अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भिडियो कलमार्फत संवाद भएको छ।
दुवै नेताहरूले आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सी जिनपिङले पुटिनलाई ‘रणनीतिक सहकार्यलाई व्यापक बनाउने, आपसी समर्थनलाई बलियो बनाउने र वैध हितहरूको रक्षा गर्ने’ विषयमा जोड दिए।
मंगलबार राष्ट्रपति ट्रम्पले चीनमाथि कर लगाउने धम्की दिएका थिए भने रूसलाई यूक्रेन युद्ध रोक्न सहमति नगरेको खण्डमा ‘ठूलो कठिनाइ’ सामना गर्नुपर्ने चेतावनी दिएका थिए।
बुधबार ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत ट्यारिफ लगाउने विचार गरिरहेको बताएका थिए। उक्त ट्यारिफ फेब्रुअरी १ बाट लागु गर्ने सम्भावना रहेको बताइएको छ।
रूसका विदेशी मामिलासम्बन्धी सल्लाहकार युरी युशाकोभका अनुसार, पुटिनले सी जिनपिङसँग यूक्रेनलाई लिएर गरिने कुनै पनि सहमतिको क्रममा रुसी हितहरूको रक्षा हुनुपर्ने कुरा बताएका थिए।
यद्यपि, दुवै नेताहरूले यो संवाद ट्रम्पको शपथ ग्रहणसँग प्रत्यक्ष सम्बन्धित नभएको स्पष्ट पारेका छन्।