दलाई लामाको उद्घोष- ‘मेरो उत्तराधिकारी चीनबाहिर जन्मिन्छ’, चीनले भन्यो ‘स्वीकार्य छैन’
२८ फागुन २०८१
•
३ मिनेट पाठ
दलाई लामाको उद्घोष- ‘मेरो उत्तराधिकारी चीनबाहिर जन्मिन्छ’, चीनले भन्यो ‘स्वीकार्य छैन’
तिब्बती आध्यात्मिक गुरु दलाई लामाले आफ्नो नयाँ पुस्तक ‘भ्वाइस फर दि भ्वाइसलेस्’ मा आफ्नो उत्तराधिकारी चीनबाहिर जन्मिने घोषणा गरेका छन्। यो घोषणाले तिब्बतको धार्मिक नेतृत्वमा बेइजिङको नियन्त्रणलाई चुनौती दिएको छ।




मंगलबार सार्वजनिक पुस्तकमा उनले चिनियाँ नेताहरूसँगको अनुभव र तिब्बतको भविष्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्।

‘पुनर्जन्मको उद्देश्य अघिल्लो नेतृत्वको कार्यलाई निरन्तरता दिनु हो। त्यसैले नयाँ दलाई लामाको जन्म स्वतन्त्र विश्वमा हुनेछ, जसले तिब्बती बौद्ध धर्मको आध्यात्मिक नेतृत्व, विश्वव्यापी करुणाको आवाज, र तिब्बती जनताको आकांक्षाको प्रतीकका रूपमा आफ्नो परम्परागत भूमिका निर्वाह गर्नेछ,’ दलाई लामाले लेखेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार, ८९ वर्षीय दलाई लामाले पहिलोपटक आफ्नो उत्तराधिकारी ‘स्वतन्त्र विश्व’ मा जन्मिने घोषणा गरेका हुन्। यसअघि उनले पुनर्जन्म नहुन सक्ने वा चीनबाहिर, सम्भवतः भारतमा जन्मिने संकेत गरेका थिए। उनी सन् १९५९ देखि निर्वासनमा भारतमा बस्दै आएका छन्।

दलाई लामाको घोषणाप्रति बेइजिङले आपत्ति जनाएको छ। चीनले तिब्बती धार्मिक नेतृत्वबारे निर्णय गर्ने अधिकार आफूलाई मात्र रहेको दाबी गरेको छ।

समाचार संस्था एएफपीका अनुसार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार दलाई लामालाई ‘धर्मको आवरणमा चीनविरोधी अलगाववादी गतिविधिमा संलग्न राजनीतिक शरणार्थी’ भएको बताएकी थिइन्।

‘जिउँदो बुद्धहरूको पुनर्जन्म, दलाई लामासहित, चिनियाँ कानुन र ऐतिहासिक परम्पराअनुसार हुनुपर्छ... यसमा केन्द्रीय सरकारको अनुमोदन आवश्यक छ,’ माओको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ।

चीनले तिब्बतलाई आफ्नो अभिन्न हिस्सा दाबी गर्दै आएको छ भने १९५० मा गरेको नियन्त्रणलाई ‘शान्तिपूर्ण मुक्तिगमन’ बताउँदै आएको छ। तर, बेइजिङ र तिब्बती नेताहरूबीच सन् २०१० यता कुनै औपचारिक वार्ता भएको छैन।

दलाई लामाले आफ्नो पुस्तकमा तिब्बतको स्वतन्त्रताको प्रयासमा दशकौं लगाएको संघर्ष उल्लेख गरेका छन्। उनले माओ जेडोङदेखि राष्ट्रपति सी जिनपिङसम्मका चिनियाँ नेताहरूसँगको भेटघाट र संवादको अनुभव प्रस्तुत गरेका छन्।

‘कुनै पनि अधिनायकवादी शासन – चाहे त्यो व्यक्ति होस् वा पार्टी – सधैं टिक्न सक्दैन, किनकि तिनीहरू आफ्नै जनताको अधिकार कुण्ठित गर्छन्,’ उनले लेखेका छन्।

दलाई लामाले सन् २०११ मा निर्वासन सरकारको राजनीतिक नेतृत्व त्यागेर लोकतान्त्रिक रूपमा निर्वाचित नेता पेन्पा सेरिङलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए।

भारतमा रहेको तिब्बती प्रशासन पूर्ण स्वतन्त्रता होइन, तर ‘मध्यम मार्ग’ रणनीतिअन्तर्गत अधिक स्वायत्तताको माग गरिरहेको छ।

चीनले भने तिब्बती निर्वासन सरकारलाई ‘कठपुतली प्रशासन’ बताउँदै आएको छ। बेइजिङले दलाई लामाले तिब्बत र ताइवानलाई चीनको अविभाज्य अंग मानेर मात्रै वार्ता सम्भव हुने अडान लिएको छ, जुन तिब्बती संसदले अस्वीकार गरेको थियो।

८९ वर्षीय दलाई लामाले अब तिब्बत फर्कन ‘अत्यन्त कठिन’ रहेको स्वीकारेका छन्। तर, उनले तिब्बती आन्दोलनलाई भविष्यमा पनि रोक्न नसकिने दाबी गरे।

‘तिब्बती जनताको आफ्नो मातृभूमिमाथिको अधिकार अनन्तसम्म अस्वीकार गर्न सकिँदैन, न त उनीहरूको स्वतन्त्रताको चाहनालाई दमन गरेर सधैंभरि दबाउन सकिन्छ,’ उनले लेखेका छन्।

विश्वभरका तिब्बतीहरूले दलाई लामा परम्पराको निरन्तरता सुनिश्चित गर्न उनलाई आग्रह गरिरहेका छन्। तिब्बती परम्पराअनुसार, एक वरिष्ठ बौद्ध गुरुको आत्मा बालकको रूपमा पुनर्जन्म हुने विश्वास गरिन्छ। दलाई लामा आफैंलाई दुई वर्षको उमेरमा पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो।

स्वास्थ्यका केही समस्याहरूका बाबजुद, दलाई लामाले गत डिसेम्बरमा रोयटर्सलाई आफू ११० वर्षसम्म बाँच्छु भन्ने विश्वास व्यक्त गरेका थिए। उनले आगामी जुलाईमा ९० औं जन्मदिन मनाउने क्रममा आफ्ना उत्तराधिकारीबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

तर, बेइजिङले नयाँ दलाई लामा छनोट गर्ने अडान राखेकाले दलाई लामाको यो घोषणाले तिब्बतको भविष्यबारे विवाद अझै लम्बिने देखिन्छ।
अर्को समाचार
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
५ घण्टा अघि
•
१ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतमा लोकप्रिय बोतलबन्द पानी ब्रान्ड बिस्लेरीको नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएपछि खाद्य नियामकले कारबाही अघि बढाएको छ।




भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको दोस्रो घटना हो।

रोयटर्सका अनुसार अगस्ट १२ को सूचनाअनुसार नियामकले कम्पनीलाई प्रभावित ब्याचको बिक्री रोक्न निर्देशन दिएको थियो। नमूनाको पुनः परीक्षण गर्दा पनि कोलिफर्म ब्याक्टेरिया भेटिएको सरकारी अधिकारीले बताएका छन्।

बिस्लेरीले भने सरकारको निर्देशनअनुसार अगस्टमै सम्बन्धित ब्याच बजारबाट फिर्ता बोलाएको जनाएको छ। कम्पनीका अनुसार नियामकका प्रयोगशालाले नमूनामा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट दिएका थिए। तर, कम्पनीले आफ्नै तर्फबाट गराएको स्वतन्त्र परीक्षणमा उक्त ब्याचको पानी खाद्य सुरक्षा मापदण्डअनुसार सुरक्षित पाइएको दाबी गरेको छ।

‘नियामक र स्वतन्त्र परीक्षणको नतिजामा देखिएको भिन्नताबारे गहिरो समीक्षा आवश्यक छ,’ कम्पनीले विज्ञप्तिमा भनेको छ। साथै, वास्तविकता पत्ता लगाउन एफएसएसएआईसँग सहकार्य जारी राख्ने पनि जनाएको छ।

बिस्लेरीका भारतभर १३० उत्पादन प्लान्ट र पाँच हजार ९८० वितरक छन्। भारतको प्याकेज गरिएको पिउने पानी बजारमा अग्रणी रहेको कम्पनीले पेप्सीको, कोका-कोला, टाटा र रिलायन्सजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्दै आएको छ।

बिस्लेरीको पानीमा समस्या देखिएपछि एफएसएसएआईले सबै राज्यलाई प्याकेज गरिएको पिउने तथा खनिज पानीको नियमित निरीक्षण र नमूना परीक्षण बढाउन निर्देशन दिएको छ। मापदण्ड पूरा नगर्ने कम्पनीमाथि आवश्यक कारबाही गर्न पनि भनिएको छ।

यसअघि पनि बिस्लेरीको पानीको नमूना असुरक्षित भेटिएपछि नियामकले कानुनी प्रक्रिया अघि बढाएको थियो। दोष प्रमाणित भए कम्पनीले जरिवाना र जेल सजायसमेत भोग्नुपर्ने हुन सक्छ। भारतमा पछिल्लो समय खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ठूला कम्पनीमाथि नियामक निकायले निगरानी र कारबाही बढाएका छन्।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस