिसहरू च्यापिए।
देशको लागि धेरै कठिन दिन : प्रधानमन्त्री
प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले एक्समा लेखे, 'यो उत्तरी म्यासेडोनियाको लागि कठिन र धेरै दुःखद दिन हो। यति धेरै युवाहरूको दु:खद क्षति कहिल्यै पूरा हुन सक्दैन। यस कठिन समयमा पीडितहरूको पीडा कम गर्न सरकारले हरसम्भव प्रयास गर्नेछ।
घाइतेहरूलाई राजधानी स्कोप्जे लगायत देशभरका विभिन्न अस्पतालहरूमा भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। यसमा धेरै स्वयंसेवी संस्थाहरूको सहयोग पनि लिइँदैछ। यस घटनामा एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ, तर यसबारे विस्तृत जानकारी दिइएको छैन।
उत्तरी म्यासेडोनियाको जनसंख्या २० लाखभन्दा कम
दक्षिण-पूर्वी युरोपमा अवस्थित उत्तरी म्यासेडोनियाको जनसंख्या २० लाखभन्दा कम छ। यो देशले अल्बानिया, बुल्गेरिया, ग्रीस, कोसोभो र सर्बियासँग आफ्नो सिमाना साझा गर्दछ। यो भूपरिवेष्ठित देश हो, अर्थात् यो चारैतिरबाट जमिनले घेरिएको छ।
उत्तरी म्यासेडोनिया पहिले युगोस्लाभियाको भाग थियो। यो १९९१ मा एक स्वतन्त्र देश बन्यो। यो १९९३ मा संयुक्त राष्ट्र संघको सदस्य बन्यो। एजेन्सी
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...