युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त
३० फागुन २०८१
•
५ मिनेट पाठ
युक्रेनको युद्धविराम योजनामाथि पुटिनद्वारा ‘गम्भीर आशङ्का’ व्यक्त
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन्। 




पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएको यस योजनामा आफ्नो पहिलो टिप्पणी राख्दै  भने, “म प्रस्तावित युद्धविरामको ‘पक्षमा’ छु तर ‘त्यहाँ सूक्ष्मताहरू छन्’ र यसले कसरी काम गर्नेछ भन्ने बारेमा ‘गम्भीर प्रश्नहरू’ उठाएको छ।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको टिप्पणीलाई ‘धेरै तोडमोड’ गरिएको अभिव्यक्तिका रूपमा निन्दा गरे। उनले भने, “गत रातिको आफ्नो सम्बोधनबाट पुटिनले ‘वास्तवमा प्रस्तावलाई अस्वीकार गर्ने तयारी गरिरहनुभएको बुझिन्छ तर यसलाई ‘अमेरिकी राष्ट्रपति ट्रम्प’ समक्ष व्यक्त गर्न चाहनुहुन्न।  वास्तवमा, उहाँ (पुटिन) यो युद्ध जारी राख्न चाहनुहुन्छ।”

संयुक्त राज्य अमेरिकाले रूसलाई बिना कुनै शर्त युद्धविराममा सहमत हुन आह्वान गरेको छ। तर पुटिनले धेरै आपत्तिहरू उठाउँदै भने, “मलाई लाग्छ कि हामीले हाम्रा अमेरिकी सहकर्मीहरूसँग कुरा गर्न आवश्यक छ। सम्भवतः ती कुराबारे उहाँहरूले राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुरा गर्नु छलफल गर्नु उचित होला।”

पुटिनले युद्धविराम ‘सही विचार’ भएको तर यो प्रस्तावले युक्रेनलाई फाइदा पुर्‍याउने बताएका छन्। रूसले द्रुत गतिमा आफ्नो भूमि कब्जा गरिरहेको र युक्रेनका सैनिकहरूले धक्का खेपिरहेको वेला हजारौँ किलोमिटर लामो युद्धको अग्र भागमा युद्धविरामको अनुगमन कसरी गर्ने भनेर पनि प्रश्न गरे।  

ट्रम्पले पुटिनको वक्तव्य ‘आशाजनक’ तर ‘पूर्ण नभएको’ उल्लेख गरेका छन्। 

“वास्तवमा अन्तिम सम्झौताको धेरै विवरणहरू छलफल गरिएको छ। अब हामी रूस त्यहाँ छ कि छैन भनेर हेर्न गइरहेका छौं र यदि छैन भने यो विश्वका लागि निकै निराशाजनक क्षण हुनेछ,” ट्रम्पले भने। 

उनले थप्दै भने, “म उहाँसँग भेट्न वा उहाँसँग कुरा गर्न चाहन्छु। हामीले युद्धविराम वार्तालाई छिटो टुङ्ग्याउनुपर्छ।”

बुधबार कुर्स्क क्षेत्रमा रहेको सैनिक मुख्यालयको भ्रमणपछि रूसी राष्ट्रपति पुटिनले युक्रेनविरुद्ध आफ्ना सेनाले गरेको प्रगतिको प्रशंसा गर्दै उनीहरू अग्रपङ्क्तिका ’व्यावहारिक सबै क्षेत्रमा अघि बढिरहेको’ बताएका छन्। 

उनले भने, “स्थलगत अवस्था कसरी विकसित हुन्छ, त्यसको आधारमा हामी द्वन्द्व अन्त्य गर्ने र सबैलाई स्वीकार्य हुने सम्झौतामा पुग्ने अर्को कदममा सहमत हुनेछौँ।”

ट्रम्पले तीन वर्षभन्दा लामो द्वन्द्वको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला उनका दूत स्टिभ विटकोफ उक्त योजनाबारे छलफल गर्न बिहीबार मस्को पुगेका थिए। 

क्रेमलिनका एक उच्च सहयोगी युरी उशाकोभले राष्ट्रपति पुटिनले ‘सङ्केत’ दिएपछि विटकोफले पुटिनलाई भेट्ने बताए। 

रूस एक वर्षभन्दा बढी समयदेखि युद्धभूमिमा अघि बढिरहेको छ। बिहीबार युक्रेनी सेनालाई रूसको कुर्स्क क्षेत्रको सुद्जा शहरबाट लखेटेको दाबी गरेको छ। 

मस्कोले युद्धभूमिमा अग्रता हासिल गरे पनि आफ्नो टोलीले युद्धविराम गर्न सक्नेमा आशावादी रहेको राष्ट्रपति ट्रम्पको आशा छ। 

‘दीर्घकालिक शान्ति’
पुटिनले बिहीबार भने, “हामी शत्रुता अन्त्य गर्ने प्रस्तावमा सहमत छौँ, तर युद्धको समाप्तिले दीर्घकालीन शान्ति कायम गर्नेछ र सङ्कटको मूल कारणलाई सम्बोधन गर्नेछ भन्न आधार तय हुनु जरूरी छ।” 

रूसले युक्रेनमा विदेशी शान्ति सैनिकलाई युद्धविराम वा किभका लागि दीर्घकालीन सुरक्षा प्रत्याभूतिका रुपमा स्वीकार गर्न अस्वीकार गरिसकेको छ। 

रूसको यो अडान युक्रेनले युरोपेली मित्रराष्ट्रहरूलाई रूसबाट भविष्यमा हुने आक्रमणबाट बच्न द्वन्द्व समाप्त भएपछि आफ्नो भूभागमा सैन्य ‘टुकडी’ तैनाथ गर्न गरेको अनुरोधविपरीत हुन सक्छ।

रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले भने, “अन्य देशका सेनालाई कुनै पनि झण्डामुनि युक्रेनमा तैनाथ गर्नु हाम्रा लागि बिल्कुलै अस्वीकार्य छ। चाहे त्यो विदेशी दस्ता होस् वा सैन्य शिविर किनकि, यसको अर्थ हाम्रो देशसँग प्रत्यक्ष सशस्त्र द्वन्द्वमा यी देशहरूको संलग्नता हुनेछ।”

कुर्स्कका लागि लडाइँ
यसैबीच किभले गत अगस्टमा सीमानामा रहेको रूसी क्षेत्र कुर्स्कलाई नियन्त्रणलाई लिएको भएपनि अहिले त्यहाँ रूसी सेनाले तीव्र गतिले आफ्नो क्षेत्रलाई फिर्ता लिएको दाबी गरेको छ।

रूसी रक्षा मन्त्रालयले सुद्जासहित सीमा क्षेत्रका अन्य दुई बस्तीलाई ‘मुक्त’ गरेको जनाएको छ। युद्ध अघि करिब पाँच हजार मानिसको बसोबास रहेको सुदझा किभले रूसी क्षेत्रमा आक्रमण सुरु गरेपछि कब्जा गरिएको सबैभन्दा ठूलो बस्ती थियो। 

रूसले सन् २०१४ मा क्रिमियाकब्जा गरेयता युक्रेनको पाँचौं भागको एक भाग कब्जा गरेको र सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा जल, स्थल र हवाइ आक्रमण सुरु गरेको रूससँग जमिन आदानप्रदान गर्न कुर्स्क क्षेत्र युक्रेनका लागि केही ‘बार्गेनिङ’को आधारमध्ये एक हो।  

गत हप्ता दर्जनौं वर्ग किलोमिटर युक्रेनी क्षेत्र रूसले कब्जा गरेपछि अब सीमा क्षेत्रमा युक्रेनको आफ्नो पकड पूर्णरूपमा गुम्ने खतरा रहेको सैन्य ब्लगरहरूले बताएका छन्। 

युक्रेनको सुमी क्षेत्रको सैन्य प्रशासनले बिहीबार फेसबुकमा भनेको छ, “कुर्स्कसँगको सीमा नजिकका आठ वटा गाउँलाई अनिवार्य रूपमा खाली गर्न आदेश दिइएको छ।”

अमेरिकाले युक्रेनका लागि गुप्तचर सूचना आदानप्रदान र सुरक्षा सहयोग रोकेपछि यस क्षेत्रमा मस्कोको तीव्र प्रगति भएको हो, यद्यपि विश्लेषक र अधिकारीहरूले प्रत्यक्ष सम्बन्ध नबनाउन चेतावनी दिएका छन्।

वासिङ्टनले मस्कोसँगको वार्ताअघि किभलाई समर्थन गर्न थालेको जनाएको छ। 

पुटिन र साउदी युवराजबीच छलफल
यसैबीच, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच युक्रेन द्वन्द्वको सम्भावित समाधानका लागि टेलिफोन वार्ता भएको क्रेमलिनले शुक्रबार जनाएको छ। 

“पुटिनले साउदी अरबले फेब्रुअरी १८ मा रूसी र अमेरिकी अधिकारीहरूबीच वार्ताको आयोजना गरेको प्रसङ्ग उल्लेख गर्दै युवराज मोहम्मद बिन सलमानसँग साउदी अरबको मध्यस्थता प्रयासको सराहना गर्नुभएको’ थियो,” क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

“राजकुमार मोहम्मदले युक्रेनी सङ्कट समाधानको महत्वलाई ध्यान दिनुभयो र रूसी–अमेरिकी सम्बन्धलाई सामान्यीकरण गर्न हरसम्भव योगदान जारी राख्न तत्परता व्यक्त गर्नुभयो,” विज्ञप्तिमा भनिएको छ।

संयुक्त राज्य अमेरिकाले युक्रेनमा ३० दिनको युद्धविरामको प्रस्ताव गरेको छ, जसलाई किभले पहिले नै स्वीकार गरिसकेको छ। बिहीबार मस्को पुगेका अमेरिकी राजदूत स्टिभ विटकोफ रूसी पक्षसमक्ष शुक्रबार पनि संवादमा छन्। 

“पुटिन र राजकुमार मोहम्मदले द्विपक्षीय सहयोग र ‘विश्व तेल बजारको स्थिरता’ का लागि युद्धविराम र स्थायी शान्तिको ‘महत्व’ बारे पनि छलफल गर्नुभएको छ,” क्रेमलिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ। एएफपी
अर्को समाचार
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
०६ साउन २०८२
•
२ मिनेट पाठ
भारत र चीनलाई ट्रम्पका सिनेटरको चेतावनी : रूससँग तेल किन्यो भने अर्थतन्त्र ध्वस्त पारिदिन्छौँ
फाइल तस्बिर
अमेरिकी सिनेटर लिन्डसे ग्राहमले रूससँग तेल खरिद गर्ने देशमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। विशेष गरी भारत, चीन र ब्राजिललाई लक्षित गर्दै उनले रूसबाट सस्तो तेल खरिद गर्नु युक्रेनविरुद्धको युद्धलाई सहयोग गर्नु बराबर भएको तर्क दिएर उनले यस्तो धम्की दिएका हुन्।




फक्स न्युजलाई दिएको अन्तर्वार्तामा सिनेटर ग्राहमले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्प रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आर्थिक सहायता पुग्ने कुनै पनि गतिविधि रोक्न चाहन्छन्। यदि भारत, चीन र ब्राजिलले रूसबाट सस्तो तेल खरिद जारी राखे भने हामी तिनको अर्थतन्त्रलाई ध्वस्त गर्छौं। यो रगतको पैसा हो!’ उनले थपे, ‘पुटिन, तिमीले ट्रम्पसँग गलत दाउ खेल्यौँ। तिम्रो अर्थतन्त्र थप कमजोर हुनेछ, र हामी युक्रेनलाई हतियार पठाइरहने छौं।’

ग्राहमले यी तीन देशले रूसको कुल तेल निर्यातको करिब ८० प्रतिशत खरिद गर्ने गरेको दाबी गरेका छन्। उनले अगाडि भने, ‘यी देशले अमेरिकी अर्थतन्त्र र पुटिनको युद्ध मेसिनबिच एक छनोट गर्नुपर्नेछ। मलाई विश्वास छ, तिनले अमेरिकी अर्थतन्त्र रोज्नेछ।’

यसअघि नाटोका महासचिव मार्क रुटले पनि भारत, चीन र ब्राजिललाई रूससँग व्यापार बन्द गर्न आग्रह गर्दै नभए एक सय प्रतिशत ‘सेकेन्डरी ट्यारिफ’ लगाउने धम्की दिएका थिए। यो धम्की ट्रम्पले रूसलाई युक्रेन युद्ध ५० दिनभित्र बन्द गर्न दिएको अल्टिमेटमको एक दिनपछि आएको थियो। ट्रम्पले रूस र उसको व्यापारिक साझेदारमाथि एक सयदेखि पाँच सय प्रतिशतसम्म ट्यारिफ लगाउने तयारी गरेका छन्। 

युक्रेन युद्धपछि रूसले सस्तो दरमा तेल बेच्न थालेपछि यी देशले आयात बढाएका हुन्। अमेरिकाको यो कदमले विश्वव्यापी तेल आपूर्तिमा ठूलो असर पार्न सक्छ। भारत र चीन रूसका सबैभन्दा ठूला तेल खरिदकर्ता हुन्। 

यदि ट्यारिफ लागु भएमा यी देशले मध्यपूर्व वा अफ्रिकाबाट महँगो तेल आयात गर्नुपर्ने हुन सक्छ। यसले पेट्रोल र डिजेलको मूल्यमा वृद्धि ल्याउन सक्ने देखिन्छ। ब्रिक्स समूहका यी देशले डलरमा निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्, जसलाई ट्रम्पले चुनौतीको रूपमा लिएका छन्। एजेन्सी
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस