ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण
२२ चैत्र २०७९
•
१ मिनेट पाठ
ट्रम्पद्वारा अदालतमा आत्मसमर्पण
आपराधिक अभियोग लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्कको एक अदालतसमक्ष आत्मसमर्पण गरेका छन्। सन् २०१६ को राष्ट्रपति चुनावअघि स्टोर्मी ड्यान्यल्स नामक एक पोर्न स्टारलाई ठुलो रकम दिएर चुप राखेको विषयको अनुसन्धानपछि लगाइएको अभियोगमा ट्रम्प अदालतमा हाजिर भएका हुन्। पोर्न स्टार ड्यान्यल्सलाई चुप राख्न ट्रम्पले त्यतिबेला आफ्ना निजी वकिलमार्फत एक लाख ३० हजार डलर दिएको आरोप छ। यसैगरी पोर्न स्टारलाई रकम दिएकोबाहेक उनीविरुद्ध अन्य अभियोग पनि लगाइएको छ।




उच्च सुरक्षा घेराबीच मंगलबार अपरान्ह न्युयोर्क सिटी अदालतमा ट्रम्प हाजिर भएका थिए। यसअघि अमेरिकी संसद्ले ट्रम्पविरुद्ध दुई पटक महाभियोगको प्रस्ताव ल्याए पनि पारित हुन सकेको थिएन। गत साता अदालतले अभियोगपत्र दर्ता गरेर मुद्दा अगाडि बढाउने निर्णय गरेसँगै ट्रम्प अमेरिकी इतिहासमा आपराधिक अभियोगमा मुद्दा खेप्ने पहिलो पूर्वराष्ट्रपति बनेका छन्। अदालतमा हाजिर हुन ७६ वर्षीय पूर्वराष्ट्रपति फ्लोरिडाबाट सोमबार न्युयोर्क पुगेका थिए।

अदालतमा उपस्थित भएपछि उनीविरुद्ध लागेको आपराधिक अभियोगका बारेमा जानकारी गराइएको थियो। उक्त अदालतले ट्रम्पविरुद्ध मुद्दाको सुनुवाइ गर्नेछ। मुद्दाका लागि न्यायाधीश छनोट भइसकेपछि यो प्रक्रिया सुुरु हुने र अभियोगका अन्य विवरण पनि जानकारी हुने अपेक्षा गरिएको छ। 
अर्को समाचार
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
२० फागुन २०८१
•
२ मिनेट पाठ
जेलेन्स्कीले भने– यूक्रेन वार्ता गर्न तयार छ, ट्रम्पसँगको भेट ‘दुर्भाग्यपूर्ण’
यूक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत हप्ता ह्वाइट हाउसमा भएको भेटलाई ‘दुर्भाग्यपूर्ण’ भन्दै मंगलबार आफू शान्ति वार्ताका लागि तयार रहेको बताएका छन्।




मंगलबार सामाजिक सञ्जालमा लामो विज्ञप्ति जारी गर्दै जेलेन्स्कीले यूक्रेन वार्ताका लागि तयार रहेको जनाए। उनले गत हप्ता ट्रम्पसँगको भेट ‘अपेक्षा गरेअनुसार नभएको’ भन्दै अब सही निर्णय गर्ने बेला आएको उल्लेख गरे।

‘मेरो टोली र म शान्ति स्थापनाका लागि राष्ट्रपति ट्रम्पको नेतृत्वमा काम गर्न तयार छौँ,’ उनले लेखेका छन्।

उनले युद्ध अन्त्य गर्न द्रुत रूपमा अघि बढ्नुपर्ने बताउँदै पहिलो चरणका रूपमा युद्धबन्दीको अदला-बदली, आकाशमा युद्धविराम (मिसाइल तथा लामो दूरीका ड्रोन आक्रमण बन्द), ऊर्जा तथा नागरिक पूर्वाधारमा आक्रमण रोक्ने व्यवस्था र समुद्री क्षेत्रमा तत्काल युद्धविराम हुनुपर्ने बताए। उनले यदि रुसले पनि यस्तै कदम चालेमा शान्ति वार्तालाई तीव्रता दिन सकिने उल्लेख गरे।

‘अमेरिकाले यूक्रेनको सार्वभौमिकता तथा स्वतन्त्रता कायम राख्नका लागि दिएको सहयोगको हामी उच्च मूल्यांकन गर्छौँ। जब राष्ट्रपति ट्रम्पले यूक्रेनलाई जाभेलिन उपलब्ध गराए, त्यही क्षणबाट परिस्थिति परिवर्तन भएको हामी सम्झन्छौँ। त्यसका लागि हामी आभारी छौँ,’ जेलेन्स्कीले थपे।

उनले ह्वाइट हाउसमा शुक्रबार भएको भेट सकारात्मक नबनेको भन्दै भविष्यमा सहकार्य र संवादलाई परिणाममुखी बनाउन चाहेको बताए।

खनिज स्रोत र सुरक्षासम्बन्धी सम्झौताबारे जेलेन्स्कीले यूक्रेन जुनसुकै बेला हस्ताक्षर गर्न तयार रहेको र यसलाई स्थायी सुरक्षा प्रत्याभूतिको दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको उल्लेख गरे।

वाल्ट्जले जेलेन्स्कीको ट्रम्पसँगको असहमतिको विषयलाई निराधार बताउँदै जेलेन्स्कीले पछिल्ला घटनाक्रमप्रति खेद व्यक्त गर्दै शान्ति वार्तामा संलग्न हुन तयार रहेको सन्देश दिनु आवश्यक रहेको बताएका थिए।

जेलेन्स्कीले उल्लेख गरेको युद्धविरामको प्रस्ताव युरोपेली नेताहरूले आइतबार पेरिसमा भएको बैठकमा अघि सारेको योजनासँग मेल खान्छ।

बेलायती प्रधानमन्त्री कीर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले ३० दिनका लागि आकाश, समुद्र तथा ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्ने प्रस्ताव गरेका थिए

म्याक्रोँले उक्त अवधिलाई व्यापक शान्ति सम्झौताका लागि अवसरका रूपमा प्रयोग गर्न सकिने बताएका थिए।

राष्ट्रपति ट्रम्पको प्रशासनले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।

जेलेन्स्कीको विज्ञप्ति ट्रम्पले सोमबार राति यूक्रेनलाई दिइने सबै सहायता रोक्ने निर्णय गरेपछि आएको हो।

ट्रम्प प्रशासनका एक उच्च अधिकारीले फक्स न्युजसँग कुराकानी गर्दै ‘यो सहायता स्थायी रूपमा बन्द गरिएको नभई अस्थायी रूपमा रोकिएको’ स्पष्ट पारेका थिए। ‘हालका आदेशहरू कार्यान्वयन भइरहेका छन्,’ ती अधिकारीले बताएका थिए।

(फक्स न्युज र एजेन्सीको सहयोगमा)
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस