पूर्वराष्ट्रपति ट्रम्प दुई लाख धरौटीमा रिहा
०८ भदौ २०८०
•
२ मिनेट पाठ
पूर्वराष्ट्रपति ट्रम्प दुई लाख धरौटीमा रिहा
अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन्। फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन्।




जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाँक्ने चालक लगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिइने कानुनी प्रक्रियाअनुरूप अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको पनि तिनै अभियुक्तको झै फोटो लिएर भएको छ। यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद् भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन्।

भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन्।

कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रूपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निक्कै रिसाको देखिन्छन्। हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सुट, सेतो शर्ट र रातो टाई लगाएका छन्। उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ। सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन्। यद्यपि उनीमाथि  जर्जियामा  जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ।

उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन्। राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन्।

अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन्। जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेको लगायत चार मुद्दा दायर गरिएको छ।

यसअघि उनीमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियललाईसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलर्या भुक्तान गरिएको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकारेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ।

सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी संसद् क्यापिटल हिलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए। त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ।  
अर्को समाचार
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
२० फागुन २०८१
•
२ मिनेट पाठ
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत हप्ता ह्वाइट हाउसमा भएको भेटलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै मंगलबार आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।




मंगलबार सामाजिक सञ्जालमा लामो विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले यूक्रेन वार्ताका लागि तयार रहेको जनाए। उनले गत हप्ता ट्रम्पसँगको भेट ‘अपेक्षा गरेअनुसार नभएको’ भन्दै अब सही निर्णय गर्ने बेला आएको उल्लेख गरे।

‘मेरो टोली र म शान्ति स्थापनाका लागि राष्ट्रपति ट्रम्पको नेतृत्वमा काम गर्न तयार छौँ,’ उनले लेखेका छन्।

उनले युद्ध अन्त्य गर्न द्रुत रूपमा अघि बढ्नुपर्ने बताउँदै पहिलो चरणका रूपमा युद्धबन्दीको अदला-बदली, आकाशमा युद्धविराम (मिसाइल तथा लामो दूरीका ड्रोन आक्रमण बन्द), ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण रोक्ने व्यवस्था र समुद्री क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने बताए। उनले यदि रुसले पनि यस्तै कदम चालेमा शान्ति वार्तालाई तीव्रता दिन सकिने उल्लेख गरे।

‘अमेरिकाले यूक्रेनको सार्वभौमिकता तथा स्वतन्त्रता कायम राख्नका लागि दिएको सहयोगको हामी उच्च मूल्यांकन गर्छौँ। जब राष्ट्रपति ट्रम्पले यूक्रेनलाई जाभेलिन उपलब्ध गराए, त्यही क्षणबाट परिस्थिति परिवर्तन भएको हामी सम्झन्छौँ। त्यसका लागि हामी आभारी छौँ,’ जेलेन्स्कीले थपे।

उनले ह्वाइट हाउसमा शुक्रबार भएको भेट सकारात्मक नबनेको भन्दै भविष्यमा सहकार्य र संवादलाई परिणाममुखी बनाउन चाहेको बताए।

खनिज स्रोत र सुरक्षासम्बन्धी सम्झौताबारे जेलेन्स्कीले यूक्रेन जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको र यसलाई स्थायी सुरक्षा प्रत्याभूतिको दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गरे।

वाल्ट्जले जेलेन्स्कीको ट्रम्पसँगको असहमतिको विषयलाई निराधार बताउँदै जेलेन्स्कीले पछिल्ला घटनाक्रमप्रति खेद व्यक्त गर्दै शान्ति वार्तामा संलग्न हुन तयार रहेको सन्देश दिनु आवश्यक रहेको बताएका थिए।

जेलेन्स्कीले उल्लेख गरेको युद्धविरामको प्रस्ताव युरोपेली नेताहरूले आइतबार पेरिसमा भएको बैठकमा अघि सारेको योजनासँग मेल खान्छ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले ३० दिनका लागि आकाश, समुद्र तथा ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने प्रस्ताव गरेका थिए

म्याक्रोँले उक्त अवधिलाई व्यापक शान्ति सम्झौताका लागि अवसरका रूपमा प्रयोग गर्न सकिने बताएका थिए।

राष्ट्रपति ट्रम्पको प्रशासनले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

जेलेन्स्कीको विज्ञप्ति ट्रम्पले सोमबार राति यूक्रेनलाई दिइने सबै सहायता रोक्ने निर्णय गरेपछि आएको हो।

ट्रम्प प्रशासनका एक उच्च अधिकारीले फक्स न्युजसँग कुराकानी गर्दै ‘यो सहायता स्थायी रूपमा बन्द गरिएको नभई अस्थायी रूपमा रोकिएको’ स्पष्ट पारेका थिए। ‘हालका आदेशहरू कार्यान्वयन भइरहेका छन्,’ ती अधिकारीले बताएका थिए।

(फक्स न्युज र एजेन्सीको सहयोगमा)
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस