जुम्लामा स्वयंसेविकालाई सम्मान
१९ मंसिर २०८२
•
२ मिनेट पाठ
जुम्लामा स्वयंसेविकालाई सम्मान
स्वास्थ्य प्रणालीको आधारस्तम्भ मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदान सम्झिँदै आज जुम्लामा ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ विविध कार्यक्रमसहित मनाइयो। ‘स्वस्थ समाजको निर्माण, महिला स्वास्थ्य स्वयंसेविकाको योगदान’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा स्थानीय प्रशासन, स्वास्थ्य विशेषज्ञ र स्वयंसेविकाहरूले उनीहरूको भूमिका अपरिहार्य भएको बताए।




चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्र बहादुर महतले भने, 'निरन्तर सेवा र समर्पणका कारण नेपालले अन्तर्राष्ट्रिय स्तरमै स्वयंसेविका सेवा–प्रणालीको मान्यता प्राप्त गरेको छ। आगामी दिनमा पनि यही आत्मबल र निष्ठाका साथ सेवा जारी राख्न आवश्यक छ।'

कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविका राधिका भण्डारीले साझा अनुभव सुनाउँदै भनिन्, 'हामी समुदायमा निस्वार्थ भावनासहित सेवा पुर्‍याउँदै आएका छौँ, तर अझै धेरै काम बाँकी छ।'

यस्तै राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालय जुम्लाकी प्रमुख कल्पना नेपाल (आचार्य)ले भनिन्, 'गर्भवती महिला, प्रसूति र जटिल अवस्थाका बिरामीलाई सुरक्षित राख्न स्वयंसेविकाको भूमिका अपरिहार्य छ। उनीहरू ‘गाउँको कुनामा बल्ने दियो’ जस्ता हुनुहुन्छ, जसले मातृ मृत्युदर घटाउन निर्णायक भूमिका खेल्छन्।'

चन्दननाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्र बहादुर बुढाथापाले स्वास्थ्य र सरसफाइ आपसमा प्रत्यक्ष रूपमा सम्बन्धित रहेको उल्लेख गर्दै नगर क्षेत्रमा व्यवस्थित फोहर व्यवस्थापनको आवश्यकता औंल्याए। उनले भने, 'स्वयंसेविकालाई स्वास्थ्य सेवा व्यवस्थाको तल्लो तहको आधारस्तम्भको रूपमा लिने हो भने उनीहरूको योगदान सदैव अमूल्य छ।'

नगरपालिका कार्यबाहक मेयर रबि थापाले गर्भवती महिला र बालबालिकाको स्वास्थ्य सुरक्षामा स्वयंसेविकाको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै, 'उनीहरूको दक्षता र समर्पण आगामी दिनमा अझ प्रभावकारी बन्नेछ' भन्ने शुभकामना व्यक्त गरे।कार्यक्रमको अन्त्यमा चन्दननाथ नगरपालिकाका १० वडाबाट १० महिला स्वास्थ्य स्वयंसेविकालाई पछौँरा र सम्मान-पत्र प्रदान गरियो।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले परिवार नियोजन परामर्श, अस्थायी साधन वितरण, झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन र स्वास्थ्य शिक्षा जस्ता महत्वपूर्ण सेवा समुदायमा निरन्तर प्रदान गर्दै आएका छन्।

जुम्लामा ५ सय ५२ महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् भने ७३ भन्दा बढी स्वास्थ्य संस्थाहरू सञ्चालनमा छन्, जनस्वास्थ्य कार्यालय जुम्लाका सूचना अधिकारी प्रेमबहादुर सोमाईले जानकारी दिए। राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस हरेक वर्ष अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा डिसेम्बर ५ मा देशभर विविध कार्यक्रमसहित मनाइन्छ।
अर्को समाचार
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
५२ मिनेट अघि
•
१ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
सप्तरी,  सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित रहेको पाइएको छ। 

 

जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका  छन्। गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा उनीहरुले नियमित रुपमा उपचार गराइरहेका केन्द्रकी वरिष्ठ स्टाफ नर्स सुनिता यादवले बताइन्।

उनले भनिन्, “अस्पतालमा सम्पर्कमा आएर उपचार गराउनेमध्ये सबैभन्दा बढी २० देखि ५० वर्षको उमेरका छन्। विसं २०८१ मा १८९ जना तथा २०८२ सालमा १९५ एचआइभीबाट सङ्क्रमित थिए। पछिल्लो तीन वर्ष यता प्रत्येक वर्ष एचआइभीबाट सङ्क्रमितको बढेको तथ्याङ्क छ।”

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको उपचार केन्द्रमा १० बालबालिकाको समेत नियमित रुपमा उपचार भइरहेको छ।

“कतिपय सम्पर्कमा आउन नचाहेका कारण एचआइभीबाट सङ्क्रमितको सङ्ख्या बढी रहेको अनुमान गरेका छौँ”, उनले भनिन्।

एचआइभीबाट सङ्क्रमित नियमित रुपमा उपचार गर्न नआए उनीहरुको घरमै गएर पनि औषधि उपलब्ध गराउने गरिएको छ। विसं २०५२ सालदेखि एचआइभीबाट सङ्क्रमितको उपचार सेवा आरम्भ गरिएको अस्पतालले जनाएको छ। 

 



स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
यो पनि पढौँ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस