स्वास्थ्य क्षेत्रमा व्यापक बेथिति : मापदण्ड विपरीत शल्यक्रिया गर्दै निजी अस्पताल
२६ साउन २०८३
•
५ मिनेट पाठ
स्वास्थ्य क्षेत्रमा व्यापक बेथिति : मापदण्ड विपरीत शल्यक्रिया गर्दै निजी अस्पताल
तस्बिर : एआई
जटिल बिरामी हुँदा सुदूरपश्चिम प्रदेशभरिकै बासिन्दाहरू उपचारका लागी धनगढी पुग्छन्। यहाँ सञ्चालनमा रहेका झन्डै एक दर्जन निजी अस्पतालले मापदण्ड विपरीत शल्यक्रिया लगायतका सेवा प्रदान गरेर सर्वसाधारणको स्वास्थ्यमाथि गम्भिर खेलबाड गरिरहेका छन्।




गैरकानुनी रूपमा इजाजत विपरीत मनपरी ढङ्गले गरिएको उपचारबाट कयौँ सर्वसाधारणकाे अकालमै ज्यान गैसकेको छ। 

गैरकानुनी रूपमा अस्पतालमा सेवा सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमाथि गम्भिर खेलबाड गर्दा समेत नियामक निकायले संरक्षण दिएको पाइएको छ।

कैलालीको अत्तरिया स्थित अत्तरिया हस्पिटल जनरल अस्पताल मात्र हो। यो अस्पतालले मापदण्ड विपरीत क्याथ ल्याब सञ्चालन गरेर मुटुको शल्यक्रिया गर्ने गरेको छ।

गत असारमा छाती दुख्ने समस्या देखिएपछि उपचार गर्न आएका बैतडी पाटनका शिक्षक हेमन्त भण्डारीको यो अस्पतालमा शल्यक्रिया गर्दा ज्यान गएको थियो।

शल्यक्रिया पछि उनको होस खुलेन। बेहोस अवस्थामै उपचारका लागी भारतमा अस्पतालमा लैजाँदा त्यहाँका चिकित्सकले मुटुको शल्यक्रियाका क्रममा भण्डारीको मस्तिष्कको नशा काटिदिएको भनेको आफन्तले बताए।

यो अस्पतालमा गैरकानुनी रूपमा मुटु रोग सम्बन्धी क्याथ ल्याब सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए।

‘यो जनरल अस्पताल मात्र हो, मुटु रोगको शल्यक्रिया लगायतको विशिष्टीकृत सेवा दिन इजाजत चाहिन्छ,’उनले भने,‘जनरल अस्पतालले क्याथल्याव सञ्चालन गर्न पाईदैन’।

अनुगमनका क्रममा मापदण्ड विपरीत मुटु रोगको उपचार र शल्यक्रिया गराएको पाइएकोले अस्पताललाई इजाजत प्रदान गर्ने स्वास्थ्य निर्देशनालयलाई कारबाहीको लागी लेखेर सिफारिस पठाइएको उनको भनाई छ।

स्वास्थ्य निर्देशनालय दिपायलका निमित्त निर्देशक डा.खगेन्द्र बमले विशिष्टीकृत सेवाका लागी सङ्घीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजाजत लिनुपर्ने प्रावधान रहेको उनको भनाई छ।

इजाजत बिना क्याथ ल्याब सञ्चालन गरेको भनेर स्वास्थ्य कार्यालय कैलालीले लेखेर पठाएकोमा त्यस विषयमा छलफल भइरहेको उनले बताए।

यसै गरी केजी हस्पिटलले गैरकानुनी रूपमा शल्यक्रिया गर्दा गत बिहीबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीय समानी चौधरीको ज्यान गएको थियो।

मिर्गौलामा पत्थरीको शल्यक्रिया गर्दा उनको ज्यान गएको हो। २५ शय्याको इजाजत प्राप्त केजी अस्पतालले मापदण्ड विपरीत नियमित शल्यक्रिया गरेको हो।

२५ शय्या र १५ शय्याको अस्पतालले बिरामीको आकस्मिक शल्यक्रिया बाहेक अन्य शल्यक्रिया गर्न नपाइने कानुनी प्रावधान रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए।

‘केजी हस्पिटल २५ शय्याको मात्र इजाजत प्राप्त अस्पताल हो, आकस्मिक बाहेक अन्य बिरामीको शल्यक्रिया गर्न पाउँदैन,’उनले भने,‘शल्यक्रिया बाट बिरामीको ज्यान गएपछि केजी हस्पिटललाई स्पष्टीकरण सोधेका छौँ’।

शल्यक्रियामा संलग्न स्वास्थ्यकर्मीको विशेषज्ञताका विषयमा पनि प्रश्न उठेको उल्लेख गर्दै त्यस सम्बन्धमा पनि छानबिन गरिने उनले बताए।

यी प्रतिनिधि उदाहरण मात्र हुन्। कैलालीमा च्याउ जस्तै खुलेका निजी अस्पताल मध्य अधिकांशमा मापदण्ड विपरीत सेवा सञ्चालन गरेर सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने गरिएको छ।

धनगढीमा मात्र १५ शय्याको र २५ शय्याको इजाजत प्राप्त गरेका अस्पताल झन्डै एक दर्जन जति छन्। यी सबै अस्पतालले मापदण्ड विपरीत शल्यक्रिया समेत गर्ने गरेका छन्।

आकस्मिक शल्यक्रिया बाहेक १५ शय्या र २५ शय्याको इजाजत प्राप्त अस्पतालले अन्य जटिल शल्यक्रिया गर्न पाउँदैनन्। ‘यसै गरी यहाँका अस्पतालको इजाजत १५ शय्याको, २५ शय्याको भए पनि मापदण्ड विपरीत विशेषज्ञ सेवा, शल्यक्रिया लगायत १००, २०० शय्याको अस्पतालले गर्ने सबै उपचार गरिरहेका छन्,’एक चिकित्सकले भने।

धनगढीमा नोभा हस्पिटल, संजिविनी हस्पिटल, सारथी हस्पिटल, ओमआशा हस्पिटल लगायतका अस्पताल १५ शय्याको इजाजत प्राप्त रहेका छन् भने केजी हस्पिटल, सौभाग्य हस्पिटल, कैलाली हस्पिटल लगायतका अस्पतालहरू २५ शय्याका अस्पताल सञ्चालन छन्।तर यी अस्पतालमा शल्यक्रिया लगायतका विशेषज्ञ सेवाका उपचार समेत हुने गरेका छन्।

यसै गरी २५ शय्या देखि माथिका शय्याका अस्पताल पनि मापदण्ड विपरीत विशेषज्ञ तथा विशिष्टीकृत सेवा प्रदान गरिरहेका छन्।

सर्वसाधारणको स्वास्थ्य सँग खेलबाड गर्ने स्वास्थ्य संस्थाहरूमा मनपरी हुँदा पनि नियन्त्रण गर्न राज्यका सरोकारवाला निकायले ध्यान नदिनुमा आर्थिक चलखेल रहेको स्थानीय बताउँछन्।

‘इजाजत प्राप्त गर्ने देखि मापदण्ड विपरीत सञ्चालन गर्न सम्म पैसाको खेल हुने गर्छ,’निजी अस्पतालका एक कर्मचारीले भने,‘सर्वसाधारणको ज्यान जाने गरी अस्पताल सञ्चालन हुँदा पनि त्यसैले सबै चुप छन्’।

मापदण्ड विपरीत सञ्चालन गरेमा इजाजत प्राप्त गर्ने निकायलाई इजाजत दिएको रुद्ध गर्न सक्ने कानुनी अधिकार दिइएको छ।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बम मापदण्ड विपरीत सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्ने गरी सञ्चालनमा रहेका अस्पताललाई छानबिन गरेर कारबाही गरिने बताउँछन्।

२ सय शय्या माथिका अस्पताल सङ्घीय मन्त्रालय र मन्त्रालयले तोकेको निकाय र २ सय शय्या सम्म प्रदेश सरकार वा प्रदेश सरकारले तोकेको निकायबाट इजाजत प्राप्त गर्नुपर्ने कानुनी प्रावधान छ।

प्रदेश सरकारले १५ शय्याका इजाजतका लागी स्थानीय निकाय, २५ शय्याको इजाजतका लागी स्वास्थ्य कार्यालयलाई अधिकार तोकेको छ।

अधिकांश निजी अस्पतालमा मापदण्ड बमोजिम गुणस्तरीय सेवा, शय्या र उपकरण छैनन्। निजी अस्पताललाई नियमन र नियन्त्रण गर्ने कानुन प्रदेश सरकारले बनाउनु पर्नेमा अहिले सम्म कानुन बनाएको छैन। 

रोग पत्ता लगाउन नसके पनि अनुमानका भरमा औषधी दिएर राख्ने, रेफर गर्नु पर्ने बिरामीलाई पनि अल्झाएर राख्ने, परीक्षण गर्न आवश्यक नभएको पनि परीक्षण गर्न लगाउने र अदक्ष चिकित्सकले पनि शल्यक्रिया गर्ने गर्दा बिरामीको ज्यान जाने गरेको बिरामीका आफन्तको गुनासो छ।

पहुँच र प्रभावका आधारमा निजी अस्पतालले मनपरी ढङ्गले सर्वसाधारण बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको सर्वसाधारणको गुनासो सुनिने गरेको छैन। सरकारी अस्पतालका गएका बिरामीलाई समेत निजी अस्पताल पठाउने गिरोह सक्रिय बनाएको स्थानीय बताउँछन्।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस