आधारभूत अस्पताल: उपकरण र जनशक्ति अभाव
०७ साउन २०८३
•
४ मिनेट पाठ
आधारभूत अस्पताल: उपकरण र जनशक्ति अभाव
देशभरिका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय भएको झन्डै ६ वर्ष पुग्न लागेको छ। दुई वर्षमा निर्माण गरेर सम्पन्न गरिसक्ने भनिएका अधिकांश अस्पतालको निर्माण कार्य सम्पन्न हुन सकेको छैन। निर्माण सम्पन्न भएका अस्पतालमा पनि आवश्यक जनशक्ति, उपकरणको अभावले सञ्चालनमा चुनौती देखिएको छ।




तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा स्थानीय तहमा भुगोल र जनसंख्याका आधारमा ५, १० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो। ३९६ अस्पतालको एकैसाथ शिलान्यास गरिएको थियो। पछि थप २६१ स्थानीय तहमा अस्पताल निर्माण गर्ने निर्णय गरिएको थियो।

दुई वर्षमै निर्माण कार्य सम्पन्न गरेर सर्वसधारणलाई सेवा दिने उद्देश्य राखिएको भए पनि केहीमा जग्गाको समस्या, धेरैजसोमा निर्माण व्यवसायीको लापरबाहीले अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने केही निर्माण सम्पन्न भएका ठाउँमा पनि आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गर्न नसकेर सेवा सुचारु हुन सकेको छैन।

‘आधारभूत अस्पतालको भवन निर्माण अलपत्र छ, अहिलेसम्म जग पनि पूरा भएको छैन,’ कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी भुसालले भने, ‘ठेकेदारको लापरबाहीले यतिका वर्षसम्म भवन बनाउने काम नै पुरा हुन नसकेको हो।’

१५ शय्याको अस्पताल निर्माणका लागि भवन बनाउन आवासमेत भत्काएर निर्माण कार्य सुरु गरिएको उनले बताए। निर्माण व्यवसायीको लापरबाहीले भवन निर्माण कार्य अलपत्र परेकाले यहाँ आधारभूत अस्पताल सेवा सञ्चालन कहिले हुने भन्ने कुनै टुंगो छैन।

कैलालीको भजनी नगरपालिका–१ मा पनि प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएकोमा जग्गाको भोगाधिकार नपाउँदा निर्माण कार्य नै सुरु हुन सकेको छैन। नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश थारूले आधारभूत अस्पताल निर्माणका लागि डिपिआरसमेत तयार बनाएर मन्त्रालयमा पठाइए पनि जग्गा उपलब्ध नहुँदा निर्माण कार्य सुरु नै हुन नसकेको बताएका छन्। ‘डिपिआर बनाएर पठायौं, वनबाट जग्गाको भोगाधिकार नपाइएकाले बजेट नै नआएर निर्माण कार्य सुरु भएन,’ उनले भने।

यसैगरी कैलालीको जोशीपुर गाउँपालिकामा १५ शड्ढयाको आधारभूत अस्पताल निर्माण गर्ने भनिएकोमा अहिलेसम्म शिलान्यास पनि हुन सकेको छैन। जग्गाको भागाधिकार केही महिनाअघि मात्र पाइएकाले अहिलेसम्म शिलान्यास पनि हुन नसकेको स्वास्थ्य शाखा प्रमुख नृपराज डगौराले बताए। ‘तीनचार महिनाअघि मात्र जग्गाको भोगाधिकार प्राप्त भएको छ,’ उनले भने, ‘अहिलेसम्म अस्पतालको भवन निर्माणको शिलान्यास पनि हुन सकेको छैन।’

कैलालीको लम्की चुहा नगरपालिका–१० मा आधारभुत अस्पतालको भवनको निर्माण कार्य भइरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले भवन निर्माणको कार्य सम्पन्न हुन बाँकी रहेको बताइन्।

लम्की चुहा–२ भल्कास्थित श्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल सञ्चालन गरेर सेवा सुरु गरेकोमा अहिले त्यसलाई प्रदेश सरकारले प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।

कैलाली जिल्लाका दुई पालिकामा मात्र आधारभूत अस्पताल भवन निर्माण कार्य सम्पन्न भएको छ भने तीमध्ये एउटा मात्र सञ्चालनमा छ। कैलारी गाउँपालिका–५ मा १९ करोड पाँच लाखको लागतमा १५ शय्याको अस्पतालका लागि भवन निर्माण कार्य सम्पन्न भइसकेको स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताएका छन्।

गत असारमै भवन निर्माण सम्पन्न भए पनि उपकरण, बेड, ल्याब सेटअप, जनशक्ति व्यवस्थापनलगायत कारण अस्पताल सञ्चालन अझै हुन नसकेको उनले बताए। ‘खोक्रो भवन मात्र भएर भएन, आवश्यक उपकरण, जनशक्ति सबै चाहियो,’ उनले भने, ‘सबै व्यवस्थान गरेर सञ्चालन गर्ने तयारी गरिरहेका छौं, पर्याप्त बजेट नहुँदा अस्पताल सुचारु गर्न भने धेरै चुनौती छ।’

जनशक्तिको अभाव रहेको पनि उनले बताए। दुई विशेषज्ञ चिकित्सक र दुई मेडिकल अफिसर सहित ३२ जनाको दरबन्दी रहे पनि चिकित्सक लगायत जनशक्ति अभाव रहेको उनले बताए।

कैलालीको बर्दगोरिया गाउँपालिकामा भने भवन निर्माण सम्पन्न भएर अस्पताल सञ्चालन भइरहेको छ। नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीन धामीले देशभरिमा सबैभन्दा पहिलो आधारभूत अस्पताल सञ्चालन बर्दगोरियामा भएको बताए।

२०८० देखि १५ शय्याको अस्पताल सञ्चालन गरिएको उनले जानकारी दिए। आवश्यक दरबन्दीबमोजिम जनशक्ति व्यवस्थापन गर्न भने निकै समस्या भएको उनले बताए। आवश्यक दरबन्दीअनुसारको जनशक्तिको अभाव, आवश्यक उपकरणको अभाव र अन्य व्यवस्थापन खर्च जुटाउनुपर्ने जस्ता कारणले अस्पताल सञ्चालन गर्न गाह्रो रहेको उनले बताए।

स्वास्थ्य तथा खाद्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक तथा सूचना अधिकारी डा. भक्तबहादुर केसीले सुरुमा एकै पटक शिलान्यास गरिएको ३९६ र पछि थप निर्णय गरिएको २६१ मध्ये अहिलेसम्म १०९ आधारभूत अस्पतालको निर्माण कार्य सम्पन्न भएर हस्तान्तरण गरिसकिएको बताए। तीमध्ये १०१ अस्पताल सञ्चालनमा आएको उनको भनाइ छ।
अर्को समाचार
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
६ घण्टा अघि
•
१ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाका गर्भवती महिलालाई सुत्केरी व्यथाले भन्दा बढी चिन्ता स्वास्थ्य संस्थासम्म कसरी पुग्ने भन्ने हुन्थ्यो। विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए। कतिपय महिला त स्वास्थ्य संस्थासम्म पुग्न नसक्दा घरमै सुत्केरी हुन बाध्य थिए।




अब भने त्यो बाध्यता अन्त्य हुने आशा पलाएको छ। गाउँमै बर्थिङ सेन्टर निर्माण भएपछि टोप्लाका गर्भवती महिलाले स्थानीय स्तरमै प्रसूति सेवा पाउने भएका छन्। तातोपानी गाउँपालिकाले ३६ लाख रुपैयाँ खर्चेर निर्माण गरेको बर्थिङ सेन्टरबाट सेवा सञ्चालनसमेत सुरु भएको छ।

शुक्रबार कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाही र गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले संयुक्त रूपमा भवन उद्घाटन गरे। बर्थिङ सेन्टर सञ्चालनमा आएपछि टोप्ला र आसपासका डुंग्री क्षेत्रका महिलालाई प्रसूति सेवाका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

यसअघि गर्भावस्थाको नियमित जाँचदेखि सुत्केरी गराउनसम्म यहाँका महिलाले कठिनाइ भोग्दै आएका थिए। सामान्य गर्भजाँचका लागि समेत घण्टौँ पैदल हिँड्नुपर्ने अवस्था थियो। सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्थासम्म पुर्‍याउन परिवारका सदस्यले भोग्नुपर्ने सास्ती झनै कठिन थियो।

स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागाईंका अनुसार गाउँमा प्रसूति सेवा दिने पूर्वाधार नहुँदा महिलाले वर्षौंदेखि यस्तो समस्या भोग्दै आएका थिए। 'वर्षौंदेखि यहाँका महिलाले भोग्दै आएको यही बाध्यता अब विस्तारै हट्ने आशा पलाएको छ,' उनले भने।

गाउँपालिका अध्यक्ष चौलागाईंले दुर्गम बस्तीका महिलालाई प्रसूति सेवाका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्न बर्थिङ सेन्टर निर्माण गरिएको बताए। 'दुर्गम टोप्ला र डुंग्रीका महिलाले अब प्रसूति सेवाका लागि सास्ती खेप्नु नपरोस् भनेर गाउँमै बर्थिङ सेन्टर निर्माण गरेका हौँ,' उनले भने, 'भवन बनिसकेको छ। आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा सञ्चालनसमेत भइसकेको छ।'

गाउँपालिकाले भौगोलिक कठिनाइलाई ध्यानमा राखेर सुत्केरी महिलालाई बोकेर स्वास्थ्य संस्थासम्म पुर्‍याउने स्थानीयलाई प्रतिव्यक्ति पाँच सय रुपैयाँ भत्ता दिने नीतिगत व्यवस्था पनि गरेको छ।

प्रदेशसभा सदस्य शाहीले दुर्गम क्षेत्रका नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने गरी गाउँपालिकाले बर्थिङ सेन्टर निर्माण गर्नु प्रशंसनीय भएको बताए। उनले भवनको थप तला निर्माणका लागि बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।

सरकारले संस्थागत सुत्केरीको दर शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। टोप्लामा बर्थिङ सेन्टर सञ्चालनले उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने स्वास्थ्य शाखाको अपेक्षा छ। आवश्यक उपकरण तथा सामाग्री गाउँपालिका र दातृ संस्थाको सहयोगमा व्यवस्थापन गरिने संयोजक चौलागाईंले बताए।

तर भवन निर्माण र सेवा सञ्चालनसँगै सुरक्षित प्रसूतिको पूर्ण सुनिश्चितता गर्नुपर्ने चुनौती पनि छ। बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीको नियमित उपलब्धता, पर्याप्त उपकरण, घेरबार तथा परिसर व्यवस्थापन र चौबिसै घण्टा सेवा सञ्चालन गर्नुपर्ने स्थानीयको माग छ।

स्थानीय महिला साउनी रोकायाले बर्थिङ सेन्टरलाई भवन निर्माणमा मात्र सीमित राख्न नहुने बताइन्। 'यो एउटा भवन निर्माणको विषय होइन, वर्षौंदेखि प्रसूति सेवाका लागि भोग्दै आएको दुःख र बाध्यता कम हुने आशाको सुरुवात हो,' उनले भनिन्, 'आवश्यक उपकरण, दक्ष जनशक्ति र चौबिसै घण्टा सेवा उपलब्ध गराउन सके मात्रै यहाँका महिलाले गाउँमै सुरक्षित प्रसूति सेवाको वास्तविक अनुभूति गर्न पाउनेछन्।'

उक्त टोप्लामा बर्थिङ सेन्टर स्थापना हुनु दुर्गम क्षेत्रका महिलाको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्त्वपूर्ण कदम हो। गर्भवती महिलाले आवश्यक परेको जुनसुकै बेला दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित प्रसूति सेवा पाउने छन्।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस