६ वर्ष लामो कानुनी लडाइँपछि ब्राजिलको एस्पिरिटो सान्टो राज्यको अदालतले एक बालकलाई आधिकारिक रूपमा तीन बुबा र एक आमाको सन्तानका रूपमा दर्ता गर्न अनुमति दिएको छ।
अहिले १० वर्षको उमेरको बच्चाको प्रतिनिधित्व गर्ने वकिल आना पाउला मर्बिकले बच्चालाई जन्मदेखि नै उसका जैविक बुबा र आमाका नाममा नियमित रूपमा दर्ता गरिएको बताएकी छन्।
त्यसो त जैविक आमाबुबाको ‘जटिल र असंगत’ विवाहका कारण बुबाका दाइ र उनका पतिले बच्चाको हेरचाह गर्न मद्दत गरेका थिए। मोर्बेकले सिएनएन ब्राजिललाई भनिन्, ‘जुन कुरा कहिलेकाहीं हुनुपथ्र्याे, त्यो नै नियमित बन्यो। यसले त्यतिबेलाको बच्चासँग भावनात्मक बन्धन सिर्जना गर्यो।’
जैविक आमाबुबाको सम्बन्धविच्छेद भएपछि बच्चा ठुलोबुवा र उनका पतिसँग रहन थाल्यो। ठुलोबुवाले पूर्ण रूपमा ती बालकलाई स्वीकार गर्दै उनलाई हरतरहका सेवासुविधा दिए। बालकका ठुलोबुवाले बच्चाको स्वास्थ्य, शिक्षा, खाना, मनोरञ्जनको हेरचाह गरे।
ठुलोबुवा र उनका पतिले बालकको स्वस्थ विकासका लागि चाहिने सबै माया र सुरक्षा दिए। जब बच्चा स्कुल जान थाल्यो, उसले आफ्ना स्कुले साथीहरूलाई आफ्ना तीन जना बुवा भएको कुरा बताउन थाल्यो। उसका कुरालाई केहीले हाँसोमा उडाए पनि बालकले त्यसको कुराको कुनै मतलब नराखी आफ्ना तीन जना बुवा भएको कुरा बताउन छाडेन।
पछि बालक हुर्कंदै जाँदा आफ्ना तीन बुवालाई कानुनी रूपमै पहिचान गर्ने इच्छा व्यक्त गर्न थाल्यो। कानुन पनि बालकका तीन पिता भएको स्विकार्न बाध्य हुनुपर्यो। तर यसका लागि बालकले निकै लामो अदालती प्रक्रिया पूरा गर्नुपर्यो। स्थानीय अदालतले सुरुमा त यो अनुरोधलाई पुरै अस्वीकार गर्यो। तर वकिल मर्बिकले बालकको इच्छाका लागि धुवाँदार रूपमा पैरवी गरिन्। बालकको इच्छापूर्तिका लागि परिवारले सन् २०१० मा मुद्दा दायर गर्यो। त्यो बेला अदालतले आफ्नो कानुनअनुसार बालकको समलिंगी ठुलोबुवालाई पिता मान्न अस्वीकार गरेको थियो।
त्यसका लागि अदालतले कुनै समलिंगी परिवारले सन्तान एडप्ट गर्न सक्ने (दत्तक प्रक्रिया) र त्यो प्रक्रिया पूरा गरेर आए मात्र आफूले त्यसबारे सोच्न सक्ने बताएको थियो। दत्तक प्रक्रिया पूरा गर्न भने परिवारले चाहेन। बच्चाले आफ्ना जैविक आमाबुवालाई चिन्छ। जुन बालकले आफ्ना जैविक मातापितालाई चिन्दैन, त्यस्तो बेलामा मात्र दत्तक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
बालकको इच्छा थियो, आफ्नो मातृत्व र पितृत्व जिम्मेवारी पूरा नगरेका तर त्यस्तो जिम्मेवारी पूरा गर्न चाहने आफ्ना ठुलोबुवा र उनका पतिलाई आफूहरूले बुवाकै रूपमा पहिचान दिलाउन पाइयोस्।
बालकका जैविक आमाबुवाले असाध्य माया गर्ने तर जिम्मेवारी मात्र पूरा गर्न नसक्ने भएकाले एक आमा र तीन बुवाका रूपमा पहिचान दिलाउन बालकले इच्छा व्यक्त गर्यो। बालकले भन्यो, ‘मेरा लागि जैविक आमाबुवा उत्तिकै सम्माननीय छन्। म उहाँहरूलाई माया गर्छु। उहाँहरूले मेरो जिम्मेवारी उठाउन नचाहेर के भयो, माया त मार्नुभएको छैन नि!’
बालकको जैविक आमाबुवासँग सामाजिक तथा भावनात्मक सम्बन्ध निकै गहिरो छ। त्यसकारण उनीहरूसँगको कानुनी सम्बन्ध तोड्न पनि ऊ चाहँदैन। गएको जनवरी २१ मा पुनरावेदन अदालतले बालकको इच्छापूर्ति गर्ने किसिमको फैसला गरेको छ।
अदालतले समलिंगी जोडीलाई बालकको कानुनी आमाबुवाका रूपमा दर्ता गर्न आदेश दिएको छ। साथै अदालतले जैविक आमाबुवालाई पनि पहिचानमा राख्ने आदेश दिएपछि बालकले सो आदेशसँगै एक आमा र तीन बुवा पाएको वकिल मर्बिकले बताइन्। ‘बच्चाले ठुलोबुवा र उनका पतिमार्फत यति स्नेह र प्यार पाए कि त्यो नै अदालतका लागि फैसलाको आधार बन्न पुग्यो,’ वकिल मर्बिकले सिएनएनसँग भनेकी छन्, ‘यो फैसलाले परिवार भनेको बुवा र आमा मात्र हुँदैनन्, धेरै किसिमका परिवार हुन सक्छन् भन्ने मान्यता दिएको छ, स्नेहको बन्धन सबैभन्दा ठुलो बन्धन हो भन्ने पनि प्रमाणित गरेको छ।’
ब्राजिलमा सन् २०१० देखि समलिंगी दत्तक प्रक्रिया (एडप्सन) लाई कानुनी मान्यता दिइएको छ। सो मान्यताले गर्दा पनि यी बालकले एकसाथ एक आमा र तीन बुबा प्राप्त गर्न सकेका हुन्।